चौदण्डगढी नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०/८१ मा साना सिचाईं योजना अन्तर्गत ८ वटा सिचाईका लागि नयाँ पक्की कुलो निमार्ण हुने भएको छ । स्वीजरल्याण्ड सरकारको ३० प्रतिशत, नेपाल सरकारको २० प्रतिशत र प्रदेश सरकारको २० प्रतिशत नगद अनुदान तथा स्थानीय सरकारको २० प्रतिशत र उपभोक्ता समितिको १० प्रतिशत लगानीमा चौदण्डगढी नगरपालिकामा निमार्ण हुने नयाँ योजनाका लागि स्वीजरल्याण्ड सरकार र नेपाल सरकारले यस आर्थिक बर्षमा १ करोड ९५ लाख ७२ हजार रुपैयाँ विनयोजन गरेको छ । त्यस्तै क्रमागत अन्तर्गत वडा नम्बर २ को चालिसे सिचाईं योजना गंगटेका लागि ६ लाख २८ हजार रुपैयाँ विनयोजन गरिएको छ । चौदण्डगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ मा नगरको १० वटै वडाको ३७ वटा कुलो र सिचाईंका योजनाहरु छनौटगरी पठाएकोमा ८ वटा मात्र योजनाहरु फिजिवल भएको जनाउदै स्वीकृत भएको थियो ।
नगरपालिकामा आगामी आर्थिक बर्ष २०८०/८१ मा साना सिचार्इं योजना अन्तर्गत वडा नम्बर ४ को एघारेघरे सिचाई योजनाका लागि नेपाल सरकारबाट ५ लाख ६३ हजार र स्वीजरल्याण्ड सरकारबाट ८ लाख ४४ हजार गरी १४ लाख ७ हजार, त्यस्तै वडा नम्बर ७ को माटेखाडी सिचाईं तथा कुलो योजनाका लागि नेपाल सरकारबाट ९ लाख १९ हजार र स्वीजरल्याण्ड सरकारबाट १३ लाख ७८ हजार गरी २२ ला ९७ हजार रुपैयाँ, वडा नम्बर ६ को केचुवा कालीपोखरी सिचार्इं योजनाको लागि नेपाल सरकारबाट १२ लाख ३१ ह्जार र स्वीजरल्याण्ड सरकारबाट १८ लाख ४६ हजार गरी ३० लाख ३३ हजार रुपैयाँ त्यस्तै वडा नम्बर ९ को भालुवा दोभान साना सिचार्इं योजनाको लागि स्वीजरल्याण्ड सरकारबाट ९ लाख ४७ ह्जार र नेपाल सरकारबाट ६ लाख ३१ ह्जार रुपैयाँ गरी १५ लाख ७७ हजार रुपैयाँ , वडा नम्बर २ को लामाखोला भिमसेन डाँडा सिचाईं योजनाका लागि स्वीजरल्याण्ड सरकारबाट २२ लाख २१ ह्जार र नेपाल सरकारबाट १५ लाख २५ हजार गरी ३७ लाख ४६ हजार रुपैयाँ त्यस्तै वडा नम्बर ३ को कुसुमचौरी वेलबोट सिचाईं योजनाकालागि स्वीजरल्याण्ड सरकारबाट २० लाख ९ ह्जार र नेपाल सरकारबाट १३ लाख ४० हजार गरी ३३ लाख ४९ हजार रुपैयाँ, वडा नम्बर ५ को खुरखुरे साना सिचाईं योजनाका लागि नेपाल सरकारबाट ९ लाख ९९ ह्जार र स्वीजरल्याण्ड सरकारबाट १४ लाख ९८ हजार गरी २४ लाख ९७ हजार रुपैयाँ र वडा नम्बर ५ कै आईतवारे खोला सिचाईं योजनाका लागि स्वीजरल्याण्ड सरकारबाट ९ लाख ८० ह्जार र नेपाल सरकारबाट ६ लाख ४१ हजार गरी १६ लाख २१ ह्जार रुपैयाँको सिचाईं योजना निमार्ण हुने भएको छ ।
यस बर्ष साना सिचाईं योजना अनतर्गत निमार्ण हुने योजनाहरुमा नेपाल सरकार र स्वजरल्याण्ड सरकारले २ करोड २ लाख रुपैयाँ लगानी गर्ने छ भने प्रदेश सरकार, स्थानीय सरकार र उपभोक्ता समितिको पनि २ करोड २ लाखगरी ४ करोड ४ लाख रुपैयाँ बराबरको निमार्ण कार्य हुने भएको छ ।
