चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले चाटर्ड एकाउन्टेण्डको अध्ययन सफलतापुर्वक सम्पन्न गरेका वडाका सरोज राईलाई सम्मान गरेको छ । वडा कार्यालयमा आज भएको एक कार्यक्रममा वडा अध्यक्ष केशव अधिकारी लगायत वडा सदस्यहरुले राईलाई चाटर्ड एकाउन्टेण्डको अध्ययन पुरा गरी वडाको नाम अगाडी बढाउनमा भुमिका खेलेकोमा वडामै बोलाएर सम्मान गरेका थिए । उनको पढाईले समाजमा योगदान दिन सकोस् र राईबाट प्रेरणा लिएर अन्य बिद्यार्थीहरुले पनि आफ्नो अध्ययनलाई राम्रो बनाउन सकुन् भनेर सम्मान गरेको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।
२०५५ साल मंसिर २९ गते बेल्टार बजारस्थित त्रिमार्ग चौकमा आमा टंकमाया पौडेल र वुवा अमृतकुमार राईको सन्तानकारुपमा जन्मेका सरोजले २०७० सालमा स्थानीय पारुहाङ्ग एकेडेमीबाट एस एल सी पास गरेका थिए भने भक्तपुरस्थित सैनिक आवासिय महाबिद्यालयबाट पल्स टु र द ईन्सिच्युट अफ चाटर्ड एकाउन्टेण्ड अफ ईण्डिया, न्यु दिल्लीबाट चाटर्ड एकाउन्टेण्डको अध्ययन पुरा गरेका थिए ।
