राष्ट्रिय स्वत्रन्त्र पार्टी उदयपुर क्षेत्र नम्बर १ निर्वाचन समितिले चौदण्डीगढि नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई स्वास्थ्य क्षेत्रको सुधार, सेवा बिस्तार र गुणस्तरिय स्वास्थ्य सेवा सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएको छ । आज क्षेत्रिय सदस्य मन्जु श्रेष्ठको नेतृत्वमा आएको टोलीले नगर प्रमुख लामालाई नगरपालिकामा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा बेल्टार बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल भनिएता पनि त्यहाँको सेवा नगर अस्पताल अनुरुप नभएकोले नगर अस्पतालको स्तरको सेवा प्रदान गर्नुपर्ने, रेबिज तथा टिटानसको भयाक्सिन अस्पतालमा उपलब्ध नहुदाँ सेवाग्राहीहरु सेवाबाट बन्चित हुनु परेकोले अविलम्व सेवा शुरु गर्नुपर्ने माग गरिएको छ ।

यस्तै वडा नम्बर ३ आमसालमा आधारभुत स्वास्थ्य केन्द्रका लागि सुविधा सम्पन्न भवन निमार्ण गरिएको भएता पनि प्रयोग विहिन भएको तर उक्त भवन संगै राज्य कोषबाट ४० लाख रुपैयाँको लागतमा अर्को भवन निमार्ण गरिएको तर भवन प्रयोग बिहिन भएकोमा नगर प्रमुखको ध्यानाकर्षण गराइएको छ । त्यस्तै पत्रमा चौदण्डीगढी नगरपालिका भित्रका युवाहरु क्ुलतमा फसी लागु औषध दुब्र्यशयनीहरुको संख्या बृद्धि भएको भन्ने जनगुनासो आएको भन्दै यसको रोकथामका लागि नगर स्वास्थ्य ईकाईबाट नगरमा संचालित औषधी पसलको अनुगमन गरी लागु औषधको बिक्री बितरण नियन्त्रण गरीयुवाहरुलाई कुलतबाट बचाउन कदम चाल्न आग्रह गरिएको छ । साथै नीजि औषधी ब्यबसायीहरुले प्रदान गरेको सेवाहरुको गुणस्तर जाँच गरी नागरिकले पाउने सबै प्रकारका सेवाहरुको गुणस्तरियता सुनिश्चिता गर्न माग गरिएको छ ।
प्रतिउत्तरमा नगरप्रमुख लामाले अस्पतालको सेवामा कमि हुन नदिन तत्काल कार्यान्वयन गर्ने भनी प्रतिबद्धता जाहेर गरेको श्रेष्ठले जानकारी दिएकी छिन् ।


