चौदण्डीगढीमा ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुँदै ।

४ आसार २०८१, सन्तोष कुमार रौनियार…

फाईल फोटो
फाईल फोटो

उदयपुरको चौदण्डीगढी नगरपालिकामा भोलीदेखी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुदैछ । जिल्ला ह्याण्डवल संघ उदयपुरको आयोजनामा ओलम्पिक डे को अवसरमा असार ५ गतेदेखी ७ गतेसम्म बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा त्रि दिवशीय छात्र र छात्राको बिद्यालय स्तरीय चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुको ह्याण्डवल प्रतियोगिता संचालन हुने जिल्ला ह्याण्डवल संघ उदयपुरका अध्यक्ष बिदुर राईले जानकारी दिएका छन् । अध्यक्ष राईले असार ३ गते बसेको संघको बैठकले बिभिन्न समितिहरु गठन गरेर कार्य गरिरहेको जनाउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगितामा कक्षा १० सम्मका छात्रछात्रा मात्र सहभागी हुन पाउने जनाउदै अध्यक्ष राईले छात्रतर्फ १० टिम र छात्रातर्फ ८ वटा टिमको सहभागिता रहने बताएका छन् । छात्रतर्फ पुमा बोडिङ्ग स्कुल बेल्टार, भुपु सैनिक बोडिङ्ग स्कुल बेल्टार, कंचनजंघा बोडिङ्ग स्कुल बेल्टार, न्युटन एकेडेमी माडिबास, ज्योति मावी बेल्टार, त्यस्तै पारुहाङ्ग एकेडेमी बेल्टार, मेरीगोल्ड एकेडेमी भुल्के, नारद आदर्श मावी बसहा, जनता मावि हडिया र सगरमाथा बोडिङ्ग स्कुल बेल्टार गरी १० टिमको सहभागिता रहेको छ भने छात्रातर्फ न्युटन एकेडेमी माडिबास र पारुहाङ्ग एकेडेमी बेल्टार बाहेक बाँकी ८ वटा बिद्यालय सहभागी छन् । छात्र तथा छात्रातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार र ३ हजार रुपैयाँ, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै प्रतियोगिताको उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले गर्ने तथा समापन कार्यक्रमको प्रमुख अतिथीमा कोशी प्रदेश सभा सदस्य सांसद राजन किराँती रहने आयोजकले जानकारी दिएको छ ।