स्वास्थ्य चौकी हडियामा नागरिक आरोग्य केन्द्रको स्थापना ।

नगरबासीलाई प्राकृतिक चिकित्सा तथा आयुर्वेदिक उपचार उपलब्ध गराउन चौदण्दीगढी नगरपालिकाले नागरिक आरोग्य केन्द्रको स्थापना गरेको छ । वडा नम्बर ९ हडियास्थित स्वास्थ्य चौकी हडियाको भवनमा केन्द्रको स्थापना गरी प्रारम्भिक उपचार सेवा शुरु गरेको नगर स्थास्थ्य शाखाका उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् । नगरप्रमुख कालुमान लामाले आज एक कार्यक्रमको बिच केन्द्रको उद्घाटन गरेका छन् ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख लामाले युरोप अमेरिका लगायतका बिकशित देशहरुमा समेत आयुर्वेदिक उपचार पदतीप्रति आकर्षण बढीरहेको जिकिर गर्दै आरोग्यता जीवनपदती बन्नुपर्ने धाराणा राखेका छन ।

नगर स्वास्थ्य शाखामा उप प्रमुख हिमालय पौडेलले नगरपालिकाले आयुर्वेदिक उपचारको शुरूवात पहिलो पटक गरेको बताउदै केन्द्र संचालनमा शुरुमा कठिनाई भए पनि आगामी आर्थिक बर्षबाट केन्द्रलाई आबस्यक श्रोत उपलब्ध गराई सुबिधासम्पन्न गराउने बताएका छन । त्यस्तै उपचार केन्द्रका प्रमुख श्याम गुप्ताले केन्द्र संचालनको मुख्य उदेश्य नागरिकलाई मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने भावनालाई बोध गराउने उल्लेख गर्दै योग, ध्यान र आयुर्वेदिकको माध्यमबाट स्वस्थ्य जीवन बाच्न सकिने बताएका छन् । उनले प्रारम्भिक चरणमा पन्चकर्म सेवा, योग सेवा लगायत जण्डिस, बाथ, ग्यास्टिक, मधुमेह जस्ता रोगहरुको आयुर्वेदिक उपचार गरिने जानकारी दिएका छन् ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा नम्बर १० वडा अध्यक्ष धर्मेन्द्र खड्का , नगर स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरी लगायत स्थानीयबासीको उपस्थित रहेको थियो ।