अति विपन्न घरपरिवारलाई आँप खहरे सामुदायिक वन उपभोक्ता समुहको सहयोग ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित दायिक वन उपभोक्ता समुहले समुहको अति विपन्न घरपरिवारलाई ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरेको छ । समुहको कार्यालय बेल्टारमा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले लाभग्राहीहरुलाई ग्यास चुल्हो सेट बितरण गरेका थिए । समुहले बार्षिक कार्ययोजना अनुरुप गरिवी न्युनिकरण तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ग्यास चुल्हो सेट बितरण गरेको समुहका अध्यक्ष शशि राईले जानकारी दिएका छन् ।

 

 

 

 

 

आज भएको बितरण कार्यक्रममा अति बिपन्न्  १४ घरपरिवारलाई ग्यास चुल्हो सेट बितरण गरेको अध्यक्ष राईले बताएका छन् । सिलिण्डरसति एक सेट ग्यास चुल्होको ७ हजार ८ सय ५० रुपैयाँ परेको राईले जानकारी दिएका छन् । ग्यास चुल्हो सेट पाउनेहरुमा वगरकोटका रेवती कोईराला, देवीमाया भुजेल, सन्तलाल माझी, रहर राई, साने माझी, कृष्ण राना मगर, त्यस्तै चतरा लाईनकी रेणुका थापा, पुल चौककी मैना कुमारी राई , त्यस्तै थाना लाईनका सार्के परियार, दिपक परियार, विमला बिक, लाफा चौककी लिला कुमारी परियार, समाबेशी लाईनकी देवीमाया मगर र फेस्ला चौककी सरस्वती राई रहेको राईले बताएका छन् । कार्यक्रममा सव डिभिजन वन कार्यालय बेल्टारका फरेस्टर संदिप राई, वन महासंग चौदण्डीगढी नगर समितिका अध्यक्ष राजकुमार सुवेदी लगायत समुहका पदाधिकारी, सल्लाहकार र सदस्यहरुको उपस्थिती रहेको थियो ।