मनोरन्जन

चौदण्डीगढीको बेल्टारमा २ दिने लोक नृत्य प्रशिक्षण कार्याशाला शुरु ।

चौदण्डीगढीको बेल्टारमा २ दिने लोक नृत्य प्रशिक्षण कार्याशाला शुरु ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
११ माघ  २०८१, सन्तोष कुमार रौनियार… लोक नृत्यहरुको प्रवद्र्धन गर्न चौदण्डीगढी नगरपालिकाको बेल्टारमा २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको छ । उदयपुर डान्स स्टुडियोको आयोजनामा बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको हलमा आजदेखी २ दिने नृत्य प्रशिक्षण कार्याशाला शुरु भएको हो । चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले आज एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरेका छन् । बालबालिकाहरुलाई लोक नृत्यहरुलाई सिकाउने क्रममा भुमे नाच, डोकेनी नाच र संगिनी नाचको बारेमा जानकारी गराउने उदेश्यले कार्याशालाको आयोजना गरिएको उदयपुर डान्स स्टुडियोका प्रमुख प्रेमजंग किराँतीले जानकारी दिएका छन् । सहभागी बालबालिकालाई नृत्य निर्देशक तथा लोकनृत्य अनुसंधानकर्ता सुनिल थापाले प्रशिक्षण दिने किराँतीले बताएका छन् । कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख लामाले बिभिन्न जातजातीहरुको संस्कार संस्कृती फ...
चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
०१ माघ  २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा मगर समुदायले मकर संक्रान्ती भब्यताकासाथ मनाएका छन् । वडा नम्बर ६ भुमेस्थानमा भेला भएर उनीहरुले जातीय पहिरनमा हुर्रा नाच्र्दै शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई ,वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, केशव अधिकारी, भगनाथ मगर, हरी खड्का, लुंङ्गराज राई लगायतका अतिथीहरुले भुमे स्थानको दर्शन गर्दै टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नगर प्रमुख कालुमान लामाले मगर समुदायको ऐतिहासिक अबस्थादेखीको बारेमा उल्लेख गर्दै ईतिहासकारहरुले मगरहरुको बारेमा सत्यतथ्यमा आधारित भएर नलेखेको जिकिर गरेका थिए । उनले नयाँपिढीलाई पनि आफ्नो संस्कार र संस्कृतीसंग जोड्नपर्ने बताउदै त्यसको दस्तावेजिकरण गर्नुपर्ने धारणा राखेका थिए । सोक्रममा उनल...
बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
२३ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा आज “बेल्टार मिनी महोत्सवको उद्घाटन गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको महोत्सव चैत ६ गते सम्म संचालन हुने बेल्टार जिम एण्ड फिटनेसका अध्यक्ष मिलन रिजालले जानकारी दिएका छन् । उनका अनुसार महोत्सव वडा नम्बर ६ स्थित बेल्टार जिम एण्ड फिटनेसको सहयोगार्थ संचालन गरिएको हो । महोत्सव संचालकले फिटनेसलाई ३ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । यसअघि आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरका प्रमुख राजनीतिक दलका प्रमुखहरुको बैठकले विरोधका बिच पनि फागुन २२ गतेदेखी १५ दिनसम्म महोत्सव संचालन गर्न दिने सर्वसम्मत निर्णय गरेको थियो । चैत्र ४ गतेदेखी बिद्यार्थीहरुको बार्षिक ...
भुपु सैनिक अंग्रेजी स्कुलले मनायो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव ।

भुपु सैनिक अंग्रेजी स्कुलले मनायो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव ।

मनोरन्जन, लाइभ खबर, स्थानीय
१८ फागुन २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा संचालित भुपु सैनिक अंग्रेजी स्कुलले आज आफ्नो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव तथा अभिभावक दिवस धुमधामसंग मनाएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यितामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्कुलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्रिन्सिपल प्रिया राई कटुवालले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु बिद्यालयको उदेश्य रहेको बताएकी छिन् । उनले बिद्यालयको भावी योजना बारे जानकारी दिदै बिद्यालयको भौतिक संरचना सुधार गर्ने जनाएकी छिन् । बिद्यार्थीका लागि ब्यबस्थित लाईब्रेरी हल निमार्ण, बिद्यालय बसका लागि भारतीय राजदुतावाससंग पहल गर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख कालुमान लामाले नगरको शैक्षिक अबस्था सुधारको लागि निरन्तररुपमा छलफल गरिरहेको बताउदै संस्थागत बिद्य...
जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।

जितिया पर्वको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
२० असोज, सन्तोष कुमार रौनियार, बेल्टार,उदयपुर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्व चौदण्डीगढी नगरपालिकाको थारु बहुल क्षेत्रमा नाचगान गर्दै हर्षोल्लासका साथ मनाइएको छ । जितिया पर्वको अवसरमा चौदण्डीगढी नगरपालिकाको बसहा, सुन्दरपुर, हडिया लगायतका क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको हो । आज वडा नम्बर ५ को सुन्दरपुरमा भएको वडा स्तरीय जितिया महोत्सव कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री एवंम् उदयपुर क्षेत्र नम्बर १ का संघीय सांसद डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, वडा अध्यक्ष तुलसीराम ढकाल, पुर्व वडा अध्यक्ष देव नारायण चौधरी लगायत सयौं स्थानीयबासीको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले आफ्नो कला संस्कृति, ऐतिहासिक र सांस्कृतिक परम्पराल...
चौदण्डीगढी नगरपालिकामा पनि गाईजात्राको अवसरमा  सांस्कृतिक झाकीसहितको लाखे नाच प्रदर्शन ।

चौदण्डीगढी नगरपालिकामा पनि गाईजात्राको अवसरमा सांस्कृतिक झाकीसहितको लाखे नाच प्रदर्शन ।

मनोरन्जन, मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि नेवार समुदायले गाईजात्राको अवसरमा आज सांस्कृतिक झाकीसहितको लाखे नाच प्रदर्शन गरेका छन् । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेन मन्दिरमा बिशेष पुजाआजापछि निकालिएको सांस्कृतिक झाकीसहितको लाखे नाचले बेल्टार बजार परिक्रममा गरेको छ । भिमसेन मन्दिरमा भएको पुजामा नेवाः देय दबू नगर समितिका सल्लाहकार रामकृष्ण श्रेष्ठ तथा उनकी श्रीमति रञ्जना कर्माचार्यले परिवारको तर्फबाट पितलको तोरण चढाएका थिए । नेवाः देय दबू चौदण्डीगढी नगर समितिका अध्यक्ष रमेश प्रधानका अनुसार करिब १ दशकभन्दा अघि पनी उक्त मन्दिरमा गजूर र मन्दिर वरीपरी रहने गरी पितलको पाला श्रेष्ठ दम्पतीले चढाएको जानकारी दिएका छन् । भाद्रकृष्ण प्रतिपदाका दिनबाट शुरु हुने गाईजात्रा पर्व आजबाट शुरु भएको हो । हरेक बर्ष नेवार समुदायका कुनै ब्यक्तिको मृत्यु भएमा सो परिवारको घरबाट गाईजात्रा निकालिने चलन छ । यस्तै लाखे नाच...
चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...
झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...
चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न

खेलकुद, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफ को अन्तिम ७९ मिनेटमा लक्ष्मिपुरको जर्सि नम्बर ४ का लक्ष्मी चौधरी ले एक गोल गर्दै आफ्नो टिमलाई १-० गोल अन्तर ले बिजय गराए को हो । त्यस्तै दोस्रो सेमिफाइनल खेल मोतिगडा एफ सि र आयोजक कालिका थारु युवा समुह बिच हुने भनिए पनि मोतिगडा एफ सि निर्धारित समयमा उपस्थित नहुने जानकारी सङ्गै आयोजकटिम लाई बिजेता घोसित गरिएको थियो । ११ गते कार्तिक देखि शुरु भएको आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता मा १६ गते लक्ष्मिपुर एफ सि र आयोजक बिच अन्तिम फाईनल खेल हुने जनाईएको छ । ...