बेल्टार तेक्वान्दो डोजाङ्गको आयोजनामा हिजो चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित शहिद रामप्रसाद राई रंगशाला बेल्टारमा अन्तर तेक्वान्दो च्याम्पियनसिप २०७९ सम्पन्न भएको छ । महिला र पुरुष गरी बिभिन्न १२ वटा तौल समुहमा खेल संचालन गरिएको आयोजक बेल्टार तेक्वान्दो डोजाङ्गकी प्रमुख कामना राईले बताएकी छिन् । पुरुष २२ केजी मुनी तौल समुहमा रोशन बिक प्रथम, स्पनिल राई दोश्रो र साईमन कोईराला तेश्रो भएका छन् भने पुरुष २८ केजी मुनी तौल समुहमा सुशिल राई प्रथम, आयुष थापा दोश्रो र सफल राई तेश्रो भएका छन । यस्तै पुरुष ३० केजी मुनी तौल समुहमा जलन राई प्रथम, रोशन कार्की दोश्रो र अर्जुन राई तेश्रो भएका छन । ३७ केजी मुनी तौल समुहमा पुरुषतर्फ अदिक्तम राई प्रथम, दिपेश मगर दोश्रो र नवराज राई राई तेश्रो भएका छन ।पुरुष ४२ केजी तौल समुहमा विद्यान राना मगर प्रथम, प्रतिक बिक दोश्रो र प्रज्ञान राई तेश्रो भएका छन ।पुरुष ४५ केजी तौल समुहमा सक्षम बन्जरा प्रथम, अरुण थापा दोश्रो र प्रतिक कटुवाल तेश्रो भएका छन । यस्तै पुरुष ५७ केजी तौल समुहमा प्रिन्स राई प्रथम, विपन राई दोश्रो र संजीत मगर तेश्रो भएका छन भने पुरुष ६० केजी माथी तौल समुहमा सन्देश राई प्रथम, सुजित मगर दोश्रो र योदित राई तेश्रो भएका छन ।
त्यस्तै महिलातर्फ २० केजी मुनी तौल समुहमा सुनम राई प्रथम र प्रिया राई दोश्रो, महिला ३३ केजी तौल समुहमा सिनैना श्रेष्ठ प्रथम र सुहाना राई दोश्रो र खिम्बु राई तेश्रो भएका छन् भने महिला ४७ केजी तौल समुहमा सुम्निमा राई प्रथम , करुणा राई दोश्रो र सुस्मा राई तेश्रो भएका छन् ५७ केजी माथी तौल समुहमा महिलातर्फ अन्जिता राई प्रथम, सान्द्यिमा राई दोश्रो र प्रमिसा राई तेश्रो भएका छन् । यस्तै प्रतियोगितामा बेस्ट फाईटर बुयायको उपाधी सुशिल राई र बेस्ट फाईटर गर्लको उपाधी सिनैना श्रेष्ठले जितेकी छिन् । नगर प्रमुख कालुमान लामाले उद्घाटन गरेको प्रतियोगितामा बिजेता खेलाडीहरुलाई वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए ।
