चौदण्डीगढीमा घर निमार्णका लागि स्थानीयलाई नदीजन्य पदार्थमा राजस्व छुट।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले घर निमार्णका लागि स्थानीयलाई राजस्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको कार्यालयमा आज शनिवार नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर विपद ब्यबस्थापन समितिको बैठकले विपन्न स्थानीयलाई सत प्रतिशत छुटमा र अन्यलाई ५० प्रतिशत राजश्व छुटमा ढुङ्गागीट्टी, वालुवा लगायतका नदीजन्य पदार्थ उपलब्ध निर्णय गरेको हो । नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकारका अनुसार स्थानीय समुदाय तथा बासिन्दाहरुको मठ मन्दिर, मस्जिद, धर्मशाला, विद्यालय भवन, सामुदायिक भवन, घर टहरा लगायतको निमार्ण गर्नका लागि आबश्यक पर्ने ढुङ्गागिट्टी र वालुवा कानुनी प्रक्रिया पुरा गरी तोकिएको परिणाममा वडाको सिफारिसको आधारमा अति विपन्न तथा विपन्न परिवारको हकमा लाग्ने राजश्वको सत प्रतिशत छुट गर्ने र अन्यको हकमा प्रचलित प्रदेश कानुनअनु...







