Author: सन्तोष कुमार रौनियार

वडा अध्यक्ष अधिकारीले अनियमिता गरेको चौदण्डीगढी नगर कार्यपालिकाको निष्कर्श ।

वडा अध्यक्ष अधिकारीले अनियमिता गरेको चौदण्डीगढी नगर कार्यपालिकाको निष्कर्श ।

लाइभ खबर, स्थानीय
  चौदण्डीगढी नगरपालिकाको कार्यपालिका बोर्ड बैठकले वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले ११ लाख रुपैयाँभन्दा बढी रकम अनियमिता गरेको निष्कर्श निकाल्दै असुलउपर गर्ने निर्णय गरेको छ । चैत्र २७ गते शुक्रवार बसेको कार्यपालिकाको बैठकले २ बर्षअघि वि.स. २०८० साल बैशाख २३ गतेदेखी बैशाख ३० गतेसम्म बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उदेश्यले वडा नम्बर ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा आयोजना गरिएको श्रीमद् भागवत महापुराणमार्फत संकलित रकम मध्ये वडा अध्यक्ष अधिकारीले ११ लाख २५ हजार ५ सय ५५ रुपैयाँ अनियमिता गरेको निष्कर्श निकाल्दै असुलउपर गर्ने निर्णय गरेको हो । पुराणबाट संकलित रकममा अनियमिता भएको र कतिपय चन्दा दाताहरुले कबोल गरेको रकम समेत नदिएको गुनासो आएपछि नगर प्रमुख कालुमान लामाको निर्देशनमा २०८२ साल चैत्र २ गते लेखा अधिकृत–छैटौं, अम्बर बहादुर मगरको संयोजकत्वमा शिक्षा शाखा...
निरन्तरको प्रयासबाट चौदण्डीगढी नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार ।

निरन्तरको प्रयासबाट चौदण्डीगढी नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार ।

लाइभ खबर, स्थानीय
निरन्तरको प्रयासबाट चौदण्डीगढी नगरपालिकाको शिक्षा क्षेत्रमा सुधार देखिएको छ । हिजो चैत्र २६ विहिबार प्रकाशित कक्षा ८ को परीक्षामा ८९.१८ प्रतिशत उत्तिर्ण भएका छन् । नगर शिक्षा शाखा चौदण्डीगढीका प्रमुख सुरज कार्कीका अनुसार यही चैत्र ८ गतेदेखी १६ गतेसम्म संचालन भएको कक्षा ८ को परीक्षामा १ हजार २६ जना बिद्यार्थी सहभागी भएकामा ९ सय १५ जना उत्तिर्ण भएका छन् भने १ सय ११ जना अनुत्तिर्ण रहेका छन् । परीक्षामा २९ वटा सामुदायिक बिद्यालयबाट ७५८ जना सहभागी भएकोमा ६५९ जना उत्तिर्ण र ९९ जना अनुत्तिर्ण भएका छन् । त्यस्तै १५ बटा संस्थागत बिद्यालयबाट २६८ जना सहभागी भएकोमा २५६ जना उत्तिर्ण र १२ जना अनुत्तिर्ण भएका छन् । १२२ जना बिद्यार्थी ३.६ देखी ४.० जिपिए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै ३६३ जना ३.२ देखी ३.६ जिपिए, ३४० जना २.४ देखी २.८ जिपिए र १ जना २.० देखी २.४ जिपिए ल्याएर उत्तिर्ण भएका छन् । परीक्षामा ...
आगामी आर्थिक बर्षमा सीप सम्मेलन गर्ने चौदण्डीगढी नगरपालिकाको तयारी  ।

आगामी आर्थिक बर्षमा सीप सम्मेलन गर्ने चौदण्डीगढी नगरपालिकाको तयारी ।

लाइभ खबर, स्थानीय
उद्यमशिलता र पारदर्शिता , सहकारीको प्राथमिकता भन्ने नाराको साथ ६९ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि मनाइएको छ । सहकारी शाखा चौदण्डीगढीको अगुवाईमा नगरमा संचालनमा रहेका सहकारी संस्थाहरुको सहभागितामा सहकारी दिवस मनाइएको हो । सोक्रममा विभिन्न सहकारीमा कार्यरत कर्मचारी, पदाधिकारी तथा सहकारीका सदस्यहरुले आज शुक्रवार ब्यानरसहित बेल्टार बजारको परिक्रमा गरेका थिए । नगरपालिकाको प्रारंगमा भेला भएर विपी चौक, पुष्पलाल चौक, स्कुल डाँडा हुदै पुनः नगरपालिकामा पुगेर र्याली समाप्त भएको थियो । बजार परिक्रमापछि नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारीले ईमानदारितापुर्वक सामुहिक हितलाई ध्यान दिएर काम गुर्नपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमख कालुमान लामाले चलायमान अर्थतन्त्र भए मात्र पुंजी निमार्ण हुने बताउदै नगरप...
२० लाख रुपैयाँले विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनले पुर्णता पाउदै ।

२० लाख रुपैयाँले विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनले पुर्णता पाउदै ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनको काम सम्पन्न हुने भएको छ । वजेट अभावले पुरा हुननसकेको भवनको काम पुरा हुने भएको हो । चौदण्डीगढी नगरपालिकाको सिफारिसमा कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट सुनिश्चित गरिदिएपछि भवनले पुर्णता पाउने भएको हो । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज सो अपुरो भवन पुर्णताको सिलान्यास गर्नुभएको छ । नगर प्रमुख लामा वडा नम्बर ८ का महिला दिदीबहिनीहरूको आवश्यकता र सक्रियतालाई मध्यनजर गर्दै भवनलाई पूर्णता दिन नगरपालिकाले प्राथमिकताका साथ पहल गरेको बताउनु भएको छ । उहाँले भवन निर्माण सम्पन्न भएपछि आवश्यक फर्निचर सामग्री तथा अन्य पूर्वाधारका विषयमा स्थानीय महिला समूहले माग पेश गरे नगरपालिकाले सहयोग गर्न तयार रहेको पनि आश्वासन दिनुभएको छ । वडा अध्यक्ष भगनाथ मगरका अनुसार हाल सञ्चालनमा रहेको महिला भवन सानो र आव...
लुङिन्टार स्कुलमा सागर र सावाँ स्कुलमा यम्बर अध्यक्षमा सर्वसम्मत ।

लुङिन्टार स्कुलमा सागर र सावाँ स्कुलमा यम्बर अध्यक्षमा सर्वसम्मत ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ लुङिन्टारस्थित जनता माध्यमिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निबर्तमान अध्यक्ष सागर थापा मगर दोहरिएका छन् । बिद्यालय प्रारङमा नगर प्रमुख कालुमान लामाको उपस्थितिमा आज मंगलबार बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठनका लागि भएको आम भेलाले मगरलाई दोश्रो कार्यकालको लागि सर्वसम्मत चयन गरेको हो । आमभेलाले अध्यक्षमा सागर थापा मगर , सदस्यहरुमा ज्ञानु राई , पुष्पा राई, रन्जना राईलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शिक्षाप्रेमीबाट दुर्गा बस्नेत , जग्गादाताबाट हिरादेवी मगर र शिक्षक प्रतिनिधिबाट खगेन्द्र कुमार मगर चयन भएका छन । पदेन सदस्यमा वडा अध्यक्ष रहने प्राबधान अनुसार वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर र सदस्य सचिवमा प्रधानाध्यापक रहने प्राबधान अनुसार प्र अ पदम तामाङ रहेका छन् । यस्तै आजको आमभेलाले शिक्षक अभिभावक समिति पनि गठन गरेक...
सिवाईमा महिलाका लागि ३ महिने आधारभुत ब्युटीसियन तालिम संचालन ।

सिवाईमा महिलाका लागि ३ महिने आधारभुत ब्युटीसियन तालिम संचालन ।

लाइभ खबर, स्थानीय
सिवाईमा महिलाका लागि ब्युटीसियन तालिम संचालन भएको छ । चौदण्डीगढी सामुदायिक सिकाई केन्द्रको आयोजनामा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित सिवाईका महिलाहरुका लागि ३ महिने आधारभुत ब्युटीसियन तालिम संचालन गरिएको केन्द्रका अध्यक्ष युवराज चौधरीले जानकारी दिनु भएको छ । तालिममा एकल महिला तथा सामाजिक र आर्थिक रुपले पछि परेका महिलाहरूगरी १६ जना सहभागी रहेको वहाँले बताउनु भएको छ । सिवाईमा रहेका बिभिन्न टोल बिकास संस्थाको सिफारिसमा उनिहरुलाई तालिममा सहभागी गराईएको चौधरीको भनाई छ । तालिमको आज आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले समुदायको आबश्यकतालाई पहिचान गरेर आबश्यक शिपमुलक तालिम प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले नगरपालिकाले ब्युटीशियन, टेक्नीशियन, प्लम्बर, डाईवर लगायत विभिन्न प्रकारका तालिमहरु प्रदान...
नगरपालिकाले सिको गर्नुपर्ने वडाको काम ।

नगरपालिकाले सिको गर्नुपर्ने वडाको काम ।

लाइभ खबर, स्थानीय
उदयपुरमा वडा कार्यालयले गरेको कार्यलाई नगरपालिकाले सिको गर्नुपर्ने देखिएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले शिक्षाको क्षेत्रमा गरेको एउटा रचनात्मक कार्यलाई नगरपालिकाले नै अगाडी बढाउनुपर्ने देखिएको हो । वडा कार्यालयको वडा शिक्षा समितिले सानो रकमबाट विगत ३ बर्षदेखी सामुदायिक विद्यालयको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर स्त्तरीय "" हिसावको हिरो "" र ""शब्द सम्राट"" प्रतियोगिता तथा वडा स्त्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । जस्ले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको शैक्षिक सुधारमा सकरात्मक भुमिका खेलेको वडा अध्यक्ष भगनाथ मगरले दावी गरेका छन् । मगरका अनुसार प्रतियोगितामा सहभागी बिद्यार्थीहरुले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । जनता माध्यमिक बिद्यालय लुङ्गिन्टारका प्रधानाध्यापक तथा प्रतियोगिताका परिकल्पनाकार मध्...
११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने ।

११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने ।

खेलकुद, लाइभ खबर, स्थानीय
११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने भएको छ । आयोजक बसाहा क्लबले आज शुक्रवार बर्खेडाँडास्थित नारदआदर्श शिक्षा क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै ११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने जनाएको हो । बसहा क्लबका अध्यक्ष दिनेश राईका अनुसार प्रतियोगितामा नेपालका आठ वटा टिमको सहभागिता रहनेछ । उदयपुरको चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा प्रतियोगिता संचालन हुने जनाइएको छ । प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद क्लब रौतहट, एपीएफ क्लब काठमाडौँ, न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी र झापा–११ फुटवल क्लब झापा सहभागी हुने राईले बताएका छन् । प्रतियोगिताको विजेताले नग...
सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी चाैदण्डिगढि ९ मा सम्पन्न ।

सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी चाैदण्डिगढि ९ मा सम्पन्न ।

मुख्य खबर, स्थानीय
सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापन तथा जलवायु उत्थानशील भू-उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यका साथ बेलका नगरपालिकामा दुई दिने गोष्ठी सम्पन्न भएको छ। पौष २१ र २२ गते चाैदण्डगढि -९ भिमा स्थित भिम सामुदायिक वन उपभोक्ता समिति वनकाे भवनमा सम्पन्न भएको छ। गोष्ठीमा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। गोष्ठीमा रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय समुदायमा अाधारित सङघ सस्थाहरुकाे क्षमता विकासकाे लागि गाेष्टिहरु अायाेजना गरिएको हाे। चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, कोशी प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा परियोजनाका स्राेत व्यक्ति द्वय( एलआरपी )अमर श्रेष्ठ र रेनुका कार्कीले सहजीकरण गर्नुभएको थियो। गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इश्वरा पाेड्यालले चुरे संरक्षण वन समितिको प्रमुख दा...
थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढी नगरपालिकामा शिविर सम्पन्न ।

थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढी नगरपालिकामा शिविर सम्पन्न ।

लाइभ खबर, स्थानीय
थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढीमा ४ दिने अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका, कोशी प्रदेश सरकार र करूणा फाउण्डेसन नेपालको त्रीपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा आवश्यकता पहिचानका लागि नगरको वडा नम्बर १,४,८ र ९ मा संचालन भएको शिविरमा २१ जना महिला र २४ जना पुरुषगरी ४५ जनाले अपांङ्गता परिचय–पत्र पाप्त गरेको नगर सामाजिक शाखा प्रमुख नवराज वरालले जानकारी दिएका छन् । परिचय पत्र प्राप्त गर्नेहरुमा १० जना वालवालिका पनि रहेका छन् । उनीहरुमध्ये ३ जनाले रातो, १४ जनाले निलो, ७ जनाले पहेलो र २१ जनाले सेतो कार्ड प्राप्त गरेको सामाजिक शाखा प्रमुख वरालले बताएका छन । अपाङ्गता रोकथाम तथा पुनःस्थ...