मुख्य खबर

लागू औषध गाँजा सहित चौदण्डीगढी नगरपालिकाको रानीटारबाट २ जना पक्राउ ।

लागू औषध गाँजा सहित चौदण्डीगढी नगरपालिकाको रानीटारबाट २ जना पक्राउ ।

मुख्य खबर, स्थानीय
प्रतिबन्धित लागू औषध गाँजा सहित चौदण्डीगढीको रानीटारबाट २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले हिजो विहिबार चौदण्डीगढी नगरपालिका वडा नम्बर १ रानीटारबाट ३५ ओटा बोरामा रहेको प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय रत्न माया श्रेष्ठको घरबाट ३५ ओटा बोरामा रहेको ११४३ किलो २७५ ग्राम गाजासहित घरधनी अन्दाजी ४१ बर्षीया रत्न माया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।   ...
चौदण्डीगढीमा पनि सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको संगठन गठन ।

चौदण्डीगढीमा पनि सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको संगठन गठन ।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढीमा पनि सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको संगठन गठन भएको छ । चौदण्डीगढी नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको आज बसेकोे नियमित बैठकले आमसाल माबीका प्रधानाध्यापक गगन श्रेष्ठको अध्यक्षतामा प्रिन्सिपल एसोसिएशन अफ् नेपाल (PAN) गठन गरेको हो । (PAN) कोशी प्रदेश उपाध्यक्ष कुमार खड्का र उदयपुर जिल्ला अध्यक्ष राजकुमार ओझा, यस्तै नगर शिक्षा शाखाका प्रमुख रामेश्वर कुवँरको उपस्थितीमा बेल्टार बजारस्थित नगरपालिकाको हलमा बसेको बैठकले गगन श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय कमिटी (PAN) चौदण्डीगढीको गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोमा निरौला, सचिवमा वलराम कार्की, कोषाध्यक्षमा देवी राई, सहसचिवमा शोभित खनाल निर्विरोध चयन भएका छन् । यस्तै सदस्यहरुमा दीपा राई, गोमा कुमारी खड्का, तेज बहादुर थापा, नवराज राउत, भुईदल राई त्यस्तै कृष्ण गुप्ता, मनिका राई र प...
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै ।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै गएको छ । डेढ महिनाअघि मात्रै झण्डै ४० जना नेता तथा कार्यकताहरु एमाले प्रबेश गरेकोमा आज थप ३२ जना एमालेमा प्रबेश गरेका छन् । नगरपालिकाकै दुर्गम मानिने यस वडामा २०७९ साल बैशाख महिनामा भएको स्थानीय तह निर्वाचनमा जसपा र माओवादी केन्द्रसंग गठबन्धन गरेर वडा अध्यक्षमा एमालेका भगनाथ मगर निर्वाचित भएका थिए । त्यसएता पटक पटक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी लगायतका पार्टी परित्याग गरेर एमाले प्रबेश गर्नेहरुको संख्या बढ्दै गएको छ । आज मात्रै वडा नम्बर ८ को सिमलताङ्ग र बेसाराका ३२ जना एमालेमा प्रबेश गरेका छन् । जसपा पुर्व वडा कमिटी अध्यक्ष रविन राई, नेत्रृ दिलकुमारी राई, त्यस्तै कांग्रेसबाट चेतन राई, कृपाजन राई लगायतका नेता कार्यकताहरु एमालेमा प्रबेश गरेका छन् । एमाले वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष सन्तोष राईको अध्यक्षतामा ...
राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा उदयपुरका राकेश राईको चर्चा ।

राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा उदयपुरका राकेश राईको चर्चा ।

देश, मुख्य खबर, स्थानीय
  नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्षमा उदयपुरका राकेश राईको चर्चा रहेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का राई पोखरामा आगामी जेठ ९ देखि ११ गतेसम्म हुने १०औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उठ्ने चर्चा भएको हो । आगामी महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष पदका लागि राकेश राई सशक्त र बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा देखिएका छन्। यद्यपि, राई स्वयंले उम्मेदवारीकोे घोषणा गरेका छैनन् भने संगठनभित्र उनकोे लामो समयदेखी योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा उपाध्यक्षमा उनको नाम अगाडी आएको छ । राईले नेतृत्वको लागि साथीभाईहरुसंग छलफल गरिरहेको र सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने बताउदै आफ्नो उम्मेदवारी घोषणा नगरेको बताउदै घुमाउरो पारामा नेतृत्वको दावी गरेका छन् । युवा संघको अन्तर जिल्ला अध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका राई केन्द्रीय सदस्यमा चय...
चौदण्डीगढीमा डकर्मी तालिम लिएका ४० जनालाई प्रमाणपत्र प्रदान ।

चौदण्डीगढीमा डकर्मी तालिम लिएका ४० जनालाई प्रमाणपत्र प्रदान ।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकाले डकर्मी तालिम लिएका ४० जनालाई प्रमाण पत्र प्रदान गरेको छ । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग र पिरामिड टेक्निकल ईन्सिच्युट प्राली ईटहरीको प्राविधिक सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत फागुन ११ गतेदेखी बैशाख २ गतेसम्म संचालित कार्यस्थलमा आधारित सिप, क्षमता विकास तालिम जीवन उपयोग सिप तालिम अन्तर्गत डकर्मी विषयमा तालिम लिएकाहरुलाई नगर प्रमुख कालुमान लामाले प्रमाण पत्र प्रदान गरेका छन् । तालिममा पुरुष १९ जना र महिला २१ जनागरी ४० जना सहभागी रहेको र उनीहरुलाई पिरामिड टेक्निकल ईन्सिच्युटको प्राबिधिक सहयोगमा ५० दिनको तालिम प्रदान गरिएको रोजगार सेवा केन्द्र चौदण्डीगढीका प्रमुख अर्जुन बस्नेतले जानकारी दिएका छन् । आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख लामाले नगरपालिकाले श्रम डेक्सको स्थापना गर...
मदन भण्डारी आँखा अस्पतालको प्राविधिक सहयोग १०५ जना प्रहरी कर्मचारीहरुको आँखा जाँच ।

मदन भण्डारी आँखा अस्पतालको प्राविधिक सहयोग १०५ जना प्रहरी कर्मचारीहरुको आँखा जाँच ।

मुख्य खबर, स्थानीय
    मदन भण्डारी आँखा अस्पताल गाईघाटको प्राविधिक सहयोग १०५ जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना, नेपाल नेत्रज्योती संघ उदयपुरको सहकार्य तथा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि आयोजित १ दिने आँखा जाँच शिविरमा उनीहरुको आँखाको जाँच गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन् । मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले आपतविपतमा सम्झिने नाम प्रहरी रहेकोले उनीहरु शारिरीक र मानसिकरुपमा मात्र नभएर उनीहरुको आखाँ पनि चुस्तदुरुस्त हुनुपर्ने भएकोले आखाँको अबस्था थाहा पाउन शिविर संचालन गरिएको बताएका छन् । शिविरमा आखाँ जाँचको साथै परामर्श र थप उपचारका लागि सुझाव प...
९ महिनामा चौदण्डीगढी नगरपालिकाकोे पुँजीगत खर्च ३७ प्रतिशत मात्रै ।

९ महिनामा चौदण्डीगढी नगरपालिकाकोे पुँजीगत खर्च ३७ प्रतिशत मात्रै ।

मुख्य खबर, स्थानीय
  आर्थिक बर्ष शुरु भएको ९ महिनामा चौदण्डीगढी नगरपालिकाले पुँजीगत खर्च ३७ प्रतिशत मात्र गरेको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा नगरपालिकाले पुँजीगत बजेट ३७.०६ प्रतिशत खर्च गरेको लेखा शाखा प्रमुख महेश रानामगरले जानकारी दिएका छन् । नगरपालिकाले चालुवर्षका लागि विनियोजन गरेको पुँजीगत बजेट २२ करोड ३२ लाख ३५ हजार २ सय ६४ रुपैँयामध्ये ८ करोड २७ लाख ३१ हजार ७ सय ९४ रुपैँया खर्च गरेको लेखा प्रमुख मगरले बताएका छन् । चालु खर्चतर्फ भने नगरपालिकाले ६४.१८ प्रतिशत खर्च गरिसकेको छ । आर्थिक बर्ष २०८१/८२ का लागि नगरपालिकाले चालु खर्चका लागि विनयोजन गरेको ५८ करोड ६० लाख ४ हजार ३ सय ९६ रुपैँयामध्ये चैत मसान्तसम्म ३७ करोड ६१ लाख १४ हजार ९५ रुपैँया खर्च भएको मगरले जानकारी दिएका छन् । समग्रमा चालु आर्थिक बर्षको ९ महिनामा ४५ करोड ८८ लाख ४५ हजार ८ सय ९० अर्थात ५६.७ प्रतिशत खर्च भएको मगरको भ...
चौदण्डीगढीमा पहिलो पटक वजेट निमार्णका लागि टोल विकास संस्थासंग छलफल ।

चौदण्डीगढीमा पहिलो पटक वजेट निमार्णका लागि टोल विकास संस्थासंग छलफल ।

मुख्य खबर, स्थानीय
  उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को बजेट निमार्णका लागि सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेको छ । सुझाव संकलन कार्य नगरको १० बटै वडामा रहेका टोल विकास संस्थाहरुबाट शुरु गरिएको छ । वडा कार्यालयहरुसंगको समवन्यमा नगरपालिकाले टोल विकास संस्था, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनीधिसंग स्थानीय आबश्यक्ताको पहिचान गरी योजना छनौट गर्न पहिलो पटक यस प्रकारको कार्य गरिएको नगरपालिका श्रोतले बताएको छ । नगरमा रहेको २०६ वटै टोल विकास संस्थाका प्रतिनीधि र स्थानीय सरोकारवालाहरुसंग छलफल गर्न नगरपालिकाले सम्बन्धित वडा कार्यालयमा बैठक बसी कार्यक्रम गरिरहेको छ। हलसम्म २,३,४,५,६,७ र १० नम्बर वडा कार्यालयमा सुझाव संकलन कार्य सम्पन्न भैसकेको छ भने बाँकी वडाहरुमा पनि कार्यक्रम आयोजना गर्ने नगरपालिकाले जनाएको छ । टोलसम्म नै विकास निमार्णका कार्यलाई लैजान तल्लो तहमै पुगेर आबश्य...
चौदण्डीगढी नगरपालिकाका १० जनाले प्राप्त गरे निःशुल्क व्हीलचियर ।

चौदण्डीगढी नगरपालिकाका १० जनाले प्राप्त गरे निःशुल्क व्हीलचियर ।

मुख्य खबर, स्थानीय
५ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…   जेनी एण्ड फ्रेन्डस् अमेरिका, सुन्दर ढोका साथी सेवा ललितपुर, करुणा फाउण्डेशन र स्पाईनल ईन्जुरी संघ कोशी प्रदेशको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका १० जनाले निःशुल्क व्हीलचियर प्राप्त गरेका छन् । शिवाईका हिमाल मगर, अमिनीखर्कका हिरा खड्का, सिवार्नीका जर्नल माझी, लाफा चौक बेल्टारका रुद्र मगर, आदर्श चौक बेल्टारका मिलन तामाङ्ग, यस्तै गंगटेका दिल बहादुर कार्की, कुसुमटारकी अनुस्का राई, सिर्वानीकी देवमाया खत्री, घप्पडका बलराम राई र सिवाईकी अम्बिका विष्टले निःशुल्क व्हीलचियर प्राप्त गरेको चौदण्डीगढी नगर महिला तथा बालविकास शाखाकी प्रमुख ऐन्जिला ढकालले जानकारी दिएकी छिन् । नगरपालिकाको सहयोगमा लाभग्राहीहरुलाई हिजो सुनसरीको ईटहरीमा रहेको पुर्वाञ्चल अपाङ्ग र असहाय सेवा केन्द्र पठाइएको थियो । उनीहरुको शारिरिक आबश्यक्ता अनुसारको व्हीलचियर निमार्ण गरी ...
उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार… इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको छ । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट आउटबाट निर्धारण गरिएको थियो । जसमा ब्रदरहुडले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो । त्यसअघि भएको खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दबाबमा रहेको बुट्टाबारीको तर्फबाट अतिरिक्त समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो । उपाधि विजेता ब्रदरहुडले २ लाख ५...