उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सिवार्नीमा संचालन भएकोे प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी वडा न्मबर ७ ले जितेको छ । सिवार्नीस्थित कालिका मावीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ७ ले आयोजक वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । प्रतिस्पर्धात्मक रहेको खेलमा पहिलो हापमा ३–० ले पछि परेको वडा नम्बर ६ ले दोश्रो हापमा २ गोल फर्काए पनि हार टार्न सकेन । खेलको २० औ मिनेटमा वडा नम्बर ७ का विश्वास राईले गोलरक्षक अगाडी बढेको मौकाको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस लगतै वडा नम्बर ७ ले प्ेनाल्टी पाएको थियो । खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीमा जर्सी नम्बर ९ का अनिश राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको पहिलो हापको ईन्जुरी समयको पहिलो मिनेटमा फेरी अनिश राईले नै ब्यक्तिगत दोश्रो गोल गर्दै पहिलो हापमा वडा नम्बर ७ लाई ३–० को बढ्त दिलाएका थिए ।

दोश्रो हापमा भने आयोजक वडा नम्बर ६ ले केही सम्हालिएर खेलेको थियो । दोश्रो हापको ३८ औं मिनेटमा वडा नम्बर ६ का तर्फबाट जर्सी नम्बर ७ का खेलाडी शरद राईले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । यस्तै खेलको दोश्रो हापको ६१ र्औ मिनेटमा वडा न्मबर ६ ले पाएको पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर ३ का विदान बरालले गोल गर्दै गोल अन्तर घटाएका थिए । तर त्यसपछि दुबै तर्फबाट थप गोल भएन र समग्रमा वडा नम्बर ७ , ३–२ गोल अन्तरले विजयी भएको छ ।
विजयी भएसंगै वडा नमबर ७ ले उपाधीसंगै नगद २५ हजार रुपैयाँ, ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता भएको आयोजक वडा नम्बर ६ ले नगद १५ हजार रुपैयाँसहित मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै हाई स्कोरर् वडा नं ७ का खेलाडी अनिश राई भएका छन् भने उत्कृष्ट खेलाडी – वडा नं ७ कै जस बा राई , उत्कृष्ट गोल रक्षक वडा नं ६ का लब्कुश मगर र उत्कृष्ट डिफेन्डर – वडा नं ७ का वसन्त राई घोषित भएका थिए । बिजेताहरु सबैलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले पुरुस्कार प्रदान गरेका थिए ।
