सिवार्नीमा संचालन भएकोे प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी वडा न्मबर ७ लाई ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सिवार्नीमा संचालन भएकोे प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी वडा न्मबर ७ ले जितेको छ । सिवार्नीस्थित कालिका मावीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ७ ले आयोजक वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । प्रतिस्पर्धात्मक रहेको खेलमा पहिलो हापमा ३–० ले पछि परेको वडा नम्बर ६ ले दोश्रो हापमा २ गोल फर्काए पनि हार टार्न सकेन । खेलको २० औ मिनेटमा वडा नम्बर ७ का विश्वास राईले गोलरक्षक अगाडी बढेको मौकाको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस लगतै वडा नम्बर ७ ले प्ेनाल्टी पाएको थियो । खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीमा जर्सी नम्बर ९ का अनिश राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको पहिलो हापको ईन्जुरी समयको पहिलो मिनेटमा फेरी अनिश राईले नै ब्यक्तिगत दोश्रो गोल गर्दै पहिलो हापमा वडा नम्बर ७ लाई ३–० को बढ्त दिलाएका थ...

