२० लाख रुपैयाँले विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनले पुर्णता पाउदै ।

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ विरेन्द्र बजारस्थित महिला समुहको अपुरो भवनको काम सम्पन्न हुने भएको छ । वजेट अभावले पुरा हुननसकेको भवनको काम पुरा हुने भएको हो । चौदण्डीगढी नगरपालिकाको सिफारिसमा कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट सुनिश्चित गरिदिएपछि भवनले पुर्णता पाउने भएको हो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज सो अपुरो भवन पुर्णताको सिलान्यास गर्नुभएको छ । नगर प्रमुख लामा वडा नम्बर ८ का महिला दिदीबहिनीहरूको आवश्यकता र सक्रियतालाई मध्यनजर गर्दै भवनलाई पूर्णता दिन नगरपालिकाले प्राथमिकताका साथ पहल गरेको बताउनु भएको छ । उहाँले भवन निर्माण सम्पन्न भएपछि आवश्यक फर्निचर सामग्री तथा अन्य पूर्वाधारका विषयमा स्थानीय महिला समूहले माग पेश गरे नगरपालिकाले सहयोग गर्न तयार रहेको पनि आश्वासन दिनुभएको छ ।


वडा अध्यक्ष भगनाथ मगरका अनुसार हाल सञ्चालनमा रहेको महिला भवन सानो र आवश्यकताअनुसार अपर्याप्त भएकाले प्रदेश सरकारसँग थप बजेट माग गरी भवन विस्तारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ । सोही बजेटबाट एक कोठा थप गर्ने र माथिल्लो भागमा ट्रस्ट राखेर व्यवस्थित सभाहल निर्माण गर्ने योजना रहेको अध्यक्ष मगरले बताउनुभएको छ ।
भवनले पूर्णता पाएपछि स्थानीय महिलाहरूका लागि बैठक, तालिम, सचेतनामूलक कार्यक्रम तथा सामुदायिक गतिविधि सञ्चालन गर्न ुहज हुने र यसले बिरेन्द्रबजार क्षेत्रको महिला सशक्तीकरण अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।