Author: सन्तोष कुमार रौनियार

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै नगर प्रमुख लामालाई रास्वपाको ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
राष्ट्रिय स्वत्रन्त्र पार्टी उदयपुर क्षेत्र नम्बर १ निर्वाचन समितिले चौदण्डीगढि नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई स्वास्थ्य क्षेत्रको सुधार, सेवा बिस्तार र गुणस्तरिय स्वास्थ्य सेवा सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएको छ । आज क्षेत्रिय सदस्य मन्जु श्रेष्ठको नेतृत्वमा आएको टोलीले नगर प्रमुख लामालाई नगरपालिकामा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा बेल्टार बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल भनिएता पनि त्यहाँको सेवा नगर अस्पताल अनुरुप नभएकोले नगर अस्पतालको स्तरको सेवा प्रदान गर्नुपर्ने, रेबिज तथा टिटानसको भयाक्सिन अस्पतालमा उपलब्ध नहुदाँ सेवाग्राहीहरु सेवाबाट बन्चित हुनु परेकोले अविलम्व सेवा शुरु गर्नुपर्ने माग गरिएको छ । यस्तै वडा नम्बर ३ आमसालमा आधारभुत स्वास्थ्य केन्द्रका लागि सुविधा सम्पन्न भवन निमार्ण गरिएको भएता पनि प्रयोग विहिन भएको तर उक्त भवन स...

चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानीस्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन।

लाइभ खबर, स्थानीय
चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानीस्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिका देवि दुलाल र वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले संयुक्तरुपमा गरेका छन् । नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य भवन उद्घाटन गर्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नारापालिकाले सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुच होस भन्ने उद्देश्यले नगरका सबै वडाहरुमा स्वास्थ्य सेवा दिने गरी काम भईहेको बताएका छन् । मेयर लामाले नगरको मुख्य केन्द्र बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गरेर एमडी डाक्टरको सेवा उपलब्ध गराउने योजना सहित नगरपालिकाले कार्य सुरु गरेको जानकारी दिएका छन् । यस्तै कार्यक्रममा बोल्दै उपमेयर मणिकादेवी दुलालले सिमित बजेट, सिमित श्रोत साधन भएको नगरपालि...

दुब्र्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत पक्राउ ।

लाइभ खबर, स्थानीय
स्थानीय महिलालाई हातपात गरी दुब्र्यवहार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान ईलाका प्रहरी कार्यालय बेल्टारबाट गएको प्रहरीको टोलीले अध्यक्ष राउतलाई पक्राउ गरेको हो । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता प्रधानलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताएका छन् । वर्षाको समयमा खोलामा टिपर र जेसिवी लगाएर गिट्टी उत्खन्न गरिरहेको समयमा स्थानीय बासिन्दासहित पुगेकी प्रधानले प्रतिकार गर्न खोज्दा वडा अध्यक्ष राउतले दुब्र्यबहार गरेको उजुरी हिजो प्रहरीमा दर्ता गराएकी थिईन् । उनले हिजो बिहान भएको उक्त घटनाको भिडियो पनि आफ्नो फेसबुक वालमा शेयर गरेकी थिईन् । यद्यपी अध्यक्ष...

ट्राफिक सप्ताह अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि जनचेतनामुलक कार्यक्रम संचालन ।

स्थानीय
बढ्दो सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ मंलवारदेखि शुरु भएको ट्राफिक सप्ताह अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि जनचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । आज ट्राफिक हवलदार शंकर लामिछानेको नेतृत्वमा नगरको ब्यापारिक केन्द्र बेल्टार बजारको मुख्य चौकहरु तथा बिद्यालयका बिद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सचेतना कार्यक्रम गरिएको छ । ट्राफिक हवलदार लामिछानेले पैदलयात्रीलाई बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा अवगत गराएका थिए भने सवारी चालक , सहचालकलाई सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगर्न , सवारीको विमा अनिवार्य गराउन, कागजपत्रको नविकरण समयमै गर्न, सवारीसंग सम्बन्धित कागजपत्र अनिवार्य आफैसंग राख्न, यस्तै सवारी नियमको पालना गर्न लगायतका बारेमा जानकारी गराएका थिए । यस्तै उनले बेल्टार बजारस्थित सगरमाथा बोडिङ्ग स्कुल बेल्टारका बिद्यार्थीहरुलाई समेत ट्...

पशु ब्यबसायीले अबैध कब्जा गरेको सार्वजनिक जमीन वडाले खाली गराउने ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले पशु ब्यबसायीले अबैध कब्जा गरेको सार्वजनिक जमीन खाली गराउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको निरन्तरको दवावमा वडाले अबैध कब्जामा रहेको सार्वजनिक जग्गा खाली गराउने भएको हो । मदन भण्डारी लोकमार्गसंगै जोडिएको वडा नम्बर ७ भुल्के डुडपानीस्थित सार्वजनिक जग्गा अनाधिकृतरुपमा कब्जागरी पशु ब्यबसाय गरिरहेका ब्यक्तिलाई वडा अध्यक्ष केशव अधिकारी, स्थानीय प्रहरीको उपस्थितीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले हिजो जग्गा खाली गर्न चेतावनी दिएका थिए । यस अघि पनि पटक पटक अनुरोध गरेको बताउदै रास्वपाका वडा नम्बर ७ का वडा सभापति पवन पौडेलले स्थानीयले जर्गेना गरेको वरपिपल र खानेपानीको मुहान रहेको क्षेत्रमा विगत ५–६ बर्षदेखी अनाधिकृत रुपमा जग्गा कब्जा गरी पशु ब्यबसाय गरिरहेका सप्तरीको अग्नीसाईर कृष्णसरावण गाँउपालिका महुली बजारका मन्जुर मियाँको ...
बर्षाका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अबस्थामा रहने चौदण्डीगढी नगरपालिका विपद् ब्यबस्थापन समितिको निर्णय ।

बर्षाका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अबस्थामा रहने चौदण्डीगढी नगरपालिका विपद् ब्यबस्थापन समितिको निर्णय ।

मुख्य खबर, स्थानीय
बर्षा याममा हुने जोखिम न्यूनीकरणका लागि आबश्यक ब्यबस्था गर्न चौदण्डीगढी नगरपालिकाको विपद् ब्यबस्थापन समितिको बैठक बसेको छ । विपद् ब्यबस्थापन समितिका संयोजक समेत रहेका नगर प्रमुख कालुमान लामाको अध्यक्षता बसेको सरोकारवालाहरुको बैठकले बिभिन्न निर्णय गरेको छ । आज नगरपालिकामा बसेको विपद् ब्यबस्थापन समितिको बैठकले बर्षाको कारण हुन सक्ने बाढी पहिरो तथा नदि कटानबाट हुने क्षेतीको रोकथाम र न्यूनिकरणका लागि सरोकावालाहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको छ । शसस्त्र प्रहरी बल बेश क्याम बेल्टार, ईलाका प्रहरी कार्यालय बेल्टार, नगर प्रहरीको टोली, जनप्रतिनिधीहरुलाई तयारी अबस्थामा राख्ने निर्णय गरेको हो । यस्तै बैठकले नगर भएर बग्ने खोलानाला तथा नदीले गर्न सक्ने कटान रोकथामका लागि ५ सय थान तारजाली, २० हजार बोरा, २० थान लाइफज्याकेट, ५० थान त्रिपालको ब्यबस्थापन गर्ने निर्णय पनि गरेको छ भने शिवाई र ज्यामिर...

आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको अध्यक्षमा मनकुमार राई चयन ।

मुख्य खबर, स्थानीय
नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिले नयाँ नेतृत्व पाएको छ । आज भएको नयाँ कार्य समितिको चुनावबाट समितिको नगर अध्यक्षमा मनकुमार राई निर्वाचित भएका छन् । राईले अध्यक्षका अर्का प्रतिस्पर्धी डिल्ली मगरलाई पराजित गर्दै बिजयी भएका हुन् । ९ वटा जातीय संगठनहरुको आबद्धता रहेको समितिका ९ मध्ये ८ जना प्रतिनिधीहरुले राईको पक्षमा मतदान गरेका थिए । नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिको गत असार ७ गते भएको तेश्रो अबिधेशनले अध्यक्षका प्रतिस्पर्धीहरुबिच सहमति गराउन नसक्दा प्रमुख अतिथी तथा नेपाल आदिबासी जनजाती महासंघ उदयपुर जिल्ला अध्यक्ष डिवी गुरुङ्गको नेतृत्वमा मेनुका रानामगर र भुपेन्द्र राईसहितको ३ सदस्य निर्वाचन मण्डल गठन गरेको थियो । निर्वाचन मण्डलले सहमतिका लागि एक हप्ताको समय दिएकोमा सहमति हुन नसक्दा आज निर्वाचन भएको हो । अध्यक्षबाहेकका पदमा भने यसअघि नै सहमति भै सकेको थ...
नेपाल स्काउट चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश ।

नेपाल स्काउट चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश ।

लाइभ खबर, स्थानीय
मानवीय सेवामा सक्रिय परोपकारी स्वंमसेवी संस्था नेपाल स्काउटले उदयपुरको चौदण्डीगढी नगरपालिकाका पनि प्रवेश गरेको छ । वडा नम्बर ६ बेल्टार बजारस्थित ज्योती माध्यमिक बिद्यालयका ३२ जना बिद्यार्थीहरुलाई दुई दिने स्काउट अभिमुखीकरण प्रदान गर्दै नगरमा स्काउटलाई बिस्तार गरिएको छ । अभिमुखीकरण कार्यक्रममा बिद्यालयका कक्षा ७, ८र ९ का १६ जना छात्र र १६ जना छात्रागरी ३२ जना बिद्यार्थी सहभागी भएका थिए । हिजो भएको समापन कार्यक्रममा दिक्षित भएका बिद्यार्थीहरुलाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा , उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, ज्याती माबि बेल्टारका प्रधानाध्यापक राजकुमार ओझा लगायतले स्काउटको लोगो तथा स्कार्फ लगाईदिएका थिए । पालिकामा मेयर संरक्षक र उपमेयर प्रमुख स्काउट हुने प्राबधान रहेको छ । कोशी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयको सबै बिद्यालयमा स...

बेलका नगरपालिकामा एक होटलमा चट्याङ परी आगलागी हुँदा २६ लाख बराबरको क्षति ।

लाइभ खबर, स्थानीय
बेलका नगरपालिकाको वडा नम्बर ५ काफ्लेटोल भुतिया दह जाने बाटोमा रहेको एक होटलमा चट्याङ परी आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ । हिजो बिहान अन्दाजी साढे ३ बजे टेक बहादुर थापाको होटलमा अविरल पानीसँगै परेको चट्याङबाट आगलागी हुँदा उक्त क्षति भएको हो । पारिवारिक स्रोतका अनुसार होटलमा रहेको फ्रीजमा चट्याङ परी आगलागी हुँदा फ्रीज, ल्यापटप, पलङ, टेबल, कुर्सी, खाद्यान्न लगायत अन्य सर–सामान जलेर पूर्ण रुपमा नष्ट भएको छ । यसरी नै आगलागीबाट होटलको भित्ता, सिसाको झ्याल र छानामा समेत क्षति पुगेको छ । वडा प्रतिनिधि र प्रहरी समेतको उपस्थितिमा घटनास्थलको अनुगमन गर्दा २६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष दिपकराज रेग्मीले जानकारी दिएका छन् । होटल मालिक थापाका अनुसार स्थानीय पर्यटकीय स्थल भुतिया दह जाने बाटोमा आन्तरिक पर्यटकलाई लक्षित गरी २ बर्ष अघि निर्माण भएको होटल हन्टिङमा चट्याङ पर्दा ठुलो क्षति भएको...

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा एक घर एक स्वयमसेविका तालिम सम्पन्न ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा जारी एक घर एक स्वयमसेविका कार्यक्रम अन्तर्गतको ३ दिने तालिम आज सम्पन्न भएको छ । आधारभुत स्वास्थ्य केन्द्र सिर्वानीद्रारा आयोजित तालिमको समापन गर्दै आज नगर प्रमुख कालुमान लामाले सहभागी सबैलाई प्रेसर जाच गर्ने विपि सेट तथा थर्मामिटर प्रदान गरेका थिए । वडाका महिलाहरुलाई सामान्य स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरी ज्वरो, प्रेसर लगायतका सामान्य रोगहरुको बारेमा पहिचान गर्न सहज होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा सदस्य कमल कार्कीले बताएका छन् । वडाको सहयोगमा वडाका २२ जना महिलाहरुलाई आधारभुत स्वास्थय केन्द्र सिवार्नीले जेठ ३२ गतेबाट ३ दिन तालिम दिएको थियो । सहभागी स्वंमसेवीहरुलाई नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्रीकान्त चौधरी र नगर अस्पताल बेल्टारका सिनियर एचए तेजबहादुर पोखरेलले तालिम प्रदान गरेका थिए । पुर्व वडा अध्यक्ष कमलध्वज राईले शुरु गर...