बसहामाअन्तर बिद्यालय अन्डर 13  फुटवल प्रतियोगिता शुरु।

चौदण्डीगढी नगरपालिकाको बसहामा आज बुधवारदेखी १३ बर्षमुनीको बालबालिका सम्मिलित अन्तर बिद्यालय अन्डर 13  फुटवल प्रतियोगिता शुरु भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा अखिल नेपाल फुटवल संघ (एन्फा) को प्राविधिक सहयोगमा एन्फा ग्रासरुट कार्यक्रम अन्तर्गत बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा शुरु भएको प्रतियोगिताको एक समारोहविच एन्फाका महासचिव किरण राईले उद्घाटन गरेका छन् । नगरस्त्तरीय फुटवल टिमको निमार्ण गर्ने उदेश्यले दि गोर्खाज फुटवल एकेडेमी बसहाको आयोजनामा शुरु भएको प्रतियोगितालाई उद्घाटन गर्दै महासचिव राईले साना नानीबाबुहरुलाई विद्यालय तहमै फुटवलको आधारभुत नियमहरुको जानकारी दिन, फुटवलप्रति बालबालिकाहरुको लगाव बढाउन, टिम भावनाको विकास गर्न तथा अनुशासित समाज निमार्णका लागि यस किसिमको प्रतियोगिताले सघाउ पुर्याउने बताएका छन् । उनले एन्फाले पनि गाँउगाँउमै पुगेर ग्रासरुट कार्यक्रम संचालन गरेको जानकारी दिएका छन् । प्रतियोगितामा चौदण्डीगढी नगरपालिकामा संचालित १६ वटा बिद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा ब्राईट फ्युचर बोडिङ्ग स्कुलले मदर बेलेस्ङ्गि बोडिङ्ग स्कुललाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । आजदेखी शुरु भएको प्रतियोगिताको क्बाटर फाईनलका खेलहरु मंसिर १४, १५ र १६, त्यस्तै सेमिफाईनलका खेलहरु मंसिर १६ र १७ गते तथा फाईनल खेल मंसिर १८ गते हुने आयोजकले जानकारी दिएको छ ।