चिनियाँ लगानीको बाताबरण बनाउन राजदुत ओलीसंग नगर प्रमुख लामाको आग्रह ।

छिमेकी मुलुक चिन भ्रमणमा रहेका चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले कृषि, पर्यटन लगायतका क्षेत्रमा चिनियाँ लगानीको लागि वाताबरण बनाउन चिनका लागि नेपाली राजदुत डाक्टर कृष्ण प्रसाद ओलिसंग अनुरोध गरेका छन् । अध्ययन अबलोकन भ्रमणमा चिन गएका नगर प्रमुख लामासहितको टोलीले आज बेईजिङ्गमा राजदुत ओलीलाई भेटेर चिनियाँ लगानीका लागि आग्रह गरेका हुन् । सोक्रममा राजदुत ओलीले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको नगर प्रमुख लामाले बताएका छन् । राजदुत ओलीले वेईजिङ्गस्थित नेपाली दुताबासमा नगर प्रमुख लामासहितको टोलीलाई डिनरका लागि बोलाएका थिए ।

सप्ताहब्यापी भ्रमणका लागि चिन गएको टोलीले विभिन्न प्रान्तको अवलोकन गर्दै त्यहाँको अत्याधुनिक बिकासको मोडलबारे महत्वपुर्ण जानकारी लिएको नगर प्रमुख लामाले जानकारी दिएका छन् । नगर प्रमुख लामा , उदयपुरका ब्यापारी ब्यबसायीसहितको टोली गत शनिवार अध्ययन अबलोनका लागि चिन भ्रमणमा गएका थिए भने उनीहरु शनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ । चिन भ्रमण ब्यक्तिगत लगानीमा गएको नगर प्रमुख लामाले स्पष्ट पारेका छन् ।