१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार…
बेलका नगरपालिका नगरका किसानहरुको सहुलियतका लागि किसान कार्ड बितरण गरेको छ । नगरप्रमुख अशोक कार्कीले आज वार्ड नं २ रामनगरका लाभग्राही किसानहरुलाई एक कार्यक्रममा किसान कार्ड प्रदान गरेका छन् ।
बेलका नगरपालिकाको कार्यालय र राष्ट्रीय कृषक समुह महासंघको सहकार्य तथा केयर नेपालको सहयोगमा बेलका नगरपालिका वडा नं १,२ ,५ र ८ का नगरपालिकामा दर्ता भएका कृषक समुहहरु मध्ये बाट दलित महिला, कुपोषीत बच्चा भएका कृषक, भुमीहिन कृषक मध्येबाट छनौट गरी किसान कार्ड बितरण गरेको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगको दुरुपयोग पनि नहोस भन्ने हेतुले नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लाहान शाखामा कृषकको नाममा खाता खोली १४ हजार ५ सय रुपैयाँ बराबरको किसान कार्ड वितरण गरिएको सचिवालयले जनाएको छ । उक्त कार्डबाट नेपाल सरकारको नम्स अनुसार ठेक्का प्रकृयाबाट छनौट भएका भेन्डरहरु बाट कार्डमा उपलब्ध रकम बराबरको पोषणयुक्त खाद्यान्न उत्पादन सम्बन्धी बिउ बिजन, टनेल र सिंचाई सम्बन्धी सामग्रीहरु कृषकहरुले खरिद गर्न सक्ने जनाइएको छ ।
नगर प्रमुख कार्कीको सचिवालय सदस्य मोहन कार्कीका अनुसार ४ वटा वडामा रहेका दलित, विपन्न, कुपोषीत बच्चा भएका कृषकहरु मध्ये ५ सय ५५ जना किसान छनौट गरिएको र उनीहरु सबैलाई नगरपालिकाले किसान कार्ड वितरण गर्ने जानकारी दिएका छन् । कार्ड वितरण कार्यक्रममा २ नम्बर वडाका वडा अध्यक्ष , राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सदस्य र केयर नेपालका प्रतिनिधिहरुको उपस्थिति र किसानहरुको सहभागीता रहेको थियो ।