३ आसार २०८१, खगेन्द्र कार्की, फत्तेपुर–सप्तरी…

सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बसाहा फुटबल क्ल्ब उदयपुरलाई हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाईनलमा प्रबेश गरेको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरको सह–आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा ट्राइवेकरमा बसाहा फुटबल क्ल्बलाइ ४–२ को गोल अन्तरले हराउदै धरान स्पोर्टिङ क्ल्ब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टिमको तर्फबाट २–२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरका आधारमा गरिएको थियो । ट्राइवेकरमा धरान स्पोर्टिङ क्ल्बका ४ जनाको प्रहार गोलमा परिणत भएको थियो बसहाको २ जनाको प्रहारले मात्र जाली चुमेको थियो ।
भोली प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल कटारी फुटबल क्लब उदयपुर र दमक फुटबल क्लब झापा बिच हुने आयोजकले जनाएको छ। असार ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर LX City फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान स्पोर्टिङ क्लब सुनसरी , बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उप विजेता टिमले क्रमशः नगद २ लाख रुपैयाँ र १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खडकाले जानकारी दिएका छन् ।
