चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ मा सभाहलसहितको वडा कार्यालय भवनको उद्घाटन ।
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ मा सभाहलसहितको वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । ज्यामिरेस्थित नवनिर्मित सभाहलसहितको भवनको नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमका बिच आज शुक्रबार उद्घाटन गर्नुभएको हो । बि.स. २०७६ सालमै पहिलो तल्लाको निर्माण सम्पन्न भै प्रशासनिक कार्य संचालन भैरहेको भएता पनि चालू आर्थिक बर्षमा १२ लाख रुपैयाँको लागतमा दोश्रो तल्लामा सभाहलसहितको संरचना निर्माण गरिएको वडा अध्यक्ष प्रकाश राउत जानकारी दिनुभएको छ । वडा कार्यालयबाट प्रशासनिक कार्य भैरहेपनी वडा कार्यालय भवनको उद्घाटन भने विविध कारणले नभएको वडा अध्यक्ष राउतले स्पष्ट पार्नु भएको छ ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आफू नेतृत्वको सरकारले नगरबासीको शिर उच्च राख्नेगरी काम गरेको दाबी गर्नुभएको थियो । उनले नगरपालिकाले नगरबासीको सम्पतिको संरक्षण गर्ने बताउने सुकुम्बासीको घर भत्काउन नद...









