विपद् ब्यबस्थापनका लागि उदयपुरको चौदण्डीगढी नगरपालिकाले सुरक्षा निकायलाई आबश्यक सामाग्री सहयोग गरेको छ । बाढीपहिरो, आगलागी लगायतका विपद्जन्य घटनालाई ध्यानमा राखेर नगरपालिकाले चालु आर्थिक बर्षमा वजेट ब्यबस्थापन गरेको थियो । सोही बजेटबाट आबश्यक सामाग्री खरिद गरेर नगरपालिकाले सुरक्षा निकायलाई वितरण गरेको हो । नगरप्रमुख कालुमान लामाले ईलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेस क्याम्प बेल्टारका प्रमुखहरुलाई आज विहिबार सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत काजीमान राईका अनुसार नगरपालिकाले चालु आर्थिक बर्षमा विनियोजित रकमबाट फायर ईन्टिगुसर , त्रिपाल ,क्यारविन, हाते टर्चलाईट, वुट जुत्ता सेफ्टी हेल्मेट, फायर विटर, फायर वल, नाईलनको डोरी लगायतको विपद्को समयमा आबश्यक सामाग्री खरिद गरी वितरण गरिएको जानकारी दिएका छन् । पालिकाले ईलाका प्रहरी कार्यालय बेल्टार र सशस्त्र प्रहरी बेस क्याम्स बेल्टारलाई फायर ईन्टिगुसर १५–१५ थान , त्रिपाल १०–१० थान , क्यारविन २–३ थान, हाते टर्चलाईट ३–३ थान, लाईफगार्ड रिङ्ग ट्युव ५–५ थान, वुट जुत्ता २०–२० थान, सेफ्टी हेल्मेट २०–२० थान, ग्लोभ्स ५०–५० थान, स्टे«चर २ –२ थान, रिफलेक्टिभ ज्याकेट २०–२० थान, नाईलनको डोरी ५–५ वण्डल, थ्रो ब्याग ५–५ थान, फायर विटर ५–५ थान, फायर ब्ल्यांङकेट ५–५ थान र फायर वल ६–६ थान वितरण गरेको छ । त्यस्तै स्ट्याटिक डोरी सशस्त्र प्रहरीलाई थप १०० मिटर प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिएका छन् । यसबाहेक नगरपालिकाले सबै वडा कार्यालयहरुको लागि पनि सामाग्री खरिद गरेको र वडाहरुमा पनि आबश्यक्ताको आधारमा वितरण गरिने बताएका छन् ।
