नेपाल ह्याण्डवल संघको केन्द्रीय उपाध्यक्षमा चौदण्डीगढीका ज्ञानेन्द्र प्रधान निर्विरोध ।
नेपाल ह्याण्डवल संघको केन्द्रीय उपाध्यक्षमा चौदण्डीगढीका ज्ञानेन्द्र प्रधान निर्विरोध निर्वाचित भएका छन् । पोखरामा आज विहिवार सम्पन्न संघको महाधिबेशनले चौदण्डीगढीका प्रधानलाई केन्द्रीय उपाध्यक्ष र तस्वीरा तामाङ्गलाई केन्द्रीय कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको जिल्ला ह्याण्डवल संघ उदयपुरका अध्यक्ष विदुर राईले जानकारी दिएका छन् । वडा नम्बर ६ बेल्टारका प्रधान र वडा नम्बर ४ शनिवारेकी तामाङ्ग लामो समयदेखी खेलकुद गतिविधीका साथै समाजसेवामा संलग्न छन् ।
लामो समयदेखी निर्वाचन हुन नसकिरहेको संघ आज सम्पन्न केन्द्रीय महाधिबेशनले आगामी ४ वर्षका लागि पिताम्बर तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रधानसंगै उपाध्यक्षहरूमा प्रधान मिठाराम अधिकारी र हिमालकुमार श्रेष्ठ पनि निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन निर्विर...









