७ औं चरणको मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आगामी पुष १७ गतेदेखी संचालन हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामिरेस्थित खेल मैदानमा आगामी पुष १७ गतेदेखी पुष २३ गतेसम्म ७ औं चरणको मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने जानकारी नगर खेलकुद विकास समितिले दिएको छ। वडा नम्बर ९ को कार्यालयमा आज विहान भएको पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले सो जानकारी दिएका हुन् । प्रतियोगितामा वडा नम्बर १ बाहेक नगरको ९ वटा वडाको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मगरले जानकारी दिएका छन् । यस्तै बेस्ट गोलकिपर, वेस्ट मिड फिल्डर, वेस्ट स्ट्राईकर लगायतका विद्यागतमा उत्कष्ट हुने खेलाडीलाई समेत पुरुस्कृत गरिने मगरले बताएका छन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी नगरस्तरीय फुटवल टिमको निमार्ण गरेर आगामी माघ महिनामा संचालन हुने नारदमुनी थुलुङ्ग स्मृती गोल्डकपमा सहभागिता गराईने अध्यक्ष मगरले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलन मै सहभागी हुने वडास्तरीय टिमका प्रतिनीधिहरुलाई सामेल गराएर गोलाप्रथा«बाट ट्राईसिट निमार्ण गरिएको थियो । जस अनुसार उद्घाटन खेल वडा नम्बर २ र वडा नम्बर ७ विच पुष १७ गते हुनेछ भने सोही दिन दोश्रो खेल वडा नम्बर ५ र वडा नम्बर ९ बीच हुनेछ । त्यस्तै पुष १८ गते वडा नम्बर ८ र वडा नम्बर र वडा नम्बर १० बीच पहिलो खेल र वडा नम्बर ६ र वडा नम्बर ४ बीच दोश्रो खेल हुनेछ । गोलाप्रथाबाट वडा नम्बर ३ ले बाई पाएको छ । वडा नम्बर ३ ले वडा नम्बर २ र वडा नम्बर ७ विचको विजेतासंग पुष १९ गते खेल्नेछ। प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाईनलका खेल पुष २० गते दोश्रो सेमीफाईनल खेल पुष २१ गते हुनेछ । त्यस्तै पुष २३ गते प्रतियोगिताको फाईनल खेल हुनेछ ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव भास्कर चौधरीका अनुसार प्रतियोगिताका खेलहरु फिफाको नियमानुसार खेलाईनेछ भने रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।
