
बसहा क्याम्पसमा यस पटक पनि आफु चुनाव जित्नेमा अनेरास्ववियुका केवल तामाङ्ग ढुक्क ।
२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
यही चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको वातावरण तातेको छ । यसअघिको स्ववियु निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा भएकोमा यस पटक नेविसंघले माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई सघाएपछि सभापतिमा अनेरास्ववियुको लोकप्रीय उम्मेदवार केवल तामाङ्ग र अखिल क्रान्तिकारीका ज्ञान्दील थुलुङ्ग राईबीच प्रतिस्पर्धा हुने भएको हो । तामाङ्ग , राई र नेविसंघका विनम तामाङ्गबीच यसअघिको स्ववीयु निर्वाचनमा प्रतिस्पर्धा हुदाँ अनेरास्ववियुका केवल तामाङ्गले बाजी मारेका थिए । अहिले फेरी तामाङ्ग र राई आपसमा भिडेका छन् । अनेरास्ववियु सभापतिका उम्मेदवार केवल तामाङ्ग बिद्यार्थीमा माझ लोकप्रीय छन् भने राईले नेविसंघ र जनता समाजवादी पार्टीको साथ पाएका छन् । ...