चौदण्डीगढी नगरपालिकामा मगर समुदायले भब्यताकासाथ मनाए मकर संक्रान्ती ।

०१ माघ  २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा मगर समुदायले मकर संक्रान्ती भब्यताकासाथ मनाएका छन् । वडा नम्बर ६ भुमेस्थानमा भेला भएर उनीहरुले जातीय पहिरनमा हुर्रा नाच्र्दै शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई ,वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, केशव अधिकारी, भगनाथ मगर, हरी खड्का, लुंङ्गराज राई लगायतका अतिथीहरुले भुमे स्थानको दर्शन गर्दै टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नगर प्रमुख कालुमान लामाले मगर समुदायको ऐतिहासिक अबस्थादेखीको बारेमा उल्लेख गर्दै ईतिहासकारहरुले मगरहरुको बारेमा सत्यतथ्यमा आधारित भएर नलेखेको जिकिर गरेका थिए । उनले नयाँपिढीलाई पनि आफ्नो संस्कार र संस्कृतीसंग जोड्नपर्ने बताउदै त्यसको दस्तावेजिकरण गर्नुपर्ने धारणा राखेका थिए । सोक्रममा उनले नगरपालिकाको सहयोगमा भुमेस्थानमा नव निर्मित सामुदायिक भवनको उद्घाटन समेत गरेका थिए ।


यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले स्थानीय सरकारले पनि सबै जातजातीहरुको संस्कृती संरक्षणका लागि सहयोग गरिरहेको जनाउदै स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रम मगर संघ चौदण्डीगढी नगर समितिका अध्यक्ष चित्र केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।