झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ ।

यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बेल्टारमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल, टेम्पो र टेम्पो चालक बेलका नगरपालिका वडा नम्बर ५ का बर्ष ३३ का दर्शन कार्की प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।