स्थानीय

११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने ।

११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने ।

खेलकुद, लाइभ खबर, स्थानीय
११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने भएको छ । आयोजक बसाहा क्लबले आज शुक्रवार बर्खेडाँडास्थित नारदआदर्श शिक्षा क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गर्दै ११ औं संस्करणका नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिता यही माघ १५ गतेदेखी माघ २२ गतेसम्म संचालन हुने जनाएको हो । बसहा क्लबका अध्यक्ष दिनेश राईका अनुसार प्रतियोगितामा नेपालका आठ वटा टिमको सहभागिता रहनेछ । उदयपुरको चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा प्रतियोगिता संचालन हुने जनाइएको छ । प्रतियोगितामा आयोजक बसाहा क्लबसहित एलएक्स सिटी मोरङ, द यङ ब्रदर्स सुनसरी, नेपाल खेलकुद क्लब रौतहट, एपीएफ क्लब काठमाडौँ, न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी र झापा–११ फुटवल क्लब झापा सहभागी हुने राईले बताएका छन् । प्रतियोगिताको विजेताले नग...
सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी चाैदण्डिगढि ९ मा सम्पन्न ।

सामुदायिक वन लक्षित जलवायु उत्थानशील गोष्ठी चाैदण्डिगढि ९ मा सम्पन्न ।

मुख्य खबर, स्थानीय
सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापन तथा जलवायु उत्थानशील भू-उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यका साथ बेलका नगरपालिकामा दुई दिने गोष्ठी सम्पन्न भएको छ। पौष २१ र २२ गते चाैदण्डगढि -९ भिमा स्थित भिम सामुदायिक वन उपभोक्ता समिति वनकाे भवनमा सम्पन्न भएको छ। गोष्ठीमा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। गोष्ठीमा रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय समुदायमा अाधारित सङघ सस्थाहरुकाे क्षमता विकासकाे लागि गाेष्टिहरु अायाेजना गरिएको हाे। चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, कोशी प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा परियोजनाका स्राेत व्यक्ति द्वय( एलआरपी )अमर श्रेष्ठ र रेनुका कार्कीले सहजीकरण गर्नुभएको थियो। गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इश्वरा पाेड्यालले चुरे संरक्षण वन समितिको प्रमुख दा...
थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढी नगरपालिकामा शिविर सम्पन्न ।

थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढी नगरपालिकामा शिविर सम्पन्न ।

लाइभ खबर, स्थानीय
थप ४५ जनालाई अपांङ्गता परिचय–पत्र प्रदान गर्दै चौदण्डीगढीमा ४ दिने अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिका, कोशी प्रदेश सरकार र करूणा फाउण्डेसन नेपालको त्रीपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा आवश्यकता पहिचानका लागि नगरको वडा नम्बर १,४,८ र ९ मा संचालन भएको शिविरमा २१ जना महिला र २४ जना पुरुषगरी ४५ जनाले अपांङ्गता परिचय–पत्र पाप्त गरेको नगर सामाजिक शाखा प्रमुख नवराज वरालले जानकारी दिएका छन् । परिचय पत्र प्राप्त गर्नेहरुमा १० जना वालवालिका पनि रहेका छन् । उनीहरुमध्ये ३ जनाले रातो, १४ जनाले निलो, ७ जनाले पहेलो र २१ जनाले सेतो कार्ड प्राप्त गरेको सामाजिक शाखा प्रमुख वरालले बताएका छन । अपाङ्गता रोकथाम तथा पुनःस्थ...
अलपत्र भवन निर्माण सम्पन्न भएसंगै ज्योति जनता बहुमुखी क्याम्पसको पुस्तकालय संचालनमा ।

अलपत्र भवन निर्माण सम्पन्न भएसंगै ज्योति जनता बहुमुखी क्याम्पसको पुस्तकालय संचालनमा ।

लाइभ खबर, स्थानीय
अलपत्र भवन निर्माण सम्पन्न भएसंगै ज्योति जनता बहुमुखी क्याम्पसको पुस्तकालय संचालनमा आएको छ । चौदण्डीगढी नगरपालिकाले अलपत्र अबस्थामा रहेको भवन निर्माण सम्पन्नताका लागि ३ लाख रुपियाँ लगानी गरेपछि पुस्तकालय संचालनमा आएको हो । केही समय अघि नै संचालनमा आएको पुस्तकालयको तत्कालीन प्रदेश नम्बर १ सभाकी सदस्य अम्बिका थापा र चौदण्दीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज एक कार्यक्रमकोबिच संयुक्तरुपमा उद्घाटन गरेका छन् । तत्कालीन प्रदेश नम्बर १ सभा सदस्य थापाले आर्थिक बर्ष २०७७/०७८मा संसदीय बिकास कोषबाट ७ लाख रुपैयाँ बिनियोजन गरेपछि पुस्तकालय भवनको निर्माण शुरु भएको थियो । भवन निर्माणका लागि वडा नम्बर ६ ले १ लाख रुपैयाँ लगानी गरेको थियो भने अलपत्र भवन निर्माण सम्पन्नताका लागि नगरपालिकाले ३ लाख रुपैयाँँ सहयोग गरेको थियो । पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन प्रदेश सभा सदस्य ...
७ औं मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी पुष १७ गतेदेखी संचालन हुने ।

७ औं मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी पुष १७ गतेदेखी संचालन हुने ।

खेलकुद, मुख्य खबर, स्थानीय
७ औं चरणको मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी पुष १७ गतेदेखी संचालन हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेस्थित खेल मैदानमा आगामी पुष १७ गतेदेखी पुष २३ गतेसम्म ७ औं चरणको मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने जानकारी नगर खेलकुद विकास समितिले दिएको छ। वडा नम्बर ९ को कार्यालयमा आज विहान भएको पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले सो जानकारी दिएका हुन् । प्रतियोगितामा वडा नम्बर १ बाहेक नगरको ९ वटा वडाको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मगरले जानकारी दिएका छन् । यस्तै बेस्ट गोलकिपर, वेस्ट मिड फिल्डर, वेस्ट स्ट्राईकर लगायतका विद्यागतमा उत्कष्ट हुने खेलाडीलाई समेत पुरुस्कृत गरिने मगरले बताएका छन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी नगर...
स्वास्थ्य चौकी हडियामा नागरिक आरोग्य केन्द्रको स्थापना ।

स्वास्थ्य चौकी हडियामा नागरिक आरोग्य केन्द्रको स्थापना ।

लाइभ खबर, स्थानीय
नगरबासीलाई प्राकृतिक चिकित्सा तथा आयुर्वेदिक उपचार उपलब्ध गराउन चौदण्दीगढी नगरपालिकाले नागरिक आरोग्य केन्द्रको स्थापना गरेको छ । वडा नम्बर ९ हडियास्थित स्वास्थ्य चौकी हडियाको भवनमा केन्द्रको स्थापना गरी प्रारम्भिक उपचार सेवा शुरु गरेको नगर स्थास्थ्य शाखाका उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् । नगरप्रमुख कालुमान लामाले आज एक कार्यक्रमको बिच केन्द्रको उद्घाटन गरेका छन् । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख लामाले युरोप अमेरिका लगायतका बिकशित देशहरुमा समेत आयुर्वेदिक उपचार पदतीप्रति आकर्षण बढीरहेको जिकिर गर्दै आरोग्यता जीवनपदती बन्नुपर्ने धाराणा राखेका छन । नगर स्वास्थ्य शाखामा उप प्रमुख हिमालय पौडेलले नगरपालिकाले आयुर्वेदिक उपचारको शुरूवात पहिलो पटक गरेको बताउदै केन्द्र संचालनमा शुरुमा कठिनाई भए पनि आगामी आर्थिक बर्षबाट केन्द्रलाई आबस्यक श्रोत उपलब्ध गराई सुबिधासम्पन्न गराउ...
चौदण्डीगढीको सुन्दरपुरमा तेस्रो उपमेयर कप कोशी प्रदेश स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

चौदण्डीगढीको सुन्दरपुरमा तेस्रो उपमेयर कप कोशी प्रदेश स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

खेलकुद, लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दरपुरमा सम्पन्न तेस्रो उपमेयर कप कोशी प्रदेश स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ८ वटा बिद्यामा भएको प्रतियोगिता आज सोमबार सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत आज भएको कोशी प्रदेश स्त्तरीय मेन्स डवल्सको उपाधी सशस्त्र प्रहरीको टिमले जितेको छ । सुन्दरपुर ब्याडमिन्टन क्लबका विनय चौधरी र मोरङ्गका लाक्पा शेर्पाको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा सशस्त्रका भोज बहादुर गुरुङ्ग र प्रनिस सिंह ठकुरीको जोडीले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो । त्यस्तै मिक्स डवल्सको उपाधी पनि सशस्त्र प्रहरीको भोज बहादुर गुरुङ्ग र नवीना राईको जोडीले हात पारेको छ । सुन्दरपुर ब्याडमिन्टन क्लबका विनय चौधरी र उदयपुरकी रोजी राईको जोडीलाई २३–२१ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । आज नै भएको ४५ बर्षभन्दामाथीको भेट्रान्सतर्फको खे...
नेपाल ह्याण्डवल संघको केन्द्रीय उपाध्यक्षमा चौदण्डीगढीका ज्ञानेन्द्र प्रधान निर्विरोध ।

नेपाल ह्याण्डवल संघको केन्द्रीय उपाध्यक्षमा चौदण्डीगढीका ज्ञानेन्द्र प्रधान निर्विरोध ।

खेलकुद, लाइभ खबर, स्थानीय
नेपाल ह्याण्डवल संघको केन्द्रीय उपाध्यक्षमा चौदण्डीगढीका ज्ञानेन्द्र प्रधान निर्विरोध निर्वाचित भएका छन् । पोखरामा आज विहिवार सम्पन्न संघको महाधिबेशनले चौदण्डीगढीका प्रधानलाई केन्द्रीय उपाध्यक्ष र तस्वीरा तामाङ्गलाई केन्द्रीय कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको जिल्ला ह्याण्डवल संघ उदयपुरका अध्यक्ष विदुर राईले जानकारी दिएका छन् । वडा नम्बर ६ बेल्टारका प्रधान र वडा नम्बर ४ शनिवारेकी तामाङ्ग लामो समयदेखी खेलकुद गतिविधीका साथै समाजसेवामा संलग्न छन् । लामो समयदेखी निर्वाचन हुन नसकिरहेको संघ आज सम्पन्न केन्द्रीय महाधिबेशनले आगामी ४ वर्षका लागि पिताम्बर तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रधानसंगै उपाध्यक्षहरूमा प्रधान मिठाराम अधिकारी र हिमालकुमार श्रेष्ठ पनि निर्वाचित भएका छन् । यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन निर्विर...
झुलुङ्गे पुलको काम भाड्न खोजेको भन्दै कोशी प्रदेश सांसद राजन किराँती आक्रोशित ।

झुलुङ्गे पुलको काम भाड्न खोजेको भन्दै कोशी प्रदेश सांसद राजन किराँती आक्रोशित ।

देश, मुख्य खबर, स्थानीय
झुलुङ्गे पुलको काम भाड्न खोजेको भन्दै कोशी प्रदेश सांसद राजन किराँती आक्रोशित भएका छन् । उदयपुर क्षेत्र नम्बर १(१) बाट निर्वाचित माओवादी केन्द्रका सांसद किराँतीले आफ्नो पहलमा वडा नम्बर ५ त्रियुगा नदीस्थित बेल्हा र सिवाई जोड्न भत्किएको पुलमाथी जडान गर्नेगरी झुलुङ्गे पुल निमार्णको कार्य अघि बढेको तर केही ब्यक्तिहरुले सो काममा अबरोध गर्न खोजेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । सामाजिक संजाल फेसबुकमा आज बुधवार स्टाटस लेख्दै सांसद किराँतीले ““हाम्रो समाजका केही भडुवाहरुलाई बेलैमा चिनौ यस्तै भडुवाहरुले त्रियुगा सिबाईको भत्तकेको पुलमा आवत जावत सहज बनाउन हामिले ६० लाख बजेट प्रदेस सरकार बाट बिनियोज गरेका हौ। र सम्बन्धित अड्डा बाट सम्पुर्ण प्रकृया पूरा गरि काम को थालनि गर्न खोज्दा बाधा अबरोध गर्न खोजियको कुरा सुनियको छ। सबै बिकास प्रेमि जनसमुदायलाई सचेत हुन अपिल गर्द छु र त्यस्ता तत्वहरुलई जनस्तर बा...
चौदण्डीगढीको कुसुमचौरीमा ३ दर्जन ब्यक्तिहरु एमालेमा प्रबेश ।

चौदण्डीगढीको कुसुमचौरीमा ३ दर्जन ब्यक्तिहरु एमालेमा प्रबेश ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ३ कुसुमचौरीका थप ३ दर्जन ब्यक्तिहरु कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरी एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले ३ नम्बर वडा कमिटीको आयोजना आज बुधवार कुसुमचौरीमा भएको भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु एमाले प्रबेश गरेका हुन् । एमाले प्रबेश गर्नेहरुमा आफुलाई जेनजी भन्न रुचाउने आधा दर्जन युवाहरु समेत रहेका छन् । एमाले कोशी प्रदेश कमिटी सदस्य तथा एमाले नगर ईन्चार्ज कान्ता राईको प्रमुख आथित्यता तथा वडा कमिटी अध्यक्ष शम्भु तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रबेश गर्नेहरुले एमालेले विकास गर्ने बताउदै एमाले पार्टी प्रबेश गरेका बताएका छन् । आफ्नो ठाँउको विकास निमार्ण आफुहरुको प्राथमिकतामा रहेको जनाउदै स्थानीय युवा विरेन्द्र खड्काले झण्डै १० बर्षदेखी गाँउमा विजुलीको पोल गाडिएको भएपनि तार नभएको कारण गाँउमा विजुली नभएर समस्यामा रहेको उधा...