उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित लाफा चौकमा सुबिधा सम्पन्न होटल संचालनमा आएको छ । टंकेला होटल, लज एण्ड रेष्टुरेन्ट नामले संचालनमा आएको होटलको आज बजारमा खानेपानीको चरम अभाव रहेको बेला ६५ बर्ष अघि गाडामा बोकेर बजारबासीलाई पानी खुवाउने सकलदेब दास, समाजसेवी जयमानशेर राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन, पुरानाबासी ठुलिमाया मगर र पारिवारिक सदस्य दुर्गा कुमारी पौडेलले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

बेल्टार बजार पनि बिस्तारै शहर उन्नमुख बन्दै गएता पनि स्तरीय होटलको अभाव देखेकोले होटलमा लगानी गरेको संचालन सिद्धान्त पौडेलले जानकारी दिएका छन् । होटलमा ३ वटा बातानुक्लित र ५ वटा सामान्य कोठा, त्यस्तै पारिवारिक जमघट गर्ने स्थान रहेको पौडेलले बताएका छन् । उनले खानामा ग्राहकको माग अनुसार बिभिन्न परिकारहरु पाईने भएता पनि थकाली खाना र कालिजको मासु भने बिशेष रहेको जानकारी दिएका छन् ।




