चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ लुङिन्टारस्थित जनता माध्यमिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निबर्तमान अध्यक्ष सागर थापा मगर दोहरिएका छन् । बिद्यालय प्रारङमा नगर प्रमुख कालुमान लामाको उपस्थितिमा आज मंगलबार बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठनका लागि भएको आम भेलाले मगरलाई दोश्रो कार्यकालको लागि सर्वसम्मत चयन गरेको हो । आमभेलाले अध्यक्षमा सागर थापा मगर , सदस्यहरुमा ज्ञानु राई , पुष्पा राई, रन्जना राईलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा शिक्षाप्रेमीबाट दुर्गा बस्नेत , जग्गादाताबाट हिरादेवी मगर र शिक्षक प्रतिनिधिबाट खगेन्द्र कुमार मगर चयन भएका छन । पदेन सदस्यमा वडा अध्यक्ष रहने प्राबधान अनुसार वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर र सदस्य सचिवमा प्रधानाध्यापक रहने प्राबधान अनुसार प्र अ पदम तामाङ रहेका छन् ।
यस्तै आजको आमभेलाले शिक्षक अभिभावक समिति पनि गठन गरेको छ । नव निर्वाचित शिक्षक अभिभावक समितिमा अर्जुन कुमार कामी र सदस्यहरुमा क्रमशः लोक बहादुर राई, मिकल राई , कबिता राई , रोष्णा राई, कृष्णा बिक, डोल्मा शेर्पा, मिरा मगर , बिमला मगर, हिरादेवी राई र राजेश बस्नेत चयन भएका छन् ।

आमभेलालाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले बिद्यालयको आधारभुत आबस्यक्ताहरु पुरा भएको जिकिर गर्दै बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकाश गर्नुपर्ने बताएका थिए । उनले यस बिद्यालयमा अध्यनरत छात्रछात्राहरु जुनसुकै ठाउँमा गएपनि क्षमतावान हुनुपर्ने र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने धारणा राखेका थिए । नगर प्रमुख लामाले नगरपालिकाले वडा नम्बर ८ को बिकाश निर्माणका कार्यमा बिशेष चासो दिदै आएको उल्लेख गर्दै बाटोको ट्रयाक खोल्ने , सडक स्तरोन्नति गर्ने, खानेपानीको समस्या समाधान गर्ने देखी शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो देखिनेगरी काम गरेको दावी गरेका थिए ।
वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतले पनि सर्वसम्मत रुपमा समिति गठन गर्न सफल भएकोमा बधाई दिदै जनता माबि लुङिन्टारलाई नगर कै उत्कृष्ट बिधालयको रुपमा स्थापित गराउन सफल भएकोमा प्र अ लगायत बिधालयका शिक्षक अभिभावकको प्रशन्सा गरेका थिए ।

एता आजै वडा नम्बर ८ सावाँस्थित सरस्वती माबि मा पनि बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठन भएको छ । बिद्यालयमा आज भएको आम भेलाले बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा यम्बर बहादुर मगर, सदस्यहरुमा मान बहादुर मगर, मणिका मगर तामाङ , कमला मगर, पर्मिला क्षेत्री, सुमित्रा राई, शिक्षक सदस्य नर बहादुर थापा, पदेन सदस्य वडा अध्यक्ष भगनाथ मगर र सदस्य सचिबमा प्र अ रिक्त कुमारी मगर चयन भएका छन् । त्यस्तै भेलाले शिक्षक अभिभावक समितिको अध्यक्षमा देव बहादुर मगर, सदस्यहरूमा युवराज बस्नेत, निर्मला मगर, टिका कुमारी मगर, हिरानन्द राई , अम्बिका राई , गङीमाया मगर , सरिता मगर र शिक्षक प्रतिनिधिमा मीत्र बहादुर मगरलाई चयन गरेको छ ।
