चौदण्डीगढीको सुन्दरपुरमा तेस्रो उपमेयर कप कोशी प्रदेश स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दरपुरमा सम्पन्न तेस्रो उपमेयर कप कोशी प्रदेश स्त्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न ८ वटा बिद्यामा भएको प्रतियोगिता आज सोमबार सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत आज भएको कोशी प्रदेश स्त्तरीय मेन्स डवल्सको उपाधी सशस्त्र प्रहरीको टिमले जितेको छ । सुन्दरपुर ब्याडमिन्टन क्लबका विनय चौधरी र मोरङ्गका लाक्पा शेर्पाको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा सशस्त्रका भोज बहादुर गुरुङ्ग र प्रनिस सिंह ठकुरीको जोडीले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो । त्यस्तै मिक्स डवल्सको उपाधी पनि सशस्त्र प्रहरीको भोज बहादुर गुरुङ्ग र नवीना राईको जोडीले हात पारेको छ । सुन्दरपुर ब्याडमिन्टन क्लबका विनय चौधरी र उदयपुरकी रोजी राईको जोडीलाई २३–२१ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । आज नै भएको ४५ बर्षभन्दामाथीको भेट्रान्सतर्फको खेलमा भने झुम्का सुन्सरीका भजनलाल चौधरी र सुन्दरपुर ब्याडकिन्टन क्लब उदयपुरका सन्तोष कटुवालको जोडीलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित गर्दै सिंंघिया ब्याडमिन्टन क्लब सुन्सरीका श्रवण चौधरी र मोरङ्ग विराटनगरका उत्तम सिंम्खडाको जोडीले उपाधी जितेको छ भने १९ बर्षभन्दा मुनीको खेलमा कस्तुरी क्लब सुन्सरीका संगम गिरीले ताप्लेजुङ्गका अन्द्रिस लिम्बुलाई २१–१८, १३–२१ र २१–१६ को सेटमा पराजित गर्दै उपाधी जितेको छ ।


एता स्थानीयतर्फको प्रतियोगिता अन्तर्गत मिक्स डवल्समा सन्तोष बुढा र हिमाल चौधरीको जोडी प्रथम, विजय बस्नेत र युगल कटुवालको जोडी दोश्रो, अयुव मण्डल र प्रकाश सुवेदीे तथा राममोहन बस्नेत र राजेन्द्र विकको जोडी तेश्रो भएका छन् । त्यस्तै वमेन्स डबल्सतर्फ रोजी राई र दिया राईको जोडी प्रथम, निताशा रैका मगर र शिला राईको जोडी दोश्रो , स्मिता खत्री र सिमा राई तथा उपमा राई र दन्त कुमारी मगरको जोडी तेश्रो भएका छन् । सरकारी कर्मचारी सम्मिलित खेलतर्फ सुशिल तिमिल्सेना र सन्जु खत्रीको जोडी प्रथम, काजीमान राई र सनिल चौधरीको जोडी दोश्रो, गणेश विष्ट र सावन राई तथा राममोहन बस्नेत र महेश राना मगरको जोडी तेश्रो भएका छन् । त्यस्तै उदयपुर जिल्लास्त्तरीय मेन्स् डबल्सतर्फ विनय चौधरी सन्जिव कटुवालको जोडी प्रथम, सन्तोष कटुवाल र सुजल चौधरीको जोडी दोश्रो, हिमाल श्रेष्ठ र दिपेश राई तथा वलबहादुर कार्की र प्रकाश बस्नेतको जोडी तेश्रो भएका छन् ।
विजयी खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाकी उप मेयर मणिकादेवी दुलालले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरुस्कार प्रदान गरेकी थिईन् । चौदण्डीगढी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको गत हप्ता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका थिए ।