ज्योती जनता बहुमुखी क्याम्पसमा बेल्टारमा ब्यबस्थित क्यान्टिन भवनको शिलान्यास ।
उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारस्थित सातधारेमा रहेको ज्योती जनता बहुमुखी क्याम्पसमा ब्यबस्थित क्यान्टिन भवन (चमेना गृह) बन्ने भएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ र चौदण्डीगढी नगरपालिकाबीच लागत साझेदारीमा निमार्ण हुने क्यान्टिन भवनको नगर प्रमुख कालुमान लामा र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ का गभर्नर केशर बहादुर भण्डारीले संयुक्तरुपमा आज क्याम्पस परिसरमा आज शिलान्यास गरिएको गर्नुभएको छ ।
१ करोड ४१ लाख ४२ हजार १४१ रुपैयाँ मा बन्ने भवनको लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफ ले १ करोड ६ लाख ६ हजार ६०६ रुपैयाँ र चौदण्डीगढी नगरपालिकाले ३५ लाख ३५ हजार ५२५ रुपैयाँ लागत साझेदारी गर्ने सहमति छ । तर ईविडिङ्गमार्फत ठेक्का प्राप्त गरेको एस एण्ड पी इन्नोभेसन कन्ट्रक्सन प्रालि, भक्तपुरले भ्याटसहित ८२ लाख ९६ हजार ९३८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको निमार...









