बेल्टार बजारमा भएको आगलागीबाट पीडित परिवारलाई थप राहत सामग्री प्रदान ।

गत हप्ता चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा भएको आगलागीबाट पीडित भएका परिवारलाई थप राहत सामग्री प्रदान गरिएको छ । नेपाल भारत मैत्री संघले आज पीडित परिवारको घर मै पुगेर राहत सामाग्री प्रदान गरेको हो ।
संघका केन्द्रिय सदस्य तथा ज्योति जनता बहुमुखी क्याम्पस बेल्टारका क्याम्पस प्रमुख मनोज कुमार झाका अनुसार आगलागीबाट पीडित परिवारलाई ३० हजार रुपैयाँ बराबरको खाद्यान्न , कपडा र बाल्टी, आरी लगायतको राहत सामाग्री प्रदान गरिएको छ ।
राहत सामाग्री संघका केन्द्रिय सदस्य झा, वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष वलराम मगर, नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति शम्भु पौडेल , समाजसेवी मविराज राई, प्रीया राई, कौशिला राई, शिक्षक भरत झा लगायतको उपस्थितिम बितरण गरिएको थियो ।


पीडित परिवारलाई यस अघि नौ चौदण्डीगढी नगरपालिका , कोशी प्रदेश सरकार र स्थानीय ब्यापारी व्यावसायीले राहत सामाग्री उपलब्ध गराईसकेको छ ।
ईलाका प्रहरी कार्यालय बेल्टारका अनुसार गत हप्ताको मंगलबार बिहान करिव ३ बजे स्थानीय पदम खड्काको घरबाट शुरु भएको आगलागीमा परेर छिमेकी रबिन दासको घर समेत जलेर पुर्णरुपले नष्ट भएको थियो भनेर आगलागीमा ७० बर्षीय लक्ष्मी नारायण खड्का र उनका नाति ३० बर्षीय पवन खड्काको जलेर मृत्यु भएको थियो । आगलागीबाट करिब ६३ लाख रुपैयाँ बराबरको क्षती भएको थियो ।