U15  ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने चौदण्डीगढीका दुई जना खेलाडीको विदाई।

१५ आसार २०८१, सन्तोष कुमार रौनियार…

राष्ट्रियस्तरको U15  ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने चौदण्डीगढीका दुई जना खेलाडीको विदाई गरिएको छ । शनिवार बेल्टार बजारस्थित समाबेशी ब्याण्डमिन्टन कवर्ड हलमा एक कार्यक्रमको आयोजना गरेर नगरबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको हो । आगामी असार १८ गतेदेखी २० गतेसम्म अखिल नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा हुने राष्ट्रियस्तरको U15 र U17 पूरुष एकल, महिला एकल र मिक्स डवल्स गरी जम्मा ६ बिद्यामा हुन लागेको प्रतियोगितामा सहभागी हुने चौदण्डीगढी नगरपालिकाका दुई जना खेलाडीहरु निताशा रैका मगर र सोषण खत्रीलाई विदाई गरिएको हो । निताशा रैका मगर जेठ २९ गतेदेखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा भएको U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी भई कास्य पदक जित्न सफल भएकी थिईन भने खत्रीले पनि सो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

शनिवार उनीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बेल्टार ब्याडमिन्टन संघको तर्फबाट र्याकेट ब्याग प्रदान गर्दै राम्रो खेल प्रदर्शनका लागि शुभकामना दिदै बिदाई गरेका थिए । कार्यक्रममा पुर्व नगर प्रमुख खगेन्द्र राई, उदयपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्षद्वय नारायण तामाङ्ग र देवीराज राई, बेल्टार ब्याडमिन्टन संघका अध्यक्ष राजकुमार राई लगायत ब्याडमिन्टन खेलाडीहरुको उपस्थिती रहेको थियो ।