अति विपन्न घरपरिवारलाई आँप खहरे सामुदायिक वन उपभोक्ता समुहको सहयोग ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित दायिक वन उपभोक्ता समुहले समुहको अति विपन्न घरपरिवारलाई ग्यास सिलिण्डर सहित चुल्हो वितरण गरेको छ । समुहको कार्यालय बेल्टारमा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले लाभग्राहीहरुलाई ग्यास चुल्हो सेट बितरण गरेका थिए । समुहले बार्षिक कार्ययोजना अनुरुप गरिवी न्युनिकरण तथा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ग्यास चुल्हो सेट बितरण गरेको समुहका अध्यक्ष शशि राईले जानकारी दिएका छन् ।
आज भएको बितरण कार्यक्रममा अति बिपन्न् १४ घरपरिवारलाई ग्यास चुल्हो सेट बितरण गरेको अध्यक्ष राईले बताएका छन् । सिलिण्डरसति एक सेट ग्यास चुल्होको ७ हजार ८ सय ५० रुपैयाँ परेको राईले जानकारी दिएका छन् । ग्यास चुल्हो सेट पाउनेहरुमा वगरकोटका रेवती कोईराला, देवीमाया भुजेल, सन्तलाल माझी, रहर राई, सान...

