चौदण्डीगढी नगरपालिकाको बेल्टारमा शुरु भएको अन्तर विद्यालय स्तरीय ह्याण्डबल प्रतियोगितामा ५ वटा बिद्यालयको सहभागीता रहेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आज शनिवारदेखी शुरु भएको प्रतियोगितामा चौदण्डीगढी र त्रियुगा नगरपालिकाका ५ वटा बिद्यालयको सहभागिता रहेको छ ।

चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग र चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा जिल्ला ह्याण्डबल संघ उदयपुरको समन्वयमा बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा शुरु भएको प्रतियोगिताको नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकाविच उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउँदै अनुशासन, सहकार्य र स्वस्थ्य जीवनशैलीको प्रवद्र्धन गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
नगर खेलकुद विकास समिति चौदण्डीगढीका सचिव भाष्कर चौधरीका अनुसार प्रतियोगितामा भुपु सैनिक बोडिङ्ग स्कुल बेल्टार, पुमा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टार, ज्योति माबि बेल्टार , नारद आदर्श मावी बसाहा र त्रियुगा मावी गाईघाट गरी ५ वटा बिद्यालयका छात्र र छात्रा गरी ८ वटा टिमको सहभागिता रहेको छ । छात्रतर्फ ५ वटा र छात्रातर्फ ३ वटा टिमको सहभागिता रहेको चौधरीले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने चौधरीले बताउनु भएको छ । बिद्यागततर्फ उत्कृष्ट गोलकिपर र उदयमान खेलाडीलाई नगद एक–एक हजार रुपैयाँसहित मेडल र ट्रफी उपलब्ध गराईने बहाँले जानकारी दिनुभएको छ ।
बैशाख १९ गते शनिवारदेखी शुरु भएको प्रतियोगिता बैशाख २० गते आईतबार सम्पन्न हुने बताइएको छ ।
