स्थानीय

चौदण्डीगढीमा संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप ।

चौदण्डीगढीमा संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप ।

बिबिध, लाइभ खबर, स्थानीय
  चौदण्डीगढी नगर शिक्षा, युवा तथा खेलकुद शाखाले संस्थागत बिद्यालयमा निःशुल्क छात्रबृतीका लागि आवेदन दिने समय थप गरेको छ । यसअघि गत चैत्र २९ गते एक सुचना जारी गर्दै शाखाले नगरपालिकाभित्र संचालित संस्थागत बोडिङ्ग स्कुलहरुले शैक्षिक शत्र २०८२ मा शिक्षा तथा नियमावली बमोजिम अनिवार्य उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क छात्रवृतीका लागि आवेदन फारम भर्ने मिति २०८२ साल बैशाख १५ गतेसम्मलाई तोकेको थियो । छात्रबृतीका लागि न्युन संख्यामा आवेदन आएपछि एक हप्ता समय थप गरिएको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । अब बैशाख २२ गतेसम्म छात्रछात्राले आफु अध्ययनरत बिद्यालयको प्रशासन शाखा वा बेल्टार बजारस्थित नगरपालिकामा रहेको नगर शिक्षा शाखामा छात्रबृतीका लागि आवेदन दिनसक्ने छन् । शाखाले संस्थागत बिद्यालयहरुमा अध्ययनरत महिला, दलित, जनजाती, अपाङ्ग र विपन्न बर्गका छात्रछात्राबाट ...
भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढीमा ऐलानी जग्गा नापजाँचको काममा तिव्रता ।

भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढीमा ऐलानी जग्गा नापजाँचको काममा तिव्रता ।

लाइभ खबर, स्थानीय
  भोगाधिकार पुर्जा दिने चर्चासंगै चौदण्डीगढी नगरपालिकामा ऐलानी जग्गा नापजाँचको कामले तिव्रता पाएको छ । नगर प्रमुख कालुमान लामाले केही दिन अघि नगरमा रहेका भुमीहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्नका लागि नगरस्तरीय भुमी आयोगको गठन गरेर उनीहरुले चासबास गरेर उपभोग गरिरहेको जग्गा उल्लेख हुनेगरी भोगाधिकार पुर्जा दिने बताएका थिए । नगर प्रमुख लामाले आफ्नो कार्यकालमा राष्ट्रियभुमी आयोगबाट उनीहरुलाई सके लालपुर्जा दिलाउने, नसके नगरबाट भए पनि भोगाधिकार पुर्जा वितरण गर्ने बताएका थिए । सोही अनुसार नगर प्रमुख लामाले नगरस्तरीय भुमी आयोग पनि गठन गरेका छन् । यसैबिच नगर प्रमुख लामाको निर्देशनमा भुमी सेवा केन्द्र चौदण्डीगढीले नगरको १० बटै वडामा रहेको ऐलानी जग्गाको नापजाँच गर्ने प्रक्रियालाई तिव्र बनाएको छ । भुमी सेवा केन्द्र चौदण्डीगढीका प्रमुख यज्ञराज श्रेष्ठका...
९ महिनामा चौदण्डीगढी नगरपालिकाकोे पुँजीगत खर्च ३७ प्रतिशत मात्रै ।

९ महिनामा चौदण्डीगढी नगरपालिकाकोे पुँजीगत खर्च ३७ प्रतिशत मात्रै ।

मुख्य खबर, स्थानीय
  आर्थिक बर्ष शुरु भएको ९ महिनामा चौदण्डीगढी नगरपालिकाले पुँजीगत खर्च ३७ प्रतिशत मात्र गरेको छ । आर्थिक वर्ष सकिन ३ महिना मात्र बाँकी रहँदा नगरपालिकाले पुँजीगत बजेट ३७.०६ प्रतिशत खर्च गरेको लेखा शाखा प्रमुख महेश रानामगरले जानकारी दिएका छन् । नगरपालिकाले चालुवर्षका लागि विनियोजन गरेको पुँजीगत बजेट २२ करोड ३२ लाख ३५ हजार २ सय ६४ रुपैँयामध्ये ८ करोड २७ लाख ३१ हजार ७ सय ९४ रुपैँया खर्च गरेको लेखा प्रमुख मगरले बताएका छन् । चालु खर्चतर्फ भने नगरपालिकाले ६४.१८ प्रतिशत खर्च गरिसकेको छ । आर्थिक बर्ष २०८१/८२ का लागि नगरपालिकाले चालु खर्चका लागि विनयोजन गरेको ५८ करोड ६० लाख ४ हजार ३ सय ९६ रुपैँयामध्ये चैत मसान्तसम्म ३७ करोड ६१ लाख १४ हजार ९५ रुपैँया खर्च भएको मगरले जानकारी दिएका छन् । समग्रमा चालु आर्थिक बर्षको ९ महिनामा ४५ करोड ८८ लाख ४५ हजार ८ सय ९० अर्थात ५६.७ प्रतिशत खर्च भएको मगरको भ...
चौदण्डीगढीमा पहिलो पटक वजेट निमार्णका लागि टोल विकास संस्थासंग छलफल ।

चौदण्डीगढीमा पहिलो पटक वजेट निमार्णका लागि टोल विकास संस्थासंग छलफल ।

मुख्य खबर, स्थानीय
  उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को बजेट निमार्णका लागि सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेको छ । सुझाव संकलन कार्य नगरको १० बटै वडामा रहेका टोल विकास संस्थाहरुबाट शुरु गरिएको छ । वडा कार्यालयहरुसंगको समवन्यमा नगरपालिकाले टोल विकास संस्था, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनीधिसंग स्थानीय आबश्यक्ताको पहिचान गरी योजना छनौट गर्न पहिलो पटक यस प्रकारको कार्य गरिएको नगरपालिका श्रोतले बताएको छ । नगरमा रहेको २०६ वटै टोल विकास संस्थाका प्रतिनीधि र स्थानीय सरोकारवालाहरुसंग छलफल गर्न नगरपालिकाले सम्बन्धित वडा कार्यालयमा बैठक बसी कार्यक्रम गरिरहेको छ। हलसम्म २,३,४,५,६,७ र १० नम्बर वडा कार्यालयमा सुझाव संकलन कार्य सम्पन्न भैसकेको छ भने बाँकी वडाहरुमा पनि कार्यक्रम आयोजना गर्ने नगरपालिकाले जनाएको छ । टोलसम्म नै विकास निमार्णका कार्यलाई लैजान तल्लो तहमै पुगेर आबश्य...
चौदण्डीगढीमा कक्षा ८ को नतिजामा सामुदायिक बिद्यालयका बिद्यार्थी प्रथम ।

चौदण्डीगढीमा कक्षा ८ को नतिजामा सामुदायिक बिद्यालयका बिद्यार्थी प्रथम ।

लाइभ खबर, स्थानीय
७ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकाको कक्षा ८ का नतिजामा सामुदायिक बिद्यालयका बिद्यार्थी प्रथम भएका छन् । युवा तथा नगर शिक्षा शाखा चौदण्डीगढीले आज प्रकाशित गरेको कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजामा बेल्टार बजारस्थित सामुदायिक बिद्यालय ज्योती मावी का एन्जल मिश्रले संस्थागत बोडिङ्ग स्कुलका बिद्यार्थीलाई पछि पार्दै प्रथम भएका हुन् । मिश्रले ३.९७ जिपिए ल्याएर प्रथम भएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत सुरज कुमार कार्कीले जानकारी दिएका छन् । संस्थागत बोडिङ्ग स्कुलतर्फ भने पुमा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टारकी अभिलाशा गेलाल प्रथम भएको छिन् । गेलालले ३.९४ अंक प्राप्त छिन् । शिक्षा अधिकृत कार्कीका अनुसार एन्जल मिश्र प्रथम, अभिलाशा गेलाल दोश्रो, त्यस्तै ज्योती मावी कै दीक्षा देव ३.९२ अंक ल्याएर तृतीय भएकी छिन् । नगर शिक्षा शाखाले आज प्रकाशित गरेको नतिजा अन...
चौदण्डीगढी नगरपालिकाका १० जनाले प्राप्त गरे निःशुल्क व्हीलचियर ।

चौदण्डीगढी नगरपालिकाका १० जनाले प्राप्त गरे निःशुल्क व्हीलचियर ।

मुख्य खबर, स्थानीय
५ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…   जेनी एण्ड फ्रेन्डस् अमेरिका, सुन्दर ढोका साथी सेवा ललितपुर, करुणा फाउण्डेशन र स्पाईनल ईन्जुरी संघ कोशी प्रदेशको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका १० जनाले निःशुल्क व्हीलचियर प्राप्त गरेका छन् । शिवाईका हिमाल मगर, अमिनीखर्कका हिरा खड्का, सिवार्नीका जर्नल माझी, लाफा चौक बेल्टारका रुद्र मगर, आदर्श चौक बेल्टारका मिलन तामाङ्ग, यस्तै गंगटेका दिल बहादुर कार्की, कुसुमटारकी अनुस्का राई, सिर्वानीकी देवमाया खत्री, घप्पडका बलराम राई र सिवाईकी अम्बिका विष्टले निःशुल्क व्हीलचियर प्राप्त गरेको चौदण्डीगढी नगर महिला तथा बालविकास शाखाकी प्रमुख ऐन्जिला ढकालले जानकारी दिएकी छिन् । नगरपालिकाको सहयोगमा लाभग्राहीहरुलाई हिजो सुनसरीको ईटहरीमा रहेको पुर्वाञ्चल अपाङ्ग र असहाय सेवा केन्द्र पठाइएको थियो । उनीहरुको शारिरिक आबश्यक्ता अनुसारको व्हीलचियर निमार्ण गरी ...
शिक्षक महासंघ चौदण्डीगढीद्वारा शैक्षिक आन्दोलनमा सहयोग गर्न मेयर लामालाई ज्ञापनपत्र हस्तान्तरण ।

शिक्षक महासंघ चौदण्डीगढीद्वारा शैक्षिक आन्दोलनमा सहयोग गर्न मेयर लामालाई ज्ञापनपत्र हस्तान्तरण ।

लाइभ खबर, स्थानीय
३ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…  नेपाल शिक्षक महासंघ चौदण्डीगढीका अध्यक्ष रित बहादुर मगरको नेतृत्वमा आएको शिक्षकहरुको प्रतिनीधिहरुले आज नगर प्रमुख कालुमान लामालाई भेटेर शैक्षिक आन्दोलनलाई सहयोग गर्न ज्ञापन पत्र बुझाएको छ । सम्पुर्ण शिक्षक, कर्मचारीको पेशागत हकहित र आफ्नो माग पुरा गर्नका लागि बिद्यालय शिक्षा ऐन जारी गराउन नगरभित्रका सामुदायिक बिद्यालयहरुको शैक्षिक गतिविधी ठप्प पारी काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन जानु परेकोले सहयोग गर्न आग्रह गरेको हो । यसैबिच नेपाल शिक्षक महासंघ उदयपुरले काठमाडौं केन्द्रीत शैक्षिक आन्दोलनका लागि आर्थिक सहयोगका लागि जिल्लाको ८ बटै पालिकाका शिक्षक संघ संगठनलाई सर्कुलर गर्दै अनुरोध गरेको छ । नेपाल शिक्षक महासंग उदयपुर जिल्ला कार्य समितिका अध्यक्ष सुवास विष्ट र सचिव काशिराज कार्कीले सर्कुलर पठाउदै शैक्षिक आन्दोलन सफल पार्न सम्पुर्ण शिक्षक कर्मच...
उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

उदयपुरको ब्रदरहुड एफसी वेलका पॉचौ सन्दकपुर गोल्डकपको उपाधि विजेता ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार… इलामको सन्दकपुरमा सम्पन्न पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले हात पारेको छ । हिजो सम्पन्न फाइनल खेलमा बुट्टाबारी युनाईटेड फुटबल क्लब झापालाई पेनाल्टि सुट आउटमा २–० ले पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको छ । निर्धारित समयको एक एक गोलको बराबरी भएपछि खेलको नतिजाा पेनाल्टि सुट आउटबाट निर्धारण गरिएको थियो । जसमा ब्रदरहुडले २–० ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधी चुमेको हो । त्यसअघि भएको खेलको ७८औँ मिनेटमा ब्रदरहुडका आकास राईले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दबाबमा रहेको बुट्टाबारीको तर्फबाट अतिरिक्त समयको अन्तिम मिनेटमा विशाल क्षेत्रीले फ्रिकिक मार्फत गोल गर्दै खेललाइ बराबरीको स्थितिमा पुर्याएका थिए । त्यसपछि भने खेलमा थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निर्धारण गरिएको थियो । उपाधि विजेता ब्रदरहुडले २ लाख ५...
साङ्गितिक कार्यक्रमका साथ बेल्टारमा नयाँ बर्ष २०८२ को स्वागत ।

साङ्गितिक कार्यक्रमका साथ बेल्टारमा नयाँ बर्ष २०८२ को स्वागत ।

लाइभ खबर, स्थानीय
२ बैशाख २०८२ , सन्तोष कुमार रौनियार…   उदयपुरको बेल्टार बजारका युवाहरुले नयाँ बर्ष २०८२ को स्वागत साङ्गितिक कार्यक्रमका साथ गरेका छन् । नयाँ बर्षको पहिलो दिन बैशाख १ गते हिजो बेल्टार बजारस्थित लाफा चौक चतरा लाईनका युवाहरुले मेला महोत्सव बाहेक सम्भवत पहिलो पटक भव्यरुपमा साङ्गितिक कार्यक्रमको आयोजना गरी नयाँ बर्षलाई स्वागत गरेका हुन् । लाफा चौक चतरा लाईन युवा समुहको आयोजनामा भएको कार्यक्रममा स्थानीय गायक, गायिका तथा संगीतकार र नृत्यकारले ठुलो स्टेजमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा चौदण्डीगढी नगर गानका गायक शशीचन्द्र राई , भोइस अफ नेपालका सहभागी दिपक गजमेर, उदयपुर आईडल सन्जिना राई , भोईस अफ किड्सकी सहभागी एलजिना राई, बियानो म्युजिक एकेडेमीका कलाकार तथा उदयपुर डान्स स्टुडियोका कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । स्थानीय स्तरका कलाकार , गायक, गायिका मात...
चौदण्डीगढीमा  एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास ।

चौदण्डीगढीमा एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास ।

लाइभ खबर, स्थानीय
२९ चैत्र २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज एकै दिन दुईवटा बाटोको कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । नगर प्रमुख कालुमान लामाले वडा नम्बर ६ र वडा नम्बर ५ मा हुने बाटो कालोपत्रे कार्यको आज छुट्टाछुट्टै शिलान्यास गरेका छन् । नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको घरदेखी पुर्व कालिका माध्यमिक बिद्यालय जाने बाटो र वडा नम्बर ५ स्थित मावि सिवाईदेखी साना किसान सहकारीसम्म हुने सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन् । दुबै सडक निमार्ण कार्यको जिम्मा चौदण्डीगढी कन्सट्रक्शन बसहाले पाएको छ भने दुवै सडक आगामी जेठ २५ गतेसम्म कालोपत्रे भैसक्नेगरी सम्झौता भएको नगर पुर्वाधार तथा योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राईले जानकारी दिएका छन् । चौदण्डीगढी कन्सट्रक्शन बसहाले वडा नम्बर ६ को सिवार्नीस्थित लक्ष्मी थापाको ...