१ आसार २०८१, सन्तोष कुमार रौनियार…

नेकपा एमाले चौदण्डिगढिको ९ वटा वडाको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । १ देखी ९ नम्बर वडाको अधिबेशन सम्पन्न भैसकेको छ भने वडा नम्बर १० मा सहमति हुननसक्दा बन्दशत्रलाई निरन्तरता दिदै भोली कमिटी गठन गरिने बताइएको छ । हिजो वडा नम्बर ३,४,५,६ र ९ नम्बर वडाको अधिबेशन सम्पन्न भएको थियो भने आज वडा नम्बर १,२,७ र ८ को गरी थप ४ वटा वडाको अधिबेशन सम्पन्न भएको छ ।
एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जराका अनुसार वडा नम्बर १ मा यादवराज कालिकोटे, वडा नम्बर २ मा कैलाश राई, वडा नम्बर ३ मा शम्भु तामाङ, वडा नम्बर ४ मा नन्दु मगर , त्यस्तै वडा नम्बर ५ मा डिल्लीसेर राइ, वडा नम्बर ६ मा बच्चु सुवेदी , वडा नम्बर ७ मा राजेश श्रेष्ठ , वडा नम्बर ८ मा सन्तोष राई र वडा नम्बर ९ मा टंक थापाको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन भएका छन् । वडा नम्बर १० मा भने अध्यक्षका दुई जना प्रतिस्पर्धी किशोर खत्री र जय कुमार बन्जारा विचमा सहमती हुन नसकेपछि सर्वसम्मती गराउने प्रयासका लागि बन्दशत्रलाई जारी राखिएको छ । हिजो र आज भएको एमाले चौदण्डीगढी नगरको १० मध्ये ९ वटा वडाको अधिबेशन सम्पन्न भएको हो ।
वडा अधिबेशनमा नेकपा एमाले पोलिटव्यूरो सदस्य मन्जु चौधरी, जिल्ला अध्यक्ष भागवत राउत, उपाध्यक्ष कालुमान लामा लगायतको उपस्थिती रहेको थियो भने जिल्ला कमिटी सदस्यहरुलाई वडा अधिबेशन सम्पन्न गराउन प्रतिनीधि बनाएर पठाइएको थियो ।



