देश

शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

देश, लाइभ खबर, स्थानीय
२३ फागुन २०८१, सन्तोष कुमार रौनियार… सामुदायिक बिद्यालयमा शैक्षिक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ मा विविध कार्यक्रम सम्पन्न भएको छ । वडा शिक्षा समितिको आयोजना र वडा नम्बर ८ को सहयोगमा जनता मावी लुङ्गगीनटार आज नगर स्तरीय हिसाबको हिरो, शब्द सम्राट र वडा स्तरीय हाजरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर शिक्षा शाखाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि गरिरहेको अभियानलाई यस किसमिको कार्यक्रमले सहयोग पुग्ने बताएका थिए । उनले अभिभावक र बिद्यालयबीचको अन्तरक्रिया कार्यक्रमलाई हरेक बिद्यालयले अगाडी बढाउनुपर्ने र शैक्षिक योजना बनाएर लागु गर्नुपर्ने बताएका थिए । शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न पनि उनले आग्रह गरेका गरेका थिए । यस्तै नगर प्रमुख लामाले नीजि बो...
भुक्तानी नपाउदा  देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

भुक्तानी नपाउदा देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

देश, लाइभ खबर, स्थानीय
११ फागुन २०८१, सन्तोष कुमार रौनियार… गरेको कामको भुक्तानी नपाउदा चौदण्डीगढी नगरपालिकाको देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका भएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर  १० को देवधार र  हडिया तथा त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगीदहबासीलाई मदन भण्डारी लोकमार्गसँग सोझो यातायातले जोड्ने यो पुलको निमार्ण १ वर्षअघि सुरु भएको हो । साईट ईन्जार्च प्रमोद कर्णका अनुसार ६ मध्ये हालसम्म ४ वटा पिल्लरको निमार्ण सम्पन्न भएको छ । बर्खाअघि ६ बटै पिलर र ५ वटा मध्ये एक वटा स्लावको काम सक्ने लक्ष्य रहेको भएपनि आर्थिक अभावमा सो काम सक्नेमा आशंका छ । साईट ईन्जिनियर प्रेम साहले ४ करोडको बिलिङ्ग गर्दा २ करोड पनि भुक्तानी नपाईने गरेकोले काम कहिले सम्पन्न हुनेबारे भन्न नसकिने बताए । उनले हालसम पुलको ३५ प्रतिशत काम सम्पन्न भैसकेको र आर्थिक समस्या न...
चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।

चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत ।

देश, मुख्य खबर, स्थानीय
०९ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको ७ महिनाको पुँजिगत खर्च १८ प्रतिशत मात्र देखिएको छ । आर्थिक बर्षको शुरुवात श्रावण १ गतेबाट हुने भएपनि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने योजनाहरुको ठेक्का प्रक्रिया नै ढिलोगरी शुरु हुदाँ योजनाहरुको भुक्तानी आर्थिक बर्षको अन्तमा उच्च देखिने गरेको छ । ढिलोमा दशै तिहारअघि नै योजनाहरुको टेण्डर आवहान भै सक्नुपर्नेमा अहिले पनि कतिपय योजनाहरु ठेक्का प्रक्रिमा नै छन् । लेखा शाखा प्रमुख महेश राना मगरका अनुसार चालु खर्चतर्फ माघ मसान्तसम्म ५४.६५ प्रतिशत खर्च भएको छ भने पुजिँगततर्फ १७.८६ प्रतिशत मात्र खर्च भएको छ ।आर्थिक बर्ष २०८१/०८२ मा चालुतर्फ ५८ करोड ३० लाख ४ हजार ३९६ रुपैयाँ विनयोजन गरिएकोमा ३२ करोड २ लाख ६६ हजार ४६७ रुपैयाँ खर्च भएको छ भने पुजिँगततर्फ २२ करोड ३२ लाख ३५ हजार २६४ रुपैयाँ विनयोजन भएकोमा ३ करोड ९...
कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

देश, लाइभ खबर, स्थानीय
०६  फागुन २०८१, सन्तोष कुमार रौनियार…   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहामा आउने भएका छन् । प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक अनावरण कार्यक्रमका लागि मुख्यमन्त्री कार्की भोली बसहा आउन लागेका हुन् । थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गर्न लागेको छ । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापन गर्न लागेको हो । सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो...
बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

देश, लाइभ खबर, स्थानीय
०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने भएको छ । ऐतिहासिक ब्यक्तित्व तथा २००७ सालका क्रान्तिका योद्दा , बसहा बस्ती बसाउने प्रेरक ब्यक्तित्व थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापन गर्न लागेको छ । सानो आकारमा रहेको थुलुङ्गको अर्ध कदको शालिक हटाएर पुर्ण कदको शालिक राख्न लागेको हो । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । सानो आकारमा रहेको श...
सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको छ । आज नगर प्रमुख कालुमान लामाले कृषीका लागि उर्वर भुमी भएपनि सिचाईको अभावमा राम्रो उव्जनी हुन नसकिरहेको सो क्षेत्रमा सिचाई पुर्याउनका लागि डिप बोरिङ्ग कार्यको सुरुवात गरेका छन् । भूमिगत सिचाई योजना झापाको १ करोड लागतमा निमार्ण हुने डिप बोरिङ्ग योजनाले ६० बिघामा सिचाई हुने वडा अध्यक्ष हरी खड्काले जानकारी दिएका छन् । डिप बोरिङ्ग कार्यको सुरुवात गर्दै नगर प्रमुख लामाले नगरले किसानहरुको समस्यालाई प्राथमिकतामा राखेको जनाउदै कुलो निमार्ण गरेर तथा डिप बोरिङ्गबाट भुमीगत पानी निकालेर बाझो रहेको खेतबारीलाई सिंचित गराउने कार्यमा लागेको र यसका लागि बिभिन्न निकायहरुसंग साझेदारी गरेर कार्य गरिरहेको जानकारी दिएका छन् । उनले कृषकक...
उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दपुरस्थित स्वास्थ्य चौकी भवन शिल्यान्यास गरिएको छ । हिजो कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेकी हुन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले विनयोजन गरेको २५ लाख रुपैयाँबाट ४ कोठे भवन निमार्णका ठेक्का चौदण्डीगढीकै थानपोखरी कन्स्ट्रक्सनले भ्याटसहित १५ लाख ७१ हजारमा यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा लिएको ठेकदार कम्पनीका बालकुमार राईले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपसभामुख दनुवारले पदीय जिम्मेवारीका कारण प्रत्यक्षरुपमा जनताको समस्या संसदमा राख्न नसकेपनि विकास निमार्णका कार्यसंग यहाँका जनतासंग जोडिएको बताएकी छिन् । बिशेष गरि स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधारका कार्यहरुलाई प्राथमिकतामा रा...
आधारभुत नगर अस्पताल बेल्टारले आँखा, दाँत र फिजियोथेरापी उपचार सेवा पनि शुरु गर्दै ।

आधारभुत नगर अस्पताल बेल्टारले आँखा, दाँत र फिजियोथेरापी उपचार सेवा पनि शुरु गर्दै ।

देश, लाइभ खबर, स्थानीय
२२ असोज २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टारमा संचालनमा रहेको आधारभुत नगर अस्पताल बेल्टारको सेवा सुबिधा थप गरिएको छ । नगर प्रमुख कालुमान लामाको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता अनुरुप नगर अस्पतालको सेवा सुबिधा थप गरिएको हो । यसअघि सामान्य किसिमको रोगहरुको मात्र परिक्षण हुने ल्यावमा अब जटिल किसिमका रोगहरुको पनि परिक्षण हुन थालेको छ भने अस्पतालले ओपीडि सेवा समेत बिहान ७ बजेदेखी नै शुरु गरेको छ । अस्पतालले एमविविएस डाक्टर थप गर्नाका साथै ल्याव र फार्मेशीमा पनि आबश्यक कर्मचारी थपेर सेवालाई ब्यबस्थित गर्दै लगेको हो । अस्पतालले ओपीडि सेवा , ल्याव सेवा, फार्मेशी सेवा लगायतका सेवाहरु बिहान ७ बजेदेखी नै दिन शुरु गरेको छ भने २४ घण्टा नै ईमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुबेदीले बताएका छन् । अस्पतालले विरामीहरुलाई न्युन दररेट...
चौदण्डीगढी नगरपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण ।

चौदण्डीगढी नगरपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण ।

देश, लाइभ खबर, स्थानीय
१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको छ । आज बेल्टार बजारस्थित सिटी हलमा एक कार्यक्रमको आयोजना गरेर पालिकाले सहयोग सामाग्री वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश तथा करुणा फाउण्डेशन नेपालको सहकार्यमा अपाङ्गता भएका ६३ जनालाई आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले सहयोग सामाग्री प्रदान गरेका थिए । आज सहयोग सामाग्री प्राप्त गर्न नसकेका अन्य लाभग्राहीलाई पालिकाले वडा वडामा गएर वितरण गर्ने नगर महिला तथा बालबालिका शाखा प्रमुख एञ्जोला ढकालले जानकारी दिएकी छिन् । १८८ जना लाभग्राही मध्ये आज ६३ जनालाई सहयोग सामाग्री वितरण गरेको र अरुलाई सम्बन्धित वडा ...
बेल्टारमा सर्पदंश उपचार सेवा विस्तार गर्न नेपाली सेना सकरात्मक  ।

बेल्टारमा सर्पदंश उपचार सेवा विस्तार गर्न नेपाली सेना सकरात्मक ।

देश, लाइभ खबर, स्थानीय
३ भाद्र २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टारमा सर्पदंश उपचार सेवा विस्तार गर्न नेपाली सेना सकरात्मक देखिएको छ । बि.स. २०७६ सालसम्म बेल्टारमा संचालन भएर बन्द भएको सर्पदंश उपचार सेवालाई पुनः संचालन गर्न नेपाली सेना सकरात्मक देखिएको हो । आज सोमबार बेल्टार बजारस्थित आधारभुत नगर अस्पताल बेल्टारमा यस बिषयमा सरोकारवालाहरुबीच भएको छलफलमा त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको १८ नम्बर बाहिनी अड्डास्थित सर्पदंश उपचार सेवालाई बेल्टारमा पनि बिस्तार गरेर सेवा संचालन गर्न सकरात्मक रहेको प्रमुख सेनानी (कर्णेल) हिमाचल जंग शाहले बताएका छन् । यसअघि बेल्टारमा सर्पदंश उपचार सेवा संचालनमा रहेको तर विविध कारणले सो सेवा रोकिएपछि बिशेषतः नेकपा एमाले उदयपुरका नेताहरुले फेरी सेवा संचालन गर्न रक्षामन्त्री मानवीर राई लगायतलाई आग्रह गरेपछि त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केम...