चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ ले वडालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने करेसावारी अभियान संचालन गर्ने भएको छ । वडाको गत मंसिर २८ गते बसेको बैठकले वडालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनको लागि वडाबासीलाई करेसावारीमा तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने उदेश्यले अभियान संचालन गर्न लागेको हो ।
वडा अध्यक्ष अम्बर बहादुर खड्काले सिर्वानी, सातधारे लगायत वडाका गाम्रीण क्षेत्रका वडाबासीले समेत आफ्नै वारी भएता पनि तरकारी उत्पादन नगरेर बेल्टार बजारबाट किनेर लैजाने गरेको बताउदै कम्तिमा आफुलाई चाहिने सामान्य तरकारीहरु आफनै करेसाबारीमा उत्पादन गरेर बिषादीरहित तरकारी खान सकुन् भन्ने उदेश्यले करेसावारी अभियान संचालन गर्न लागेको बताएका छन् । उनले यस अभियानमा सबै वडाबासीलाई जोड्नि आवहान गर्दै राम्रोसंग करेसावारीमा तरकारी उत्पादन गर्ने उत्कृष्ट वडाबासीलाई नगद पुरुस्कारसहित वडाले सम्मान समेत गर्ने जानकारी दिएका छन् । यस्तै वडा अध्यक्ष खड्काले वडा सदस्यहरुले वडाबासीको करेसा वारीको नियमितरुपमा अनुगमन गर्ने पनि बताएका छन् ।
