स्थानीय महिलालाई हातपात गरी दुब्र्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान ईलाका प्रहरी कार्यालय बेल्टारबाट गएको प्रहरीको टोलीले अध्यक्ष राउतलाई पक्राउ गरेको हो । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता प्रधानलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताएका छन् । वर्षाको समयमा खोलामा टिपर र जेसिवी लगाएर गिट्टी उत्खन्न गरिरहेको समयमा स्थानीय बासिन्दासहित पुगेकी प्रधानले प्रतिकार गर्न खोज्दा वडा अध्यक्ष राउतले दुब्र्यबहार गरेको उजुरी हिजो प्रहरीमा दर्ता गराएकी थिईन् । उनले हिजो बिहान भएको उक्त घटनाको भिडियो पनि आफ्नो फेसबुक वालमा शेयर गरेकी थिईन् । यद्यपी अध्यक्ष राउतले भने आफुले दुब्र्यवहार नगरेको बताएका छन् । वडाको डुंगादेखी लालभित्ती सडक खण्डमा संघिय सरकारको बजेटमा कालेपत्रेको काम भै रहेको र कालोपत्र गर्न ठेकेदार कम्पनीले पठाएको १० चक्के ट्रक बाटोमा फसेको हुनाले सहयोग गरेको बताएका छन् । उनले बरु प्रधानले एक्कासी आई बिभिन्न अश्लिल शब्दहरु प््रयोग गरी भिडियो नगर्नुभन्दा उल्टै गाली गलौज गर्दै मोवाईलबाट भिडियो खिच्दै आएपछि चप्पल उडाई कुटपिट गर्न लाग्दा अन्य साथी र प्रहरीले समेत छुट्टयाएको बताएका छन््। अध्यक्ष राउतले पनि उल्टै प्रधानले मनपरी बोल्दै नियतबश कुटपिट गर्न खाजेकोले आफुमाथी अभद्र ब्यबहार भएको तथा आफ्नो मानहानी भएको , यसरी जनप्रतिनीधिले जनताको काम गर्दा षडयन्त्रपुर्ण तरिकाले नियतबश अरुको उक्साहटमा लागि बदनाम गरी सार्है अन्यया गरेकाले प्रधान बिरुद्ध उजरी दिएका छन् । यद्यपी राउतले दिएको उजरी प्रहरी प्रमुख प्रहरी निरिक्षक डम्बर बिश्वकर्मा बाम बिषेशले कार्यालयमा बाहिर हुँदा दर्ता भएको छैन ।

गत जेठ ३१ गते चौदण्डीगढी नगरपालिकाले अनुमति दिइएका केही स्थानहरुमा हाल बर्षातका कारण बाढी पहिरो समेत आउने प्रवल सम्भावना रहेकोले प्राकृतिक जोखिमलाई ध्यानमा राखेर संघीय सरकारको ढुंगा, टिट्टी, वालुवा बिक्री तथा ब्यबस्थापन सम्बन्धी मापदण्ड २०७७, प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन आई ईई प्रतिवेदन २०७९ र प्रचलित बाध्यात्मक कानुनी ब्यबस्था बमोजिम असार १ गतेदेखी २०८० साल भाद्र मसान्तसम्म ढुंगा, टिट्टी, वालुवाको उतखनन् संकलन कार्य रोक्ने निर्णय गरेको थियो । तर वडा अध्यक्ष राउत गिट्टी उत्खनन् गर्न ठेकेदार कम्पनीको टिपर र जेसिवी लगेर सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने स्थानीय छेडी खोलामा पुगेका थिए । त्यही समयमा सामुदायिक वन उपभोक्ता समूहको सचिव समेत रहेकी प्रधानले उत्खनन् नगर्न भन्दै भिडियो बनाएर प्रतिकार गरेपछि उनीहरुबीच विवाद भएको थियो । यसअघि पनि गत माघ महिनामा वडा अध्यक्ष राउतले आफ्नो जेसिवी प्रयोग गरी स्थानीय भीम सामुदायिक वन क्षेत्रमा पर्ने ज्यामिरे द्वारखोलाबाट गिट्टी उत्खन्न गर्दा विवादमा परेका थिए । त्यसबेला स्थानीय नेतृत्वको पहलमा घटना साम्य भएको थियो ।
