डान्स च्याम्पियन उदयपुरको फाईलन आगामी आषाढ २ गते शनिवार बेलटारमा हुने ।

कुशल र प्रतिभाशाली नृत्यांगनाको खोजी गर्ने रियालिटी कार्यक्रम डान्स च्याम्पियन उदयपुर आफ्नो अन्तिम चरणमा पुगेको छ । उदयपुर मिडिया हवको आयोजनामा गत फागुन १ गतेबाट शुरु भएको कार्यक्रमको फाईलन प्रतियोगिता आगामी आषाढ२ गते शनिवार बेल्टार बजारस्थित सिटी हलमा हुने आयोजकले जानकारी दिएको छ । उदयपुर मै पहिलो पटक नृत्यको माध्यमबाट नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्यले संचालन भएको कार्यक्रममा उदयपुरका बेल्टार, रामपुर, गाईघाट, मुर्कुची, नेपालटार, कटारी लगायतको स्थानमा छनौट प्रतियोगिताको संचालन गरी झण्डै १०० जना बालबालिकाहरुलाई बिभिन्न चरणमा बिज्ञ प्रशिक्षकबाट ट्रेनिङ्ग र गुम्रिङ्गका प्रशिक्षणहरु दिएको आयोजकले बताएको छ ।

अहिले अन्तिम चरणको भोटिङ्ग भैरहेको छ भने अन्तिम चरणमा गाईघाटकी सुस्मा दाहाल, सुविना बस्नेत, श्रद्धा अधिकारी, रिजोल राई, करिना तामाङ्ग र गरिमा तामाङ्ग त्यस्तै बेलका रामपुरकी रस्मिना राई र आरती राई तथा चौदण्डीगढी बेल्टारकी पुजा खत्री र प्रमिता राई गरी १० जना अन्तिम प्रतिस्पर्धामा रहेका छन् । सहभागीहरुलागि ग्लोवल अनलाईन पे मार्फत भोटिङ्ग गर्न सकिने जनाईको छ ।

कार्यक्रम सम्पन्न गर्न करिव १० लाख रुपैयाँ खर्च लाग्ने आकलन गरेको आयोजक उदयपुर मिडिया हवका संचालक प्रेमजंग किरातीले जानकारी दिएका छन् । उनले स्थानीयस्तरमा रहेका भाईबहिनीहरुको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउदै कुशल ब्यक्तीत्व बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको जनाउर्दै यो कार्यक्रम कलाको खोजी र कलाकारको सम्मान गर्ने प्लेटफर्म बन्ने बताएका छन् । डान्स च्यम्पियन उदयपुरका विजेताले नगद ५० हजार नगद ,ट्रफी प्रमाण पत्र म्युजिक भिडियोमा अभियनको अबसर, फस्ट रनरपले २५ हजार नगद ट्रफी र प्रमाण पत्र , त्यस्तै सेकेन्ड रनरपले १० हजार नगद, ट्रफी र प्रमाण पत्र तथा थर्ड रनरपले ५ हजार नगद ट्रफी र प्रमाण पत्र पाउने आयोजकले बनाएको छ ।