अन्तर विद्यालय स्तरीय ह्याण्डबल प्रतियोगितामा ५ वटा बिद्यालयको सहभागीता ।
चौदण्डीगढी नगरपालिकाको बेल्टारमा शुरु भएको अन्तर विद्यालय स्तरीय ह्याण्डबल प्रतियोगितामा ५ वटा बिद्यालयको सहभागीता रहेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आज शनिवारदेखी शुरु भएको प्रतियोगितामा चौदण्डीगढी र त्रियुगा नगरपालिकाका ५ वटा बिद्यालयको सहभागिता रहेको छ ।
चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग र चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा जिल्ला ह्याण्डबल संघ उदयपुरको समन्वयमा बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा शुरु भएको प्रतियोगिताको नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकाविच उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउँदै अनुशासन, सहकार्य र स्वस्थ्य जीवनशैलीको प्रवद्र्धन गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
नगर खेलकुद विकास समिति चौदण्डीगढीका ...









