एमालेद्वारा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण ।
१० भाद्र २०८१, सन्तोष कुमार रौनियार…
नेकपा ( एमाले ) बेलका नगर कमिटीले बिबिध बिषयमा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आईतवार निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापाको नेतृत्वमा निवर्तमान उपप्रमुख राज कुमारी चौधरी, वडा नं. ४ र ५ का निवर्तमान वडाध्यक्षहरु दिपक दंगाल , गोबिन्द खड्का सहित निवर्तमान जनप्रतिनिधिहरु, नेकपा एमाले बेलका नगर अध्यक्ष हिराजंग राई एवं निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतको टोलीले नगर प्रमुख अशोक कार्की, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतसंग भेट गरी १३ बुँदे माग राख्दै नगरको ध्यानाकर्षण गराएको हो ।
३ घण्टासम्म चलेको छलफलमा २०७४ सालदेखी २०७९सालसम्म रहेको पहिलो नगर सरकारले थालेका सरसफाइ, उध्यान, औधोगिक ग्राम, बसपार्क , लेकाली रंगशाला , भुतियादह , चिस्यान केन्द्र, बोका खसी संकलन केन्द्र , अक्सिजन प्लान्ट, चार्जिङ्ग स्टेसन लग...









