बर्षा याममा हुने जोखिम न्यूनीकरणका लागि आबश्यक ब्यबस्था गर्न चौदण्डीगढी नगरपालिकाको विपद् ब्यबस्थापन समितिको बैठक बसेको छ । विपद् ब्यबस्थापन समितिका संयोजक समेत रहेका नगर प्रमुख कालुमान लामाको अध्यक्षता बसेको सरोकारवालाहरुको बैठकले बिभिन्न निर्णय गरेको छ । आज नगरपालिकामा बसेको विपद् ब्यबस्थापन समितिको बैठकले बर्षाको कारण हुन सक्ने बाढी पहिरो तथा नदि कटानबाट हुने क्षेतीको रोकथाम र न्यूनिकरणका लागि सरोकावालाहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । शसस्त्र प्रहरी बल बेश क्याम बेल्टार, ईलाका प्रहरी कार्यालय बेल्टार, नगर प्रहरीको टोली, जनप्रतिनिधीहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको हो । यस्तै बैठकले नगर भएर बग्ने खोलानाला तथा नदीले गर्न सक्ने कटान रोकथामका लागि ५ सय थान तारजाली, २० हजार बोरा, २० थान लाइफज्याकेट, ५० थान त्रिपालको ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ भने शिवाई र ज्यामिरे घाटमा संचालित डुंगालाई सुरक्षित संचालन गराउन आबश्यक ब्यबस्था गर्ने निर्णय गरेको छ । डुंगा चलाउने ब्यक्तिलाइ रेनकोट र लाइफ ज्याकेट उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै विपद् ब्यबस्थापन समितिले नगर क्षेत्र भित्रका मुख्य सडकमा बाढी पहिरोले क्षती पुरयाएमा तत्काल मर्मत सम्भार गर्ने निर्णय पनि गरेको छ । यस्तै नगर क्षेत्र भित्रका सार्वजनिक, पर्ती जग्गा, मठमन्दिरका जग्गाहरुको तत्काल अभिलेख तयार गरि नगरपालिकाले नियमानुसार संरक्षण गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नगर भित्रका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् गर्न आवस्यक पर्ने बाताबरण प्रभाव मुल्याङण IEE लागि सरोकारवाला निकाय संग आवस्यक छलफल गरेर कार्यपालिकाबाट निर्णय गर्ने समेत बैठकले निर्णय गरेको छ ।
नगरले आजको लागि बोलाएको विपद् ब्यबस्थापन समितिको बैठकमा नगरमा क्रियाशिल राजनीतिक दललाई समेत बोलाइएकोमा कांग्रेस, माओबादी लगायतका दलका नेताहरु बैठकमा उपस्थित भएनन् ।
