तेश्रो चौदण्डीगढी जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखी शुरु भएको छ । आजदेखी १५ बर्षमुनीका खुल्ला पुरुष तथा महिला व्याडमिन्टन प्रतियोगिता शुरु भएको बेल्टार व्याडमिन्टन क्लबका अध्यक्ष महाप्रसाद राईले जानकारी दिएका छन् । पुरुषतर्फ २७ र महिलातर्फ १७ वटा टिमको सहभागिता रहेको उनले जानकारी दिएका छन् । कार्तिक २१ र २२ गते १५ बर्षमुनीका र कार्तिक २८ र २९ गते जिल्ला स्त्तरीय वि डिभिजन महिला तथा पुरुष व्याडमिन्टन प्रतियोगिता संचालन हुने अध्यक्ष राईले बताएका छन् ।
चौदण्डीगढी नगरपालिकाको सहयोग र बेल्टार व्याडमिन्टन क्लबको आयोजनामा बेल्टार बजारस्थित समाबेशी व्याडमिन्टन कवर्डहलमा आज भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले खेलाडीहरु उत्पादन तथा उनीहरुको क्षमता विकासमा नगरपालिका सहयोग गर्न सधै तत्पर रहेको बताएका थिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले अध्ययनसंगै खेलकुदलाई पनि संगै लिएर जानुपर्ने बताएका थिए । सके राष्ट्रका लागि नभए स्वास्थ्यका लागि भएपनि खेल्नुपर्ने उनको भनाई थियो । स्वास्थ्य र अनशासनका लागि खेलकुद अपरिहार्य रहेको राईले जिकिर गरेका थिए । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, बेल्टार व्याडमिन्टन क्लबका उपाध्यक्ष शम्भु ल्वागुन लगायतले पनि प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
जिल्ला स्त्तरीय वि डिभिजन प्रतियोगिता सम्पन्न भएसंगै कार्तिक २९ गते प्रतियोगिता समापन हुने आयोजकले जानकारी दिएका छन् ।

