मुख्य खबर

चौदण्डीगढी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु ।

चौदण्डीगढी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु ।

खेलकुद, मुख्य खबर, स्थानीय
५ आसार २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु भएको छ । जिल्ला ह्याण्डवल संघ उदयपुरको आयोजनामा ओलम्पिक डे को अवसरमा आजदेखी असार ७ गतेसम्म बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा त्रि दिवशीय छात्र र छात्राको बिद्यालय स्तरीय चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुको ह्याण्डवल प्रतियोगिता शुरु भएको हो । १० छात्र र ८ छात्रा गरी १८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य राजन किराँती बासुले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । प्रतियोगिताको पहिलो दिन छात्रतर्फ ७ वटा र छात्रातर्फ २ वटा गरी ९ वटा खेलहरु भएका छन् । छात्रतर्फ पुमा बोडिङ्ग स्कुल बेल्टारले भुपु सैनिक स्कुल बेल्टारलाई ४–२ गोल अन्तरले र ज्योत मावी बेल्टारलाई ६–३ गोल अन्तरले पराजित गर्दै ४ अंक जोडेको छ । यस्तै सगरमा...
चौदण्डीगढीमा ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुँदै ।

चौदण्डीगढीमा ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुँदै ।

खेलकुद, मुख्य खबर, स्थानीय
४ आसार २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा भोलीदेखी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुदैछ । जिल्ला ह्याण्डवल संघ उदयपुरको आयोजनामा ओलम्पिक डे को अवसरमा असार ५ गतेदेखी ७ गतेसम्म बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा त्रि दिवशीय छात्र र छात्राको बिद्यालय स्तरीय चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुको ह्याण्डवल प्रतियोगिता संचालन हुने जिल्ला ह्याण्डवल संघ उदयपुरका अध्यक्ष बिदुर राईले जानकारी दिएका छन् । अध्यक्ष राईले असार ३ गते बसेको संघको बैठकले बिभिन्न समितिहरु गठन गरेर कार्य गरिरहेको जनाउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगितामा कक्षा १० सम्मका छात्रछात्रा मात्र सहभागी हुन पाउने जनाउदै अध्यक्ष राईले छात्रतर्फ १० टिम र छात्रातर्फ ८ वटा टिमको सहभागिता रहने बताएका छन् । छात्रतर्फ पुमा बोडिङ्ग स्कुल...
बसाहालाई हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाईनलमा प्रबेश ।

बसाहालाई हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाईनलमा प्रबेश ।

खेलकुद, मुख्य खबर, स्थानीय
३ आसार २०८१, खगेन्द्र कार्की, फत्तेपुर–सप्तरी… सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बसाहा फुटबल क्ल्ब उदयपुरलाई हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाईनलमा प्रबेश गरेको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सह–आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा ट्राइवेकरमा बसाहा फुटबल क्ल्बलाइ ४–२ को गोल अन्तरले हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमको तर्फबाट २–२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरका आधारमा गरिएको थियो । ट्राइवेकरमा धरान स्पोर्टिङ क्ल्बका ४ जनाको प्रहार गोलमा परिणत भएको थियो बसहाको २ जनाको प्रहारले मात्र जाली चुमेको थियो । भोली प्रतियोगिताको अन्तिम क्वा...
सप्तरीको फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता शुरु।

सप्तरीको फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता शुरु।

खेलकुद, मुख्य खबर, स्थानीय
१ आसार २०८१, सन्तोष कुमार रौनियार… सप्तरीको सप्तकोसी नगरपालिकास्थित फत्तेपुरमा आजदेखी शुरु भएको प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा बर्दिबास नगरपालिका महोत्तरीको टिम सेमिफाइनल प्रवेश गरेको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सह–आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा आज Lx City फुटबल क्लब मोरङ र बर्दिबास नगरपालिका महोत्तरी बिच भएको उद्घाटन खेलमा निर्धारित समयमा दुबै टिमबाट २–२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकर बाट निर्धारण गरिएको थियो। ट्राइवेकरमा मोरङलाइ ४–३ गोलअन्तरले पराजित गर्दै बर्दिबास नगरपालिका महोत्तरी सेमिफाइनल प्रवेश गरेको हो । भोलीको खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र न्यु स्टार फुटबल क्लब सुनसरी बिच हुने आयोजकले जानकारी दिएको छ । यसअघि आज प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालि...
पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने  चौदण्डीगढीका खेलाडीको बिदाई ।

पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने चौदण्डीगढीका खेलाडीको बिदाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
२७ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट राष्ट्रिय खेलकुद परिषदको आयोजना यही जेठ २९ गतेदेखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीलाई सम्मानसहित बिदाई गरिएको छ । बेल्टार बजारस्थित समावेसी खेल मैदानमा रहेको ब्याडमिन्टन कवड हलमा आज एक कार्यक्रमको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने नगरका दुई जना खेलाडीहरु निताशा रैका मगर र सोषण खत्रीलाई विदाई गरिएको हो । उनीहरु यही जेठ २४ र २५ गते मोरङ्गको बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय U15 ब्याडमिन्टन छनौट प्रतियोगितामा टप एटमा पर्दै छनौट भएका हुन् । टिम कोच सन्तोष कटवालका अनुसार छनौट प्रतियोगितामा नितासा रैका मगरले रजत पदक, त्यसैगरी सुसन खत्रीले कास्य पदक ल्याएर U15 जुनियर ब्याडमिन्टन खेलकुद प्रतियोगितामा छनौट भएका हुन् । प्रतियोगितामा सहभागी हुन जान लागेका खेल...
राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्नेः चौदण्डीगढी नगर प्रमुख लामा

राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्नेः चौदण्डीगढी नगर प्रमुख लामा

मुख्य खबर, स्थानीय
१९ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आलोचना मात्र नभएर राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । आज बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आलोचना मात्र गर्दा नैराश्यिता पैदा हुने भएकोले राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका हुन् । गलत कामको आलोचना गर्नु सही भएको तर राम्रो कामको पनि प्रशंसा नहुँदा हौशला नमिले बताए । गलत कामको आलोचना र सही कामको प्रशंसा गर्नुपर्ने लामाको भनाई थियो । यस्तै नगर प्रमुख लामाले बेल्टार बजारलाई आधुनिक बजारको रुपमा बिकास गर्नलाई परम्परागत रुपमा ब्यापार ब्यबसाय संचालन गरेर नपुग्ने भएकोले स्थानीय नगरबासीबाटै चयानमान हुनसक्नेगरी बजारको बिकास गर्नुपर्ने बताएका थिए । उनले समस्या...
चौदण्डीगढीमा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम  शुरु ।

चौदण्डीगढीमा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम शुरु ।

मुख्य खबर, स्थानीय
१९ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम आजबाट शुरु भएको छ । उद्यमशिलता सीप विकास तालिम अन्तर्गत सामुदायिक बिकास तथा परिवर्तण केन्द्र गाईघाट उदयपुरको आयोजना र चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । तालिमका लागि २५ जना एकल महिला छनौट गरिएको छ भने तालिम पश्चात उद्योग संचालनका लागि १० लाख रुपैयाँको विउ पुँजीको पनि ब्यबस्था गरिएको छ । कोशी प्रदेश सरकारको ५ लाख, नगरपालिकाको २ लाख ५० हजार र २५ जना सहभागीबाट १०–१० हजारको दरलेगरी २ लाख ५० हजार उठाएर १० लाखको वीउ पुँजी बनाइने बताइएको छ । कार्यक्रमका लागि कोशी प्रदेश सरकारले ७ लाख रुपैयाँ बजेट छुट्टयाएकोमा १ लाख ८० हजार रुपैयाँ तालिम संचालन र २० हजार रुपैयाँ अनुगमन शिर्षकमा खर्च हुने जनाइएको छ । आज तालिमको उद्घाटन गर्दे नगर प्रमुख का...
अन्तर बिद्यालय हयाण्डवल प्रतियोगितामा ज्योति मावि बेलटारको कब्जा।

अन्तर बिद्यालय हयाण्डवल प्रतियोगितामा ज्योति मावि बेलटारको कब्जा।

खेलकुद, मुख्य खबर, स्थानीय
०९ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज सम्पन्न अन्तर बिद्यालय हयाण्डवल प्रतियोगितामा ज्योति माध्यमिक बिद्यालय बेलटारले बर्चस्व कायम गरेको छ । आज वडा नम्बर ९ हडियास्थित जनता नमुना माध्यमिक बिद्यालयमा भएको महिला र पुरुष दुवै खेलमा विजेता बन्दै ज्योति माविले उपाधी जितेको हो । चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियागितामा पुरुष र महिला तर्फ ३–३ वटा बिद्यालयले सहभागिता जनाएका थिए । पुरुष र महिलातर्फ बेल्टार बजारस्थित ज्योति मावी , बसहास्थित नारद आदर्श मावी र हडिया स्थित जनता मावीको सहभागिता रहेको थियो । पुरुषतर्फ फाईनलमा ज्योति मावीले नारद आदर्श मावीलाई २ गोलका बिरुद्ध ११ गोल अन्तरले पराजित गर्दे उपाधी माथी कब्जा जमाएको छ । एकपक्षिय रहेको खेलमा नारद आदर्श मावीका खेलाडीहरु ज्योति माविका खेलाडीसामु निरिह देखिएका थिए । खेलमा ज्यो...
कुसुमचौरीमा खानेपानीको समस्या समाधान हुने ।

कुसुमचौरीमा खानेपानीको समस्या समाधान हुने ।

मुख्य खबर, स्थानीय
०६ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ कुसुमचौरीमा खानेपानीको समस्या समाधान हुने भएको छ । आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकाबीच कुसुमचौरी खानेपानी योजनाको शिलान्यास गरेका छन् । संघीय सरकारको अनुदानबाट बन्ने खानेपानी योजना निमार्णको जिम्मा सुन्सरीको धरानस्थित प्रिन्सा निमार्ण सेवाले पाएको छ । भ्याटसहित ४२ लाख ८४ हजार ६ सय ४२ रुपैयाँको लागतमा निमार्ण हुने योजना आगामी आषाढ १५ गते सम्ममा सम्पन्न गरिसक्नु मिति तोकिएको छ । योजना सम्पन्न भएपछि कुसुमचौरी क्षेत्रका १ सय १० घरपरिवारले स्वच्छ खानेपानीको सुविधा प्राप्त गर्ने बताईएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले २ बर्ष अघि स्थानीय चुनावको समयमा स्थानीयको माग बमोजिम आफुले खानेपानीको समस्या समाधान गर्ने वाचा गरेअनुरुप त्यसका लागि पहल गरेको र वाच...
ईप्रका बेल्टारद्वारा दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ ।

ईप्रका बेल्टारद्वारा दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ ।

मुख्य खबर, स्थानीय
०३ जेठ २०८१, सन्तोष कुमार रौनियार… ईलाका प्रहरी कार्यालय बेल्टारले दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चितवनको भण्डारा राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने २६ बर्षीय सरोज प्रजा चेपाङलाई सवारी दुर्घटना गरेको ५ बर्षपछि पक्राउ गरेको हो । २०७६ साल आषाढ ४ गते बिहान अन्दाजी पौने १० बजे चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ लाटीखोलामा चेपाङले चलाएको शनिवारेबाट बेल्टारतर्फ आउदै गरेको रसुवा कन्सट्रक्शन कम्पनीको वा २ क ७०९ नम्बरको टिपरले सोही दिशातर्फ जादै गरेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४७ को मोटरसाईकल चालक खगेन्द्र राई र पछाडी बस्ने बर्ष ४७ को जिवन कुमार साङपाङ राईसमेत सवार स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर ...