Author: सन्तोष कुमार रौनियार

चौदण्डीगढी नगरपालिकामा योजना माग पहल समिति गठन गर्ने निर्णय ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले बिकास निमार्णका कार्यमा पहल गर्न योजना माग पहल समिति गठन गरेको छ । नगर प्रमुख कालुमान लामाको बिशेष पहलमा आज नगरपालिकामा भएको सर्वदलीय सर्वपक्षीय बैठकले नगरपालिकाको बिकास निमार्णका कार्यहरुको प्राथमिकरण गरेर संघीय र प्रदेश सरकारसंग योजना माग गर्न योजना माग पहल समिति गठन गरेको हो । समितिमा नगर प्रमुख लामा, प्रदेश सभा सदस्य माननीय राजन किराँती, पुर्व प्रदेश सांसद बिमल कार्की, पुर्व नगर प्रमुख खगेन्द्र राई, नगर बिकास बोर्डका संयोजक पदम राई, नगर प्रवक्ता प्रकाश राउत र स्थानीय राजनीतिज्ञ तथा समाजसेवी गोपाल रोका रहेका छन् । आजको बैठकमा नगर प्रमुख लामाले नगरको १० बटै वडाहरुबाट माग गरिएको योजनाहरु, नगरले पहल गरिरहेको बिकास निमार्णका कार्यहरुबारे जानकारी दिनुका साथै अब नगरलाई कस्तोरुपमा बिकास गर्न खोजेको सोको खाका तयार पार्नलाई योजनाहरुको प्राथमिकरण गरी सोको लागि पहल गर्न य...

बंसिलाघाटमा तत्काल बेलिब्रिज जडानका लागि प्रदेश सांसद राजन किराँतीद्वारा स्थलगत अवलोकन ।

मुख्य खबर, स्थानीय
खोटाङ र उदयपुर जोड्ने बंसिलाघाटमा तत्कालका लागि बेलिब्रिज लगाएर भए पनि यस क्षेत्रका नागरिकहरुलाई बेल्टारबजारसंग जोड्ने अभिप्रायले पुलशाखा धरानलाई अनुरोध गर्दा बंसिलाघाटमा ७० मिटरको बेलिब्रिज आबश्यक पर्ने तर नेपालमा ५० मिटरसम्मको मात्र बेलिब्रिज रहेको जवाफ पुल शाखा धरानका महानिर्देशक प्रदिप भण्डारीबाट पाएपछि निराश भएका उदयपुर क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य राजन किराँतीले आज चौदण्डीगढी नगरपालिकासंग समन्वय गरेर नगरपालिकाको प्राबिधिक टोलीसहित स्थलगत अध्ययन अबलोकनका लागि आफै बंसिलाघाट पुगेका छन् । चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामासंग छलफलगरी सांसद राई नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई , नगरपालिकाका बिकास वोर्डका संयोजक पदम राई, वोर्ड सदस्य थुसुङ्ग घिसिङ्ग, नगरपालिका योजना शाखाका प्रमुख ईन्जिनियर सन्तोष राई, स्थानीय समाजसेवी, संचारकर्मी लगायतको टोली लिएर बंशिलाघाट पुगेका थिए । अ...
बेल्टारमा अन्तर तेक्वान्दो च्याम्पियनसिप २०७९ सम्पन्न ।

बेल्टारमा अन्तर तेक्वान्दो च्याम्पियनसिप २०७९ सम्पन्न ।

खेलकुद, लाइभ खबर
बेल्टार तेक्वान्दो डोजाङ्गको आयोजनामा हिजो चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित शहिद रामप्रसाद राई रंगशाला बेल्टारमा अन्तर तेक्वान्दो च्याम्पियनसिप २०७९ सम्पन्न भएको छ । महिला र पुरुष गरी बिभिन्न १२ वटा तौल समुहमा खेल संचालन गरिएको आयोजक बेल्टार तेक्वान्दो डोजाङ्गकी प्रमुख कामना राईले बताएकी छिन् । पुरुष २२ केजी मुनी तौल समुहमा रोशन बिक प्रथम, स्पनिल राई दोश्रो र साईमन कोईराला तेश्रो भएका छन् भने पुरुष २८ केजी मुनी तौल समुहमा सुशिल राई प्रथम, आयुष थापा दोश्रो र सफल राई तेश्रो भएका छन । यस्तै पुरुष ३० केजी मुनी तौल समुहमा जलन राई प्रथम, रोशन कार्की दोश्रो र अर्जुन राई तेश्रो भएका छन । ३७ केजी मुनी तौल समुहमा पुरुषतर्फ अदिक्तम राई प्रथम, दिपेश मगर दोश्रो र नवराज राई राई तेश्रो भएका छन ।पुरुष ४२ केजी तौल समुहमा विद्यान राना मगर प्रथम, प्रतिक बिक दोश्रो र प्रज्ञान राई तेश्रो भएका छन ।पुरुष ४...

चाटर्ड एकाउन्टेण्डको अध्ययन पुरा गरेका सरोज राईलाई वडा नम्बर ७ को सम्मान ।

स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले चाटर्ड एकाउन्टेण्डको अध्ययन सफलतापुर्वक सम्पन्न गरेका वडाका सरोज राईलाई सम्मान गरेको छ । वडा कार्यालयमा आज भएको एक कार्यक्रममा वडा अध्यक्ष केशव अधिकारी लगायत वडा सदस्यहरुले राईलाई चाटर्ड एकाउन्टेण्डको अध्ययन पुरा गरी वडाको नाम अगाडी बढाउनमा भुमिका खेलेकोमा वडामै बोलाएर सम्मान गरेका थिए । उनको पढाईले समाजमा योगदान दिन सकोस् र राईबाट प्रेरणा लिएर अन्य बिद्यार्थीहरुले पनि आफ्नो अध्ययनलाई राम्रो बनाउन सकुन् भनेर सम्मान गरेको वडा अध्यक्ष अधिकारीले बताएका छन् । २०५५ साल मंसिर २९ गते बेल्टार बजारस्थित त्रिमार्ग चौकमा आमा टंकमाया पौडेल र वुवा अमृतकुमार राईको सन्तानकारुपमा जन्मेका सरोजले २०७० सालमा स्थानीय पारुहाङ्ग एकेडेमीबाट एस एल सी पास गरेका थिए भने भक्तपुरस्थित सैनिक आवासिय महाबिद्यालयबाट पल्स टु र द ईन्सिच्युट अफ चाटर्ड एकाउन्टेण्ड अफ ईण्डिया, न्यु दिल्ल...

ईलाका प्रहरी कार्यालय बेल्टारद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना ।

मुख्य खबर, स्थानीय
दिनदिनै नगरमा चोरीको घटनाबृद्धी हुन थालेपछि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालय बेल्टारले शान्ति, सुरक्षा लगायतका बिषयवस्तुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ईलाका प्रहरी कार्यालय बेल्टारमा भएको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्माले नगरको वडा नम्बर २, ३, ४, ६, ७, ८, ९ र १० वडामा पर्ने बजार क्षेत्र लगायतका टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा शान्ति, सुरक्षासंग सम्बन्धित बिषयमा अन्तरक्रिया गरेका हुन् । केही समयदेखी नगरमा मोटरसाईकल लगायतका सवारी साधन नै चोरी हुन थालेको र प्रहरीको भुमिका मै प्रश्न उठन थालेपछि विदाबाट फर्किने बितिकै प्रहरी निरीक्षक विश्वकर्माले सरोकारवालाहरुलाई बोलाएर अन्तरक्रिया गरेका हुन् । छलफलमा सहभागी टोलबिकास समितिका अध्यक्षहरुले आफ्नो क्षेत्रमा पुलिस गस्ती बढाउनु पर्ने, अपरिचित मान्छेहरुको निगरानी गरिनुपर्...

श्री ज्योती माध्यमिक बिद्यालय बेल्टारकोे ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित श्री ज्योती माध्यमिक बिद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयको प्रारंगमा आज भएको भब्य कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने बिद्यालयको बार्षिकोत्सवको अवसरमा भएको बिभिन्न खेल प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरुस्कार बितरण गरिएको थियो । बिद्यालयको बार्षिकोत्सवको अवसर पारेर नगर प्रमुख कालुमान लामाले बिद्यालयमा यसै आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निमार्ण भएको ४ कोठे भवन, त्यसैगरी संघीय कार्यक्रम अन्तर्गत बनेको अर्को ४ कोठे भवन तथा क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा निमार्ण गरिएको खानेपानीको ट्यांकीको पनि उद्घाटन गरेका थिए । त्यस्तै बिद्यालयले यसै बिद्यालयबाट अध्ययन गरी हाल नगरका बिभिन्न बिद्यालय तथा क्याम्पसमा प्रधाना...

चौदण्डीगढी नगरपालिकाको १३ औं नगर सभा तथा हिउँदे अधिबेशन सम्पन्न ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको १३ औं नगर सभा तथा आर्थिक बर्ष २०७९/८० को हिउँदे अधिबेशन आज सम्पन्न भएको छ । नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा उप प्रमुख मणिकादेवी दुलालले आर्थिक बर्ष २०७९/८० को बजेटमा छुट्ट्याईएको केही योजनाहरुको संशोधित योजना तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने बताउदै शिक्षा,स्वास्थ्य , निर्माण , कृषि लगायतका क्षेत्रमा भैइरहेको कामहरुको निरन्तर अनुगमन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । यस्तै नगर प्रमुख लामाले आगामी आर्थिक बर्षका लागि आउने बैशाख महिनाबाट नै छलफल गर्ने बताउदै नगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्वन्यवन गर्नमा सहयोग गरेकोमा सभाका सबैलाई धन्यवाद पनि दिएका छन् । यसअघि नगर उप प्रमुख मणिकादेवी दुलालले संसोधित कार्यक्रमसहितको प्रतिवेदन पेश गरेकी थिईन् । संसोधित क...

चौदण्डीगढी नगरपालिकामा आखाँ शिविरमा मोतिबिन्दुको अपरेशन गराएका विरामीहरुको भोली नगर अस्पताल बेल्टारमा आखाँको थप परिक्षण हुने ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न सप्ताहब्यापी आखाँ शिविरमा मोतिबिन्दुको अपरेशन गराएका विरामीहरुको भोली नगर अस्पताल बेल्टारमा आखाँको थप परिक्षण हुने भएको छ । चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक लक्ष्मी प्रसाद चौधरीका अनुसार भोली बिहान ८ बजेदेखी नगर अस्पताल बेल्टारमा पुष १५, १६ र १७ गते बेल्टारबजारस्थित कोभिड अस्पतालमा आखाँको अपरेशन गराएका बिरामीहरुको आखाँको पुनः परिक्षण गरिने बताएका छन् । तिलगंगा आखाँ अस्पताल काठमाडौबाट आएका आखाँको बिशेषज्ञ बिज्ञ डाक्टरहरुले विरामीको दृष्टी चेक गर्ने सह संयोजक चौधरीले बताएका छन् । यसअघि पुष ९ गतेदेखी पुष १७ गतेसम्म संतालित सप्ताहब्यापी मोतिबिन्दु छनौट आँखा शिविरमा २२ सय ३५ जनाको आखाँको परिक्षण गरिएकोमा २७३ जनाको आखाँमा मोतिबिन्दु देखिएको थियो भने २२५ जनाको आखाँको मोतिबिन्दुको सफल अपरेशन गरिएको थियो । तिलगंगा आखाँ अस्पताल काठमाडौको सहकार्य र चौद...

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले करेसावारी अभियान संचालन गर्ने ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले वडालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने करेसावारी अभियान संचालन गर्ने भएको छ । वडाको गत मंसिर २८ गते बसेको बैठकले वडालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनको लागि वडाबासीलाई करेसावारीमा तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने उदेश्यले अभियान संचालन गर्न लागेको हो । वडा अध्यक्ष अम्बर बहादुर खड्काले सिर्वानी, सातधारे लगायत वडाका गाम्रीण क्षेत्रका वडाबासीले समेत आफ्नै वारी भएता पनि तरकारी उत्पादन नगरेर बेल्टार बजारबाट किनेर लैजाने गरेको बताउदै कम्तिमा आफुलाई चाहिने सामान्य तरकारीहरु आफनै करेसाबारीमा उत्पादन गरेर बिषादीरहित तरकारी खान सकुन् भन्ने उदेश्यले करेसावारी अभियान संचालन गर्न लागेको बताएका छन् । उनले यस अभियानमा सबै वडाबासीलाई जोड्नि आवहान गर्दै राम्रोसंग करेसावारीमा तरकारी उत्पादन गर्ने उत्कृष्ट वडाबासीलाई नगद पुरुस्कारसहित वडाले सम्मान समेत गर्ने जानका...
११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने चौदण्डीगढी नगरपालिकाको निर्णय ।

११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने चौदण्डीगढी नगरपालिकाको निर्णय ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले नगरपालिकामा कार्यरत ११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने निर्णय गरेको छ । गत मंसिर २९ गते बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले पुर्व गाउँ बिकास समिति, जिल्ला बिकास समिति, बेल्टार – बसहा नगरपालिका हुदाँका बखत नियुक्त भएका कर्मचारी, त्यस्तै प्राबिधिक शाखा, रोजगार शाखा, सरसफाई, बिद्युत हेल्पर, मेडिकल अफिसर बाहेकका यसअघि करारमा कार्यरत ११९ जना कर्मचारीहरुको करार अबद्यी नथपी ज्यालादारीमा बोलाउने निर्णय गरेको हो । उनीहरुलाई माघ १ गतेबाट ज्यालादारीमा बोलाउने निर्णय भएको नगरपालिकाका प्रशासन शाखा अधिकृत जनक लेखीले जानकारी दिएका छन् । नगरपालिकामा स्थायी कर्मचारी ३४ जना जती मात्र छ भने यसअघि करारमा १९२ जना कर्मचारी रहेकोमा ११९ जनालाई ज्यालादारीमा बोलाउने निर्णय भएको लेखीले बताए । यस्तै करारका रहेका कर्मचारीहरुलाई थप दुई महिनाको लागि करार थप गरिएको उ...