लाइभ खबर

बसहा क्याम्पसमा यस पटक पनि आफु चुनाव जित्नेमा अनेरास्ववियुका केवल तामाङ्ग ढुक्क ।

बसहा क्याम्पसमा यस पटक पनि आफु चुनाव जित्नेमा अनेरास्ववियुका केवल तामाङ्ग ढुक्क ।

लाइभ खबर, स्थानीय
  २ चैत्र २०८१, सन्तोष कुमार रौनियार… यही चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनावले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको वातावरण तातेको छ । यसअघिको स्ववियु निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा भएकोमा यस पटक नेविसंघले माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई सघाएपछि सभापतिमा अनेरास्ववियुको लोकप्रीय उम्मेदवार केवल तामाङ्ग र अखिल क्रान्तिकारीका ज्ञान्दील थुलुङ्ग राईबीच प्रतिस्पर्धा हुने भएको हो । तामाङ्ग , राई र नेविसंघका विनम तामाङ्गबीच यसअघिको स्ववीयु निर्वाचनमा प्रतिस्पर्धा हुदाँ अनेरास्ववियुका केवल तामाङ्गले बाजी मारेका थिए । अहिले फेरी तामाङ्ग र राई आपसमा भिडेका छन् । अनेरास्ववियु सभापतिका उम्मेदवार केवल तामाङ्ग बिद्यार्थीमा माझ लोकप्रीय छन् भने राईले नेविसंघ र जनता समाजवादी पार्टीको साथ पाएका छन् । ...
स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने ।

स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने ।

लाइभ खबर, स्थानीय
२७ फागुन २०८१, सन्तोष कुमार रौनियार…   आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नारद आदर्श शिक्षा क्याम्पस बसहामा दुई पक्षिय भिडन्त हुने भएको छ । आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तीकारीको नेतृत्वमा नेविसंघ र संघीय समाजवादी बिद्यार्थी युनियनले गठबन्धन बनाएर उम्मेदवारी दर्ता गराएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो। अनेरास्ववियुले स्ववीयु सभापति केवल तामाङ्गको नेतृत्वमा प्यानल नै बनाएर मनोनयन दर्ता गरेको छ । अनेरास्ववीयुबाट सभापतीमा केवल तामाङ, सचिवमा हिरामणि बिष्ट , कोषाध्यक्षमा अलिशा बिसुङखे, त्यस्तै सदस्यहरु खुल्लातर्फ अस्मिता तामाङ(इशा), सन्ध्या भण्डारी र एमुना श्रेष्ठ, यस्तै समानुपातीकतर्फका सदस्यहरूमा निनाम राई ,सु...
शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न नगर प्रमुख लामाको आग्रह ।

देश, लाइभ खबर, स्थानीय
२३ फागुन २०८१, सन्तोष कुमार रौनियार… सामुदायिक बिद्यालयमा शैक्षिक कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ मा विविध कार्यक्रम सम्पन्न भएको छ । वडा शिक्षा समितिको आयोजना र वडा नम्बर ८ को सहयोगमा जनता मावी लुङ्गगीनटार आज नगर स्तरीय हिसाबको हिरो, शब्द सम्राट र वडा स्तरीय हाजरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर शिक्षा शाखाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि गरिरहेको अभियानलाई यस किसमिको कार्यक्रमले सहयोग पुग्ने बताएका थिए । उनले अभिभावक र बिद्यालयबीचको अन्तरक्रिया कार्यक्रमलाई हरेक बिद्यालयले अगाडी बढाउनुपर्ने र शैक्षिक योजना बनाएर लागु गर्नुपर्ने बताएका थिए । शैक्षिक सुधारको कार्य योजना लागु गर्न नसक्ने भए प्रधानाध्यापकको जिम्मेवारीमा नबस्न पनि उनले आग्रह गरेका गरेका थिए । यस्तै नगर प्रमुख लामाले नीजि बो...
चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

चौदण्डीमा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु ।

खेलकुद, लाइभ खबर, स्थानीय
२० फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी दोश्रो मेयर कप खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुद विकास समिति वडा नम्बर १ चौदण्डीको आयोजनामा चौदण्डीगढी दरवार परिसरस्थित खेल मैदानमा आजदेखी शुरु भएको प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका बिभिन्न पालिकाकागरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र, त्यस्तै उप विजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र र तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफ्री र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक समारोहबीच उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढीको ऐत...
भुक्तानी नपाउदा  देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

भुक्तानी नपाउदा देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका ।

देश, लाइभ खबर, स्थानीय
११ फागुन २०८१, सन्तोष कुमार रौनियार… गरेको कामको भुक्तानी नपाउदा चौदण्डीगढी नगरपालिकाको देवधारस्थित त्रियुगा नदीमा निमार्णधिन मोटेरेवल पक्की पुलको निमार्ण निर्धारित समयमै सकिनेमा आशंका भएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर  १० को देवधार र  हडिया तथा त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगीदहबासीलाई मदन भण्डारी लोकमार्गसँग सोझो यातायातले जोड्ने यो पुलको निमार्ण १ वर्षअघि सुरु भएको हो । साईट ईन्जार्च प्रमोद कर्णका अनुसार ६ मध्ये हालसम्म ४ वटा पिल्लरको निमार्ण सम्पन्न भएको छ । बर्खाअघि ६ बटै पिलर र ५ वटा मध्ये एक वटा स्लावको काम सक्ने लक्ष्य रहेको भएपनि आर्थिक अभावमा सो काम सक्नेमा आशंका छ । साईट ईन्जिनियर प्रेम साहले ४ करोडको बिलिङ्ग गर्दा २ करोड पनि भुक्तानी नपाईने गरेकोले काम कहिले सम्पन्न हुनेबारे भन्न नसकिने बताए । उनले हालसम पुलको ३५ प्रतिशत काम सम्पन्न भैसकेको र आर्थिक समस्या न...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण ।

लाइभ खबर, स्थानीय
०७ फागुन २०८१, सन्तोष कुमार रौनियार… – पहिचानवादीको गुनासोको समाधन नेपालको संबिधानले निर्दिष्ट गरेको संविधानको दायराभित्र रहेर गर्ने जिकिर । – सबै जातीभाषा र सबै संस्कृतीको संरक्षण गर्ने कामको अगुवाई प्रदेश सरकारले गर्ने । – बसहा निमार्णधिन नारदमुनी थुलुङ्ग स्मृती सभाहललाई आगामी बर्ष बजेट विनयोजन गरेर सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त । – थुलुङ्गको नामलाई चिरस्थायी बनाउन शालिक राख्ने कामको प्रशंसा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित चौकमा आज स्वर्गीय थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक अनावरण गरेका हुन् । चौदण्डीगढी नगरपालिकाले प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शाल...
कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

देश, लाइभ खबर, स्थानीय
०६  फागुन २०८१, सन्तोष कुमार रौनियार…   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहामा आउने भएका छन् । प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक अनावरण कार्यक्रमका लागि मुख्यमन्त्री कार्की भोली बसहा आउन लागेका हुन् । थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गर्न लागेको छ । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापन गर्न लागेको हो । सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो...
बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

देश, लाइभ खबर, स्थानीय
०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने भएको छ । ऐतिहासिक ब्यक्तित्व तथा २००७ सालका क्रान्तिका योद्दा , बसहा बस्ती बसाउने प्रेरक ब्यक्तित्व थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापन गर्न लागेको छ । सानो आकारमा रहेको थुलुङ्गको अर्ध कदको शालिक हटाएर पुर्ण कदको शालिक राख्न लागेको हो । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । सानो आकारमा रहेको श...
सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको छ । आज नगर प्रमुख कालुमान लामाले कृषीका लागि उर्वर भुमी भएपनि सिचाईको अभावमा राम्रो उव्जनी हुन नसकिरहेको सो क्षेत्रमा सिचाई पुर्याउनका लागि डिप बोरिङ्ग कार्यको सुरुवात गरेका छन् । भूमिगत सिचाई योजना झापाको १ करोड लागतमा निमार्ण हुने डिप बोरिङ्ग योजनाले ६० बिघामा सिचाई हुने वडा अध्यक्ष हरी खड्काले जानकारी दिएका छन् । डिप बोरिङ्ग कार्यको सुरुवात गर्दै नगर प्रमुख लामाले नगरले किसानहरुको समस्यालाई प्राथमिकतामा राखेको जनाउदै कुलो निमार्ण गरेर तथा डिप बोरिङ्गबाट भुमीगत पानी निकालेर बाझो रहेको खेतबारीलाई सिंचित गराउने कार्यमा लागेको र यसका लागि बिभिन्न निकायहरुसंग साझेदारी गरेर कार्य गरिरहेको जानकारी दिएका छन् । उनले कृषकक...
उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दपुरस्थित स्वास्थ्य चौकी भवन शिल्यान्यास गरिएको छ । हिजो कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेकी हुन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले विनयोजन गरेको २५ लाख रुपैयाँबाट ४ कोठे भवन निमार्णका ठेक्का चौदण्डीगढीकै थानपोखरी कन्स्ट्रक्सनले भ्याटसहित १५ लाख ७१ हजारमा यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा लिएको ठेकदार कम्पनीका बालकुमार राईले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपसभामुख दनुवारले पदीय जिम्मेवारीका कारण प्रत्यक्षरुपमा जनताको समस्या संसदमा राख्न नसकेपनि विकास निमार्णका कार्यसंग यहाँका जनतासंग जोडिएको बताएकी छिन् । बिशेष गरि स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधारका कार्यहरुलाई प्राथमिकतामा रा...