बिबिध

चौदण्डीगढी नगर बजार ब्यबस्थापन तथा विकास समितिको कार्यालय उद्घाटन।

चौदण्डीगढी नगर बजार ब्यबस्थापन तथा विकास समितिको कार्यालय उद्घाटन।

बिबिध, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगर बजार ब्यबस्थापन तथा विकास समितिको कार्यालय उद्घाटन गरेका छन् । बेल्टार बजारस्थित तरकारी तथा फलफुल बजारमा रहेको कार्यालयको नगर प्रमुख लामाले आज एक कार्यक्रमकोविच उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन भएसंगै बजार ब्यबस्थापन तथा विकास समितिका पदाधिकारीले समेत पदभार ग्रहण गरेका छन् । नगरपालिकाको बोर्ड बैठकले संचारकर्मी समेत रहेका सन्तोष रौनियारको अध्यक्षतामा केही दिन अघि मात्रै समितिको पुर्ण गठन गरेको थियो । नेकपा एमाले नगर अध्यक्ष समेत रहेका तत्कालिन बजार ब्यबस्थापन समितिका अध्यक्ष विकास वन्जराले कार्य ब्यस्ताका कारण राजीनामा दिएपछि रौनियारको अध्यक्षतामा समिति पुर्ण गठन गरेको हो । समितिका सदस्यहरुमा वडा नम्बर ६ बेल्टारका समाजसेवी भोलाचन्द्र राई , समाजसेवी रमेश प्रधान, युवा ब्यबसायी अखिलेश गुप्ता, वडा नम्बर ७ का पुराना ब्यबसायी तथा बेल्ट...
चौदण्डीगढीमा संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप ।

चौदण्डीगढीमा संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप ।

बिबिध, लाइभ खबर, स्थानीय
  चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप गरेको छ । यसअघि गत चैत्र २९ गते एक सुचना जारी गर्दै शाखाले नगरपालिकाभित्र संचालित संस्थागत बोडिङ्ग स्कुलहरुले शैक्षिक शत्र २०८२ मा शिक्षा तथा नियमावली बमोजिम अनिवार्य उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क छात्रवृतीका लागि आवेदन फारम भर्ने मिति २०८२ साल बैशाख १५ गतेसम्मलाई तोकेको थियो । छात्रबृतीका लागि न्युन संख्यामा आवेदन आएपछि एक हप्ता समय थप गरिएको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । अब बैशाख २२ गतेसम्म छात्रछात्राले आफु अध्ययनरत बिद्यालयको प्रशासन शाखा वा बेल्टार बजारस्थित नगरपालिकामा रहेको नगर शिक्षा शाखामा छात्रबृतीका लागि आवेदन दिनसक्ने छन् । शाखाले संस्थागत बिद्यालयहरुमा अध्ययनरत महिला, दलित, जनजाती, अपाङ्ग र विपन्न बर्गका छात्रछात्राबाट ...
बसहास्थित शिवालय मन्दिरमा भगवान गणेशको मुर्ती स्थापना ।

बसहास्थित शिवालय मन्दिरमा भगवान गणेशको मुर्ती स्थापना ।

बिबिध, मुख्य खबर, स्थानीय
२६ चैत्र २०८१, सन्तोष कुमार रौनियार…  उदयपुरको बेल्टार बजारस्थित सजिलो डिपार्टमेन्ट स्टोरका मालिक युवा ब्यबसायी मिलन थुलुङ्ग राईले बसहास्थित शिवालय मन्दिरमा आकर्षक गणेश भगवानको मुर्ती स्थापना गरेका छन् । आज चौदण्डीगढी नगरपालिका वडा नं.–४ बसहा निवासी थुलुङ्गले पित्रीहरुको सम्झनामा पञ्चाधातुबाट निर्मित १८ इन्च अग्लो र १८ किलो तौल भएको गणेशको मुर्ती मन्दिर परिसरमा स्थापना गरी अनावरण गरेका हुन् । थुलुङ्गले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मोहन निरौलाको आग्रहमा गणेश भगवानको मुर्ती स्थापना गरिएको बताउदै मुर्तीको घेराबेरा लगायतको काममा पनि आफुले सहयोग गर्ने जानकारी दिएका छन् । गणेश भगवानको मुर्ती स्थापनाले श्रद्धालुको संख्यामा बृद्धी हुने बिश्वास गरिएको छ । यस अघि चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा मन्दिर परिसरमा भगवान शिवको मुर्ती स्थापना गरिएको थियो । बसहाको नामाकरण नै बसहा मन्दि...
चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक ।

चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक ।

बिबिध, स्थानीय
२५ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी साईकल सिटी क्लबको जर्सी सार्वजनिक गरिएको भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले क्लबको जर्सी सार्वजनिक गर्दै क्लवका अध्यक्ष अनिल पौडेललाई जर्सी हस्तान्तरण गरेका छन् । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले क्लबलाई ३२ थान जर्सी उपलब्ध गराएको हो । नेपाली सेनाले शुरु गरेको उदयपुरको ऐतिहासिक स्थलहरु उदयपुरगढीदेखी चौदण्डीगढीसम्मका पैदल यात्रामा चौदण्डीगढी साईकल सिटी क्लबका सदस्यहरु पनि सहभागी हुने क्लबका सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् । चौदण्डीगढीमा २०७४ सालमै साईकल सिटी क्लबको स्थापना भएपनिसक्रिय भने थिएन । वडा अध्यक्ष राईको सक्रियतामा फेरी क्लबले आफ्नो गतिविधी शुरु गरेको छ । ...
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ को वडा कमिटी सर्वसम्मत चयन ।

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ को वडा कमिटी सर्वसम्मत चयन ।

बिबिध, स्थानीय
०८ पुष २०८१, सन्तोष कुमार रौनियार… राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ को वडा कमिटी सर्वसम्मत चयन भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथ्यतामा हिजो आईतवार केचुवामा सम्पन्न तेस्रो वडा अधिवेशनले ३१ सदस्य वडा कमिटी सर्वसम्मत चयन गरेको हो । युवा संघ वडा कमिटीको अध्यक्षमा हेमन्त यादव, उपाध्यक्षमा मौसम परियार, सचिवमा निदिन विश्वकर्मा, सह–सचिवमा सपना लुवागुन त्यस्तै कोषाध्यक्ष रिता मगर श्रेष्ठ, युथ फोर्स प्रमुखमा मनिस श्रेष्ठ र साईबर सर्कल प्रमुखमा सम्झना बिक चयन भएको राष्ट्रिय युवा संघ उदयपुरका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । कार्यक्रममा एमाले उदयपुर जिल्ला कमिटी सदस्य भिम परियार, राष्ट्रिय युवा संघका चौदण्डीगढी नगर कमिटी अध्यक्ष भुवन राई लगायतको उपस्थिती रहेको थियो । ...
बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि ट्राफिक ब्यबस्थापनमा ब्यापारीको प्रहरीलाई सहयोग ।

बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि ट्राफिक ब्यबस्थापनमा ब्यापारीको प्रहरीलाई सहयोग ।

बिबिध, लाइभ खबर, स्थानीय
३० चैत्र २०८०, सन्तोष कुमार रौनियार… बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि उदयपुरको बेल्टार बजारका ब्यापारी ब्यबसायीले ट्राफिक ब्यबस्थापनमा प्रहरीलाई सहयोग गरेका छन् । चौदण्डीगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारको ट्राफिक ब्यबस्थापन गरी दुघर्टना न्युनीकरणमा सहयोग पुर्याउने उदेश्यले बेल्टार बजारका ब्यापारी ब्यबससायीले सहयोग गरेका हुन् । पटक पटक चौदण्डीगढी नगर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जरा तथा अन्य पदाधिकारीहरुलाई सहयोगका लागि आग्रह गर्दा पनि नसुनेपछि ब्यापारी ब्यबसायीले ४९ हजार रुपैयाँ संकलन गरेर बजार क्षेत्रको लाफा चौकदेखी पुष्पलाल चौकसम्म र बेल्टार बसपार्कदेखी वडा नम्बर ६ को राजकुमार खड्काको घरसम्मको कालेपत्रे मुल सडकमा क्याट आई राख्न सहयोग गरेका हुन् । आज १०० थान क्याट आई सडकमा बिछ्याइएको र थप ५० थान क्याट आई खरिद गरी वडा नम्बर ७ को लाटी ...
चौदण्डीगढी नगरपालिकाद्वारा बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह ।

चौदण्डीगढी नगरपालिकाद्वारा बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह ।

बिबिध, लाइभ खबर, स्थानीय
१ फागुन २०८०, सन्तोष कुमार रौनियार... उदयपुरको चौदण्डीगढी नगरपालिकाले आजदेखी बेरोजगार ब्यक्तिहरुलाई सुचिकृत हुनका लागि आग्रह गरेको छ । नगरपालिकाले हिजो एक सुचना जारी गर्दै रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आर्थिक बर्ष २०८१÷८२ मा चौदण्डीगढी नगरपालिका मातहत रहेको सेवा रोजगार केन्द्रको समन्वयमा प्रदान गरिने न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास तथा मर्मतका काममा योगदान गर्न ईच्छुक १८ बर्षदेखी ५९ बर्षसम्मका मापदण्ड पुगेका बेरोजगार ब्यक्तिहरुलाई २०८० साल फागुन १ गतेदेखी फागुन मसान्तभित्र आफुले स्थायी बसोबास गरेको वडा कार्यालयमा सुचिकृत हुन आग्रह गरेको छ । निवेदनको ढाँचा, अनुसुची –१ फारम नगरपालिकाको वेबसाईट www.chaudandigadhimun.gov.np  तथा प्रत्येक वडा क...
बिष्णु मेडिकल हल बेल्टारमा भोली एकदिने स्वास्थ्य शिविर संचालन हुने ।

बिष्णु मेडिकल हल बेल्टारमा भोली एकदिने स्वास्थ्य शिविर संचालन हुने ।

बिबिध, स्थानीय
२२ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा भोली मंगलवार एकदिने स्वास्थ्य शिविर संचालन हुने भएको छ । बिष्णु मेडिकल हलको आयोजना तथा युनिभर्सल युथ ग्रुप संस्थाको प्राबिधिक सहयोगमा बेल्टार बजारस्थित बिष्णु मेडिकल हलमा पाईल्स तथा फिस्टुला, मलद्वार चिलाउने, मलद्वारबाट पिप र रगत आउने , मासु पलाएको, पलाएको मासु क्यान्सर हो की होईन भनी पहचान गर्ने तथा शरिरमा निस्किएको गाठागुठी आदिको निःशुल्क चेकजाँच गरिने आयोजकले जानकारी दिएको छ । रोग पहिचान गरी उपचार गर्नुपरेमा ५० प्रतिशत छुटमा विना अपरेशन उपचार गर्न सकिने बिष्णु मेडिकल हलका प्रोप्राईटर बिष्णु यादवले जानकारी दिएका छन् । जनरल सर्जन डा. प्रदिप कुमार यादव नेतृत्वको टोलीले विरामीको उपचार गर्ने जनाइएको छ भने शिविर बिहान ९ बजेदेखी शुरु हुने आयोजकले बताएको छ ।...
पारुहाङ्ग एकेडेमीले मनायो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस ।

पारुहाङ्ग एकेडेमीले मनायो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस ।

बिबिध, लाइभ खबर, स्थानीय
२१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… पारुहाङ्ग एकेडेमीले हिजो आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपले मनाएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित पारुहाङ्ग एकेडेमीले आफ्नै बिद्यालय प्रांगणमा एक कार्यक्रमको आयोजनागरी २० औं बार्षिक उत्सव मनाएको हो । बि.सं. २०६० सालमा स्थापना भएको बिद्यालयले अहिले कक्षा १० सम्मको पठनपाठन गराईरहेको छ । बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यक छविन्द्र राईले नर्सरीदेखी कक्षा १० सम्म ३४५ जना वालवालिकाले अध्ययन गरिरहेको जानकारी दिदै पारुहाङ्ग एकेडेमीबाट एसईई उत्तीर्ण बिद्यार्थीहरु मेडिकल, ईन्जिनियरिङ्ग, विएस्सी नसिङ्ग, चाटर्ड एकाउन्टेन्ट लगायतका बिषयमा अध्ययन गरेर काम गरिरहेको बताएका छन् । उनले शैक्षिक शत्र २०८१ बाट लागु हुनेगरी हरेक कक्षाको बार्षिक परीक्षामा प्रथम र द्धितीय स्थान ल्याउ...
चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै !

चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै !

बिबिध, लाइभ खबर, स्थानीय
१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै गएको छ । साविक वडा नम्बर ६ बेल्टार बजार स्थित स–शस्त्र प्रहरी क्याम्प नजिक आँपखरहे सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको फोहर फाल्ने स्थानमा स्थानीयले फोहर फाल्न रोक लगाएपछि फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बनेको हो ।नगरपालिकाले वडा नम्बर ६ र ७ को बेल्टार बजार, वडा नम्बर ३ र ४ को बसहा क्षेत्रको फोहर सो स्थानमा ब्यबस्थापन गर्दै आएको थियो । गत असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन ...