झुलुङ्गे पुलको काम भाड्न खोजेको भन्दै कोशी प्रदेश सांसद राजन किराँती आक्रोशित ।

झुलुङ्गे पुलको काम भाड्न खोजेको भन्दै कोशी प्रदेश सांसद राजन किराँती आक्रोशित भएका छन् । उदयपुर क्षेत्र नम्बर १(१) बाट निर्वाचित माओवादी केन्द्रका सांसद किराँतीले आफ्नो पहलमा वडा नम्बर ५ त्रियुगा नदीस्थित बेल्हा र सिवाई जोड्न भत्किएको पुलमाथी जडान गर्नेगरी झुलुङ्गे पुल निमार्णको कार्य अघि बढेको तर केही ब्यक्तिहरुले सो काममा अबरोध गर्न खोजेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । सामाजिक संजाल फेसबुकमा आज बुधवार स्टाटस लेख्दै सांसद किराँतीले ““हाम्रो समाजका केही भडुवाहरुलाई बेलैमा चिनौ यस्तै भडुवाहरुले त्रियुगा सिबाईको भत्तकेको पुलमा आवत जावत सहज बनाउन हामिले ६० लाख बजेट प्रदेस सरकार बाट बिनियोज गरेका हौ। र सम्बन्धित अड्डा बाट सम्पुर्ण प्रकृया पूरा गरि काम को थालनि गर्न खोज्दा बाधा अबरोध गर्न खोजियको कुरा सुनियको छ। सबै बिकास प्रेमि जनसमुदायलाई सचेत हुन अपिल गर्द छु र त्यस्ता तत्वहरुलई जनस्तर बाटै ठेगान लगाउन अनुरोध गर्दछु। ””लेखेका छन् ।
गत मंसिर ४ गते सांसद किराँतीले पुर्वाधार विकास कार्यालय उदयपुर गाईघाटलाई पत्राचार गर्दै यस क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाई भएकाले भत्किएको सडकपुलमाथी झुलुङ्गे पुल निमार्ण कार्यत्रका लागि प्रदेश सरकारबाट बजेट छुट्टयाएको हुँदा झुलुङ्गे पुल निमार्ण कार्य अगाडी बढाउदा कुनै समस्या वा अबरोध भएका आफु समेत जवाफदेही हुने बताएका थिए ।
४ बर्ष अघि त्रियुगा नदीमा आएको सामान्य बाढीले उद्घाटनको तयारीमा रहेको मोटेरेवल पक्की पुलको दक्षिणपटीको ३ वटा स्लाब र एउटा पिलर भत्काएको थियो । झण्डै १०० मिटरको भाग भत्किएको सो भागलाई जोड्न प्रदेश सांसद किराँतीले कोशप् प्रदेश सरकारबाट ६० लाख रुपैयाँ बजेट छुट्टयाउन सफल भएका थिए । सोही रकमले अहिले पुलमाथी मान्छे र मोटरसाईकल आवतजावत गर्न मिल्ने गरी झुलुङ्गे पुल निमार्णको कार्य अगाडी बढेको छ । जसमा चौदण्डीगढी नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।