श्री ज्योती माध्यमिक बिद्यालय बेल्टारकोे ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित श्री ज्योती माध्यमिक बिद्यालयले आफ्नो ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयको प्रारंगमा आज भएको भब्य कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने बिद्यालयको बार्षिकोत्सवको अवसरमा भएको बिभिन्न खेल प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरुस्कार बितरण गरिएको थियो । बिद्यालयको बार्षिकोत्सवको अवसर पारेर नगर प्रमुख कालुमान लामाले बिद्यालयमा यसै आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निमार्ण भएको ४ कोठे भवन, त्यसैगरी संघीय कार्यक्रम अन्तर्गत बनेको अर्को ४ कोठे भवन तथा क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा निमार्ण गरिएको खानेपानीको ट्यांकीको पनि उद्घाटन गरेका थिए ।

त्यस्तै बिद्यालयले यसै बिद्यालयबाट अध्ययन गरी हाल नगरका बिभिन्न बिद्यालय तथा क्याम्पसमा प्रधानाध्यापकको भुमिकामा रहेका बिद्यालयका पुर्व बिद्यार्थीहरु ध्रुवराज राई, कविराज तामाङ्ग, पदम तामाङ्ग, जितबहादुर कार्की र दिनेश ढुंगानालाई सम्मान समेत गरेको थियो । सम्मानित सबैलाई नगर प्रमुख लामा, पुर्व नगर प्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकिय अधिकृत चित्रप्रसाद गरागाई लगायतले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए भने सम्मानित प्रधानाध्यापकहरुले बिद्यालयका सबैभन्दा पुराना शिक्षक तथा गुरु रत्नप्रसाद लम्सालको योगदानको सम्झना गर्दै आफुले पाएको दोसल्ला लम्साललाई ओढाएर उनीप्रति आफ्नो श्रद्धा ब्यक्त गरेका थिए । २०२२ सालमा स्थापना भएको बिद्यालयमा हाल बालबिकासदेखी कक्षा १२ सम्मगरी १४ सय ८५ जना बिद्यार्थी अध्ययनरत छन् भने बिद्यालयमा मानविकी, बाणिज्य, बिज्ञान बिषयमा पल्सटु कक्षा संचालन भैरहेको छ । यस्तै प्राबिधिक तथा ब्यबसायिक शिक्षातर्फ १८ महिने वाली बिज्ञान कार्यक्रम संचालनमा रहेको बिद्यालयका प्रधानाध्यापक राजकुमार ओझाले जानकारी दिएका छन् ।