२० लाख रुपैयाँले विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनले पुर्णता पाउदै ।
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनको काम सम्पन्न हुने भएको छ । वजेट अभावले पुरा हुननसकेको भवनको काम पुरा हुने भएको हो । चौदण्डीगढी नगरपालिकाको सिफारिसमा कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट सुनिश्चित गरिदिएपछि भवनले पुर्णता पाउने भएको हो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज सो अपुरो भवन पुर्णताको सिलान्यास गर्नुभएको छ । नगर प्रमुख लामा वडा नम्बर ८ का महिला दिदीबहिनीहरूको आवश्यकता र सक्रियतालाई मध्यनजर गर्दै भवनलाई पूर्णता दिन नगरपालिकाले प्राथमिकताका साथ पहल गरेको बताउनु भएको छ । उहाँले भवन निर्माण सम्पन्न भएपछि आवश्यक फर्निचर सामग्री तथा अन्य पूर्वाधारका विषयमा स्थानीय महिला समूहले माग पेश गरे नगरपालिकाले सहयोग गर्न तयार रहेको पनि आश्वासन दिनुभएको छ ।
वडा अध्यक्ष भगनाथ मगरका अनुसार हाल सञ्चालनमा रहेको महिला भवन सानो र आव...









