१ आसार २०८१, सन्तोष कुमार रौनियार…

सप्तरीको सप्तकोसी नगरपालिकास्थित फत्तेपुरमा आजदेखी शुरु भएको प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा बर्दिबास नगरपालिका महोत्तरीको टिम सेमिफाइनल प्रवेश गरेको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सह–आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा आज Lx City फुटबल क्लब मोरङ र बर्दिबास नगरपालिका महोत्तरी बिच भएको उद्घाटन खेलमा निर्धारित समयमा दुबै टिमबाट २–२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकर बाट निर्धारण गरिएको थियो। ट्राइवेकरमा मोरङलाइ ४–३ गोलअन्तरले पराजित गर्दै बर्दिबास नगरपालिका महोत्तरी सेमिफाइनल प्रवेश गरेको हो ।
भोलीको खेल न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी र न्यु स्टार फुटबल क्लब सुनसरी बिच हुने आयोजकले जानकारी दिएको छ । यसअघि आज प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले प्रमुख एम्पाएर मोहन चौधरी लाइ बल हस्तान्तरण गरेर गरेका थिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ भने प्रतियोगित आसार ८ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेता र उप विजेता टिमले क्रमशः नगद २ लाख र १ लाख रुपैयाँसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने सप्तकोशी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिएका छन् ।
