चौदण्डीगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रद्वारा १२ सदस्य छाँया सरकार गठन ।

चौदण्डीगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले १२ सदस्य छाँया सरकार गठन गरेको छ । आज बेल्टार बजारस्थित आँपखहरे सामुदायिक वन समितिको हलमा बसेको माओवादी केन्द्रको नगर समितिको बैठकले नगर अध्यक्ष दिनेश राईको नेतृत्वमा छाँया सरकार गठन गर्ने निर्णय गरेको छ । बैठकले राईलाई छाँया सरकार प्रमुख र नगर उपाध्यक्ष हिरा थापालाई उप प्रमुखको जिम्मेवारी दिएको छ । यस्तै बैठकले नगरको १० बटै वडामा भैरहेको कामहरुको अनुगमन र खवरदारी गर्न वडास्तरमै जिम्मेवारी दिएको छ । जसअनुसार वडा नम्बर १ मा मण्रिाम राई, वडा नम्बर २ मा लोक बहादुर मगर, वडा नम्बर ३ मा गोविन्द्य श्रेष्ठ,, वडा नम्बर ४ मा कुमार राई, वडा नम्बर ५ मा राजेन्द्रकुमार चौधरी, वडा नम्बर ६ मा बिदुर राई, वडा नम्बर ७ मा टिकाराम श्रेष्ठ, वडा नम्बर ८ मा अशोक राई, वडा नम्बर ९ मा गगन खड्का र वडा नम्बर १० मा भेषराज राउतलाई जिम्मेवारी दिईएको छ ।
हाल स्थानीय सरकारको कारम कारवाही जनताको चाहना अनुरुप नभईरहेको र जनताको सहभागिता बिनै बिभिन्न कार्यभईरहेको , ब्यबहारिक तथा नीतिगत भष्ट्राचार मौलाई रहेको, स्थानीय सरकारबाट एकाधिकार कायम रहेको जस्तो जनगुनासो आईरहेको हुनाले खवरदारी गर्न छाँया सरकारको आबश्यक्ता महसुस गरेको सो पार्टीले जनाएको छ । बैठकपछि पत्रकार सम्मेलन गर्दै छाँया सरकारका प्रमुख दिनेश राईले शक्तिको आडमा गलत कार्य नहोस् भनेर खवरदारी गर्न तथा सकरात्मक र बिकास निमार्णका कार्यमा सहकार्य गरेर अगाडी बढ्न छाँया सरकार गठन गरिएको बताएका छन् । यस अघि नेकपा माओवादी चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उदयपुर जिल्लाबाट एक नम्बर प्रदेशसभामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरिरहेका प्रदेश सांसदत्रय राजन किराँती, नारायण बुर्जामगर र सम्झना तामाङ्गलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम माओवादी केन्द्र प्रदेश नम्बर १ का अध्यक्ष हर्क बहादुर नेम्वाङ मिक्सोको प्रमुख आतिथित्वतामा सम्पन्न भएको थियो ।